खम्वुवान राष्ट्रिय मोर्चा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खम्वुवान राष्ट्रिय मोर्चा २०४९ भदौ ५ गते नेपालमा विद्यमान कायम रहेको जातीय, क्षेत्रिय र लैंगिक उत्पिडन विरुद्ध र राज्यको हरेक नागरिकले राज्यबाट प्राप्त गर्ने अधिकारमा समान अधिकारको प्रत्याभुति भन्दै स्थापना भएको राजनितीक पार्टी हो । नेपालको तत्कालिन अन्तरिम प्रधान मन्त्री मन मोहन अधिकारी र प्रथम निर्बाचीत तत्कालिन प्रधान मन्त्री गिरिजा प्रसाद कोईरालालाई जातीय तथा क्षत्रिय उत्पिडनको अन्त्य गर्दै राज्यको हरेक निकाएमा जातिय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र पछाडी पारिएका जाति र लिंगलाई बिषेश अधिकार र आत्मनिर्णयको अधिकार सहितको ऐतिहाँसिक पृष्ठ भुमिको आधारमा खम्वुवान राष्ट्र राज्यको माग गर्दै ज्ञापन पत्र बुझाई बैधानिक राजनितीक आन्दोलन शुरु गरेको थियो । मोर्चाको उक्त जायज माग प्रति तत्कालिन सरकार उदासिन हुँदै मोर्चालाई विखण्डनकारी तथा साम्प्रादायीक आरोप लगाउदै दमन शुरु गरे पश्चात २०५४ सालबाट यसले शसस्त्र आन्दोलनको घोषणा गर्दै भुभिगत भयो । मोर्चाले छोटो समयमा नै चोमुलुङमा बटालियन सैन्य संरचना बनाउदै युद्धमा होमियो त्यस ताका राजन मण्डेला जस्ता योद्धाहरुले युद्ध मैदानमा शाहदात प्राप्त गरे । युद्धको अभियानमा तत्कालिन माओवादीसँग ३ पटक सम्म साझा दुश्मनको पहिचान र साझा प्राहार भन्ने सैद्धान्तिक सहमति र बैचारिक संघर्ष अनुरुप युद्ध मैदान मै कार्यगत एकता भयो । तत् तत् समयमा ठोष बस्तुको बस्तुगत विस्लेषन र अनुकुलताको पहिचान गर्दै युद्ध अगाडि बढि रहदा २०५८ सालमा तत्कालिन अध्यक्ष गोपाल खम्बूले मोर्चालाई तत्कालिन माओवादीमा धोकापूर्ण ढंगले विलय गराए र खम्वुवान आन्दोलनको प्रारम्भिक अभियानको विधिवत हत्या गरेका थिए । माओवादीको राष्ट्रिय मुक्ति प्रतिको निरश्य समायोजन र कार्यशैलिबाट राष्ट्रिय मुक्ति आन्दोलन तार्किक निश्कर्षमा नपुग्ने ठहर गर्दै माओवादीलाई आन्दोलनको श्रोत र मित्र शत्ति मान्दै २०६३ सालमा संस्थापक सदस्यहरु कै अगुवाईमा शान्तिपूर्ण राजनितीक पार्टीको रुपमा पुनःखम्वुवान राष्ट्रिय मोर्चा पुर्नगठन गरियो । गठन पश्चात मोर्चाले बैधानिक राजनितीक आन्दोलन शुरु गरि सरकारसँग ५ बुँदे सम्झौता समेत गर्यो । पहिलो संविधान सभाको निर्वाचनमा तत्कालिन माओवादीसँग सैद्धान्तिक सहमतिमा संयुक्त रुपमा उम्मेदवारी दियो तर निर्बाचन पश्चात मोर्चालाई माओवादीले प्रतिनिधीत्व गराएन भने दोश्रो संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फ १ सिट प्राप्त गरि हाल संविधान सभामा मोर्चाको तर्फबाट अध्यक्ष आर.के. खम्बूले प्रतिनिधीत्व गरि रहेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]