खुनगाड खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खुनगाड खोला दैलेख जिल्लाको पिपलकोट गा. वि. स.सिंगासैन गा. वि. स.को सिमानामा बग्ने खोला हो। पिपलकोटको भित्री खोलाबाट उद्गम भएको कान्म खोला र सिंगासैनको फुरूगाडेबाट उद्गम भएको ढोर खोलाको झ्याप दोमिनामा भएको संगम पछी यो खोलालाई खुनगाड खोलाको नामले चिनिन्छ। यो खोला भिरालोमा बग्ने भएकाले वर्षा याममा खोलाको बहाव धेरै खतरनाक हुने र खोला तर्न लाग्दा मान्छे तथा पशुहरूको ज्यान समेत जाने भएकोले यो खोलालाई "खुनगाड खोला" भनिएको हो भन्ने भनाई रहेको छ। यो खोला खिडकी जिउलामा गएर कर्णाली नदीमा मिल्छ।