खराब कर्जा
खराब कर्जा ढिलो भुक्तानी हुने वा ऋणीले आफूले लगेको ऋण पूर्णरूपमा फिर्ता गर्ने सम्भावना नरहेको कर्जा हो। साँवा र ब्याज चुक्ता गर्नुपर्ने मिति को ९० दिनपछिसम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ।[१] खराब कर्जाले बैंकको नाफा घटाउने हुँदा यसले वाणिज्यिक क्षेत्रको लागि ठूलो चुनौतीको प्रतिनिधित्व गर्दछ। खराब कर्जा धेरै भएको खण्डमा व्यवसायी वा ऋणीहरूलाई थप कर्जा प्रवाह गर्न कठिन हुने हुँदा यसले आर्थिक वृद्धिलाई सुस्त बनाउने भएतापनि यो सिद्धान्त विवादित छ।[२]
युरोपेली सङ्घमा, सन् २००७-२००८ आर्थिक सङ्कटको फलस्वरूप खराब कर्जाको व्यवस्थापन राजनीतिक रूपमा संवेदनशील विषय बनेको थियो। सन् २०१७ मा युरोपेली परिषद्द्वारा गठित आयोगले खराब कर्जालाई सम्बोधन गर्न कार्य योजना सुरु गर्ने निर्णय गरेको थियो। यस कार्य योजनाले खराब कर्जाको लागि दोस्रो बजार पोषण र सम्पत्ति व्यवस्थापन कम्पनीहरूको सिर्जनालाई समर्थन गर्दछ। सन् २०२० डिसेम्बरमा यस कार्य योजनालाई कोभिड-१९ महामारीको सङ्कटको पृष्ठभूमिमा संशोधन गरिएको थियो।[३]
परिभाषा
[सम्पादन गर्नुहोस्]खराब ऋण सामान्यतया निम्न मापदण्ड अनुसार मानिन्छ: [४][५]
- ब्याज र सावाँको भुक्तानी ९० दिन वा सोभन्दा बढीले बाँकी
- कम्तिमा ९० दिनको ब्याज भुक्तानी पूँजीकृत, पुनर्वित्त वा सम्झौता द्वारा ढिलाइ
- भुक्तानीहरू ९० दिन भन्दा कम ओभरड्यू, तर भुक्तानीहरू पूर्ण रूपमा गरिने छ भन्ने आशङ्का
खराब कर्जा समाधानका चुनौती र कठिनाइहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ admin (२०२४-१०-२७), "खराब कर्जा के हो ? कसरी पुग्छ बैंकलाई हानी ?", Banking Khabar (en-USमा), अन्तिम पहुँच २०२५-१२-१४।
- ↑ Schäfer, Larissa (२०१६), "Forgive but not forget: the behaviour of relationship banks when firms are in distress", www.ebrd.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०२-१४।
- ↑ "Action plan: Tackling non-performing loans (NPLs) in the aftermath of the COVID-19 pandemic", European Commission - European Commission (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०२-१५।
- ↑ Clarification and Elaboration of Issues Raised by the December 2004 Meeting of the Advisory Expert Group of the Intersecretariat Working Group on National Accounts, INTERNATIONAL MONETARY FUND, जुन २००५।
- ↑ "What are provisions and non-performing loan (NPL) coverage?", European Central Bank - Banking Supervision (अङ्ग्रेजीमा), २०२०-१२-२०, अन्तिम पहुँच २०२१-०२-१४।