खाइबा
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
उच्च कोटीको थाङ्का / थान्का प्रशिक्षक।
बौद्ध धर्ममा चार किसिमका दर्शन (फिलोसोफी) छन् – तन्त्र, इतिहास, ज्योतिषशास्त्र र औषधीविज्ञान। यी चारवटै दर्शन राम्रोसँग अध्ययन गरेर त्यसलाई चित्रमा उतार्न सक्ने व्यक्ति नै खाइबा हुन्छ। यी विषय अध्ययन मात्र गर्ने व्यक्ति बौद्ध धर्मको गुरू हुन सक्छ, तर चित्रकार हुन सक्दैन। साधारण चित्र उतार्ने व्यक्ति चित्रकार त हुन सक्छ, तर धर्मको व्याख्याता हुन सक्दैन। यी दुवैको मिश्रण भयो भने त्यो "खाइबा"' हुन्छ।
खाइबासँग शिक्षा लिएर अरू चित्रकारहरूले चित्र कोर्छन्। त्यस्ता चित्रकारहरूमा दर्शनको ज्ञान हुँदैन। तन्त्रशास्त्र, ज्योतिषशास्त्र वा औषधीविज्ञानका चित्र बनाउन खाइबाको सहयोग लिनुपर्छ। यो गुरू-चेला परम्परामा अघि बढिरहेको छ। त्यसैले जति पनि थाङ्का बनाउने चित्रकार छन्, ती खाइबाका चेला-चेली हुन्।