सामग्रीमा जानुहोस्

खरी ढुङ्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खरी ढुङ्गाको स्फटिक रूप

खरी हाइड्रेटेड म्याग्नेसियम सिलिकेटबाट बनेको एउटा प्रकारको खनिज हो। यसको रासायनिक सूत्र Mg₃Si₄O₁₀(OH)₂ हो। खरीको धुलो रूप बेबी पाउडरका रूपमा प्रयोग गरिन्छ। यो माटोको भाँडो, रङ र छानाका झिँगटी बनाउनको लागि एउटा सामग्री पनि हो। साथै, धेरै सौन्दर्य प्रसाधनहरूमा पनि यसको प्रयोग गरिन्छ।

खरी प्रायः पातजस्ता रेशेदार समूहका रूपमा पाइन्छ र यसको स्फटिक रूप भने अत्यन्त दुर्लभ हुन्छ।