सामग्रीमा जानुहोस्

खस ब्राह्मण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाहुन
नेपाली ब्राह्मण/खस ब्राह्मण/पहाडी ब्राह्मण
जम्मा जनसङ्ख्या
३५ लाख अनुमानित
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपालनेपालके जनसङ्ख्या १२% (३२ लाख)[१][२]
भाषाहरू
नेपाली भाषा[२]
धर्महरू
हिन्दु धर्म[२] र मष्टो पुजा
सम्बन्धित जातीय समूह
खस, क्षेत्री, ठकुरी
बाहुन जाति पहाडी समुदाय(पिला रंग)के एक सदस्य समुह है

खस बाहुन पनि हुन्छन्। यद्यपि बाहुन क्षेत्री, वैश्य र सुद्र जात खस सभ्यतामा हुदैनथ्याे। आर्य सभ्यतामा मात्र जातप्रथा लागू भएकाे थियाे । १२ ओं शताव्दी देखि आर्य सभ्यताकाे प्रभाव परेर खस सभ्यतामा पनि जातप्रथाकाे लागू गरियाे । खस सभ्यताकाे आधार अर्थानी जननी रहेकाे खस (मष्ट) संस्कृतिकाे मष्टकाे पुजारी (डाङ्ग्री) कार्य गर्नेहरुलाई बाहुनमा अपग्रेड गरियाे भने अरुलाई क्षेत्री र दलित (सुद्र) बनाउने काम गरियाे । नेपालको पहाडी खस समुदायको ब्राह्मण एवम् पुजारी जाति हो । [१] पहाडि ब्राहमण भनेर चिनिने बाहुनहरु पनि दुई प्नकृतिका छन् । जसले मष्टलाई आफुनाे कुलकाेरुपमा पुजा गर्छन्, उनिहरु खस सभ्यताका बाहुन हुने भने जसले तेत्तिसकाेटी देवी देवता मात्र मान्दछन् उनिहरु उत्तर भारतकाे गंगाको मैदानबाट मुगलहरुकाे आक्रमणमा परि सुरक्षित भुभाग नेपालकाे दक्षिन भागमा आएका कान्यकुब्ज ब्राह्मणका उप-जाति हुन्।[३][४][५]

अहिले बाहुन भरी आर्य र क्षेत्रीभरी खस सभ्यताका भनी भ्रम सिर्जना गरिएता पनि यथार्त त्याे हाेईन। खस र आर्य दुई फरक सभ्यता हाे । खसहरु इ.पु. आठाै शताव्दीदेखि नेपालमा बस्दै आयका हुन भने आर्यहरु चाैधाै शताव्दी देखिमात्र नेपाल प्रवेश गरेका हुन् । जातप्रथा लागुपछि मात्र ब्राहमण क्षेत्री वैश्य र सुद्रकाे रूपमा खस समुदायलाई श्रेणीकरण गरि विभाजित गरियाे। यो खसका केहिलाई ब्राहमणमा अपग्रेड गरि केही थाेरै जातप्रथाकाे प्रशिक्षककारुपमा आर्य सभ्यताका ब्राहमणहरुलाई मिसाएर राखियाे । करिव ७०० वर्ष राज्यले एउटै जाति समूह बनाएर राखेकाे र अरु जातका छाेरी चेली नल्याउने र नदिने परम्परा लागू गरेर राखेकाले उनिहरु एकै प्रकृतिका देखिएका छन् । यद्यपि नेपालकाे दाेस्राे सर्वाधिक जनसङ्ख्या भएको समुदाय हो । नेपाली साहित्यमा यस जातिको जोडदार योगदान छ । नेपाली राजनीतिमा यस जातिको योगदान छ । यिनीहरूमा उपाध्याय बाहुन र जैशी बाहुन छन् । त्यस्तै कुमाइँ बाहुनपूर्वीया बाहुन छन् । नेपालको खस जातिबाट उद्भव भएको भनिएता पनि यी दुई फरक सभ्यता खस र आर्य समुहका ब्राह्मणहरुकाे इतिहास र उदगम भिन्न हुन् । खासमा पाहाडी बाहुन भित्रका धेरै ब्रामणहरु सिंजा र डाेटिलाई केन्द्र बनाइ आठाैं शताव्दी बाटै बसेर आफ्नाे भिन्न सभ्यता, संस्कृति, भाषा र लिपि निर्माण गरेर आवाद भई वसेका खस सभ्यताका रहेका छन् । जसले मष्ट परम्परा सदियाैदेखि अंगालेका छन् । केही ब्रामणहरु जसले मष्ट संस्कृति अंगाल्दैनन्- उनिहरु पन्चगौड भित्र का कनौजिया अन्तरगतमा पर्छन । खस सभ्यताका बाहुनहरू आजको समयमा पनि देवाली पुजा वा मष्टो पुजाबाट चिनिन्छन् । भने १४ अौं शताब्दीपछि खस जातिसंग घुलमिल भएरपनि आर्य सभ्यताका बाहुनहरुले मष्ट देवतालाई सम्मान गरे पनि पुज्ने गरेको पाईदैन । आर्य सभ्यताका बाहुनहरुकाे देवता पृथक नै छन् । यही प्राचिन परम्परा सम्पूर्ण खसहरूको चिनारी हो । खस जाति र आर्य जाति अलग अलग भएतापनि २०७२ को नेपालको संबिधानले एकैठाउँमा राखेको हुनाले पनि आजभोलि खस आर्य भनेर चिनाउन धेरैले रुचाएको पाइन्छ ।

बाहुन जातिको थर वा पारिवारिक नाम

[सम्पादन गर्नुहोस्]

बाहुन जातिके थर व पारिवारिक नाम निम्न लिखित है:

उल्लेखनीय व्यक्तित्व

[सम्पादन गर्नुहोस्]

खस बाहुन(ब्राह्मण)

  1. १.० १.१ {{Cite पाहाडी बाहुन १२वौ सताब्दी पछि नेपाल बसाइँ सरेको इतिहासकार हरु बताउँछन्। नेपाल का बाहुन हरुपनि पन्च गौड अन्तरगत नै पर्छन भने बाहुन का कुल देवता खासमा मष्ट हैनन तर खस जातिसंग बसोबाससंगै मष्ट देवतालाई पनि मान्ने गरेको पाईन्छ।web|url=http://www.karma99.com/2014/10/bahun-people.html?m=1%7Ctitle=बाहुन: एक परिचय|accessdate=2017-03-10}}
  2. २.० २.१ २.२ https://joshuaproject.net/people_groups/16521/NP
  3. Declan Quigley, David Gellner (२०१७), Contested Hierarchies: A Collaborative Ethnography of Caste Among the Newars of Kathmandu. edited by David Gellner & Declan Quigley (अङ्ग्रेजीमा), Macmillan and Company limited, पृ: १९९। 
  4. Chaturvedi, Shyam lal (१९४५), In Fraternity with Nepal, An Account of the Activities Under the Auspices of the Wider Life Movement for the Furtherance and Consolidation of the Indo-Nepalese Cultural Fellowship (अङ्ग्रेजीमा), पृ: ६५। 
  5. Hachhethu, Krishna (२०२३), Nation-Building and Federalism in Nepal (अङ्ग्रेजीमा), पृ: ४०। 
  6. सुवेदी, शिखरनाथ, थरगोत्र प्रवरावली