खुला ज्ञान प्रतिष्ठान नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खुला ज्ञान प्रतिस्ठान नेपाल Open Knowledge Foundation (OKFN) ओकेएफएन २००४मा स्थापित गैर नाफामुलक संस्था हो । विशेष गरी खुला ज्ञानको प्रबधनका निम्ति सामग्री, परियोजना तथा समुदाय निर्माणमा समर्पित हुन यसको सुरुवात गरिएको हो । यो यस क्षेत्रकोलागि राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरको नेतृत्वकारी संस्था हो ।

नेपाल अध्याय को स्थापना फेब्रुरी २०१३मा भएको हो ।

उध्य्श्य[सम्पादन गर्ने]

  • खुला ज्ञानको विचरलाई प्रवर्धन गर्ने, यो के हो र यो किन राम्रो बिचर हो।
  • खुला ज्ञानको कर्यक्रम् सचालन गर्ने, जस्तै खुला ज्ञान सम्मेलन ।
  • खुला ज्ञानको परियोजनामा काम गर्ने, जस्तै खुला अर्थतन्त्र ।
  • खुला ज्ञानको परियोजना, समुदाय र श्रोतकोलागि पुर्वधार र सम्भाव्यतापूर्वक एउटा घर उपलब्ध गर्ने ।
  • खुला ज्ञान विषयहरूमा युके, युरोपियन र अन्तरास्त्रिय तहहरूमा काम गर्ने ।

के हो यो खुला ज्ञान ??[सम्पादन गर्ने]

कुनै पनि समग्री - डाटा, विषय बस्तु अथवा जानकारी संग्रह, सबैले स्वतन्त्र रूपमा बिना प्रतिरोध प्रयोग, पुन प्रयोग र वितरण गर्न पाउनु पर्छ । यसका प्रमुख विशेषताहरु : उपलब्धता र पहुँच, पुन प्रयोग र वितरण, र विश्वव्यापी सहभागिता ।

कसरी सम्लग्न हुने[सम्पादन गर्ने]

पारदर्शिता र सहभागिताको निम्ति खुला डाटा, खुला दस्ताबेज, खुला सरकारको अपरिहार्यलाई स्विकार्नुहुने र त्यसको निम्ति खुला ज्ञानमा सहमत हुने व्यक्ति यो अभियानमा सहभागी हुन सक्छन्।

कार्यक्रम:[सम्पादन गर्ने]

खुला ज्ञान सम्मेलन विश्वकै सबैभन्दा ठुलो खुला डाटा र खुला ज्ञानको कार्यक्रम हो, जुन २००५ पछिको चल्दै आएको लगातार बार्षिक शृंखला हो । गत वर्ष हेल्सिन्कीमा भएको कार्यक्रममा ५० भन्दा बढी शहरबाट १००० भन्दा बढी सहभागी थिए । २०१२को कार्यक्रममा वर्ल्ड वाइड वेबका आविस्कारक सर टिम बर्नर ली, गापमाइन्डर का हान्स रोज्लिन, इन्टरनेट आर्काइभक ब्रिउस्टर कह्ले र सनलाईट फाउन्डेसनक इलेन मिलेरले प्रस्तुत गरेका थिए ।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]