खिजी चण्डेश्वरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(खिजी बाट पठाईएको)
Jump to navigation Jump to search
खिजी
खिजी माझ गाउँ
—  गाउँ विकास समिति  —
Khiji-2-Okhaldhunga-Nepal.jpg
उपनाम(हरू): खिजी चन्डेश्वारी
निर्देशाङ्क: २७°२६′उत्तर ८६°२२′पूर्व / २७.४३° उत्तर ८६.३७° पूर्व / 27.43; 86.37निर्देशाङ्क: २७°२६′उत्तर ८६°२२′पूर्व / २७.४३° उत्तर ८६.३७° पूर्व / 27.43; 86.37
देश  नेपाल
अञ्चल सगरमाथा अञ्चल
जिल्ला ओखलढुङ्गा
जनसङ्ख्या (२०१०)
 - जम्मा ४,०४४
  सुनुवार
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
Khiji-mountain.JPG
KhijiGaun.JPG
Khiji-healthpost.JPG
Khiji-agriculture.JPG
Mustard field at khiji.jpg
Khiji-house.jpg
Khiji-dydro-w.JPG
लिखू नदी.jpg

खिजी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित गाँउ विकास समिति हो। जिल्ला ओखलढुङ्गा र सगरमाथा अञ्चल पर्दछ । गाविस ३५ वर्ग किलोमिटरले ओगटेको छ। आसपास ४,०४४ गाउँलेहरूबसोबस् गरेको पाईन्छ । विकास को क्रम हेर्ने हो भने यस गाँउमा एक माध्यमिक बिद्यालय छ येसका साथै बिधुत सुबिधा छ । जुन य्स गाउँ बाट चन्दा वा घर धुरीकरको संकलन बाट स्थापन भयेको छ । यो खिजी बासीले उपभोका गर्दै आएका छन् भने काठ को पोल बाट बिधुतिय संचार लाई टिकावट नभाका कारण जनतालाई दुख भको पाईन्छन यति मत्र न भयेर सडक भने बर्सौनी भन्किने हुनले हिऊदमा मात्रै आवतजावत हुनेगर्दछ। मिल पनि गाउँकै र जनताकै पैसा बाट बनेको छ।

कृषि[सम्पादन गर्ने]

खिजी मा विभिन्न कृषि उत्पादनहरु हुन्छन् । बर्षेनी धान, मकै, कोदो,जौ, गहु, भटमास, फापर, तोरी, आलु हुन्छन् भने साग, सब्जी, फलफुल आदि पनि यहाँका मनिषले उपभोक् गर्दै अएक छन् सिंचाई न-भाकोले मेसेल्मी मुहान बाट आको पानीले धन रोप्ने र आकासे पानी ले जिबन चालाएको पाइन्छ।

बन जंगल[सम्पादन गर्ने]

खिजी मा पुर्खा देखि नै लेख-बेशी मा अ-आफ्नु बन-जंगल र साझा बन भकोले पंचायत कालमा साझा बन जंगल सबै बेचबिख भइ आफ्नु बन वा पेवा बन गरिएको थियो र यस गाउँमा धेरै जसो बन जंगल आफ्नु नाम को जंगल पनि पाइन्छ बाकी बन जंगल सबै अझकल साझा बन जंगल रुपमा उपभोक् गरिएको पाइन्छ। बनको नाम : डाडापरि, देउराली, दोबस, दोबी, कोस्पला र मप्प्रा ।

जाति[सम्पादन गर्ने]

सुनुवार, भुजेल, नेवार, शेर्पा, विश्वकर्मा, परियार

भाषा[सम्पादन गर्ने]

सुनुवार भाषा (कोइच लो)

हाल्ली खेल[सम्पादन गर्ने]

सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाड खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौली पर्व भनिन्छ वा मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरुको मौलिके र मान्नेता आनुसर बर्षकै बढी आधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुन बाट जोगाउन र बढी अधेरोमा मनब पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युब को तागत्, साहस्, उत्सह र जगर लाई अटल राख्न प्रतेक बर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछी उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली/ हाल्ली खेल (सुनुवार कोइच भाषा) नेपाली पात्रो मिती:-मङ्सिर देखी (मङ्सिर भरी पनि खेल्न सकिन्छ)

खिजी पवित्र युवा क्लब[सम्पादन गर्ने]

खिजी पवित्र युवा क्लब २०६० साल मा स्थापना भएको हो । तर फूटबल खेल खिजी चन्डेश्वरी मा २०२७ देखिनै खेलिदै आइरहेको हो । कारण सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिक/आर्मी हरुले सुरुवत गरेका हुन्, गाउँ का युबा हरुलाई खेल को नियम्, कलहरु सबै सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिकहरुले दिदै आएक थियो । त्यसपछी युबा समुह्, सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिक समुह र स्कुल समुह गरी ३ समुह मा फूटबल प्रतियोगिता गर्ने गरिन्थियो । त्यसपछी २०४९ साल मा ए ग्रोउप बि ग्रोउप सि ग्रोउप र डि ग्रोउप गरी ४ समुह मा खेल्दै आएको थियो । र २०६० मा मात्रै खिजी पबित्त्रा युबा क्लब अर्थत खिजी पवित्र युवा क्लबको स्थापान भएको हो ।

चण्डी नाच[सम्पादन गर्ने]

चण्डिपूर्णीमामा उभौली अर्थात बुद्धजयन्ती, चण्डी पुजा, किरात चण्डी, सुनुवार चण्डी चण्डी नाच किराँतका सुनुवार जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रुपमा मानिने चाड हो, जसलाई सुनुवार बोलिमा चण्डी सिल वा सूरो-गाशो घर-घरमा पुराउने चलनलाई चण्डी नाच (चण्डी पूजा) भनिन्छ । जसमा मूल नासो वा बालि नासो अर्थात् अन्न-बाली नाशो जसले अन्नपात खेतीबालीहरु राम्रो होस भनि सोरो दिइन्छ र भेडा नासोले पनि जनावरहरु (भेडा)होस भनि सोरो दिइन्छ वा ल्याइन्छ यसमा ढोल झ्याम्टा बजाउँ जातिय भेष भुषाका हातमा झुम्के रुमाल, फुलपाती, सेउली लिई बाल, युवा, युबती, वृद्धहरु सबै नाचिन्छ ।
स्थान : खिजी चण्डीथान
जाति : सुनुवार
नासो : पुजारी
बाध्यबाजा: डोल, झेम्टा
थरहरु: कोर्मोचा भाले र मुलिचा पोथी (खिजीमाझगाउँ मा बस्ने कोर्मोचा सबै भाले डोल र मूलगाउँमा बस्ने कोर्मोचा बाहेक मुलिचाहरु पोथी डोल)

ऋखी तरपानी[सम्पादन गर्ने]

ऋखी तरपानी, वा जनैपूर्णीमा बाहुनहरुले सुनुवार जातिहरुको घर-घर मा गएर जनै बाँध्ने चलनहरु पार-पूर्व काल देखिन चलि आएकोले यस दिन मुखिया को वा सुनुवार जुजुमान को घरमा गइ जनै लगाई दिने दिन लाई जनैपूर्णी भनेर खिजीका सुनुवार जातिहरुले मान्ने चलन छ र यस दिन धामी झाक्रीहरुलाई गुरु पुकार्ने वा गुरु भेटि दिने चलन लाई मुधुम भाषामा (रेकी)ऋखी तरपानी भनेर सुनुवारहरुले मान्ने चलनलाई ऋखी तरपानी, जनैपूर्णीमा भनिन्छ वा मनइछ (क्षेत्र अनुसार)

शिक्षा तथा स्वास्थ्य[सम्पादन गर्ने]

यस गाविसमा श्री चन्डेश्वरी माध्यमिक विद्यालय, खिजी चन्डेश्वरी कोशपाला, ओखलढुङ्गा लगायतका विद्यालयहरू छन । यहाँ एक स्वास्थ्यचौकी पनि रहेको छ । त्यस स्वास्थ्यचौकीमा सामान्य उपछार्को व्यबस्था रहेको छ ।

धार्मिक स्थलहरू[सम्पादन गर्ने]

मेसेल्मी थान,राम्बुले थान, चण्डी थान

तस्बिरहरु[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]