सामग्रीमा जानुहोस्

खोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खोप कुनै निश्चित सङ्क्रामक वा क्यान्सरजन्य रोगविरुद्ध सक्रिय रूपमा प्राप्त हुने प्रतिरक्षा प्रदान गर्ने जैविक तयारी हो। यसको सुरक्षा र प्रभावकारिताबारे व्यापक अध्ययन र पुष्टि भइसकेको छ।[१]

खोपमा सामान्यतया रोग उत्पन्न गर्ने सूक्ष्मजीवसँग मिल्दोजुल्दो पदार्थ हुन्छ। यो प्रायः कमजोर बनाइएका वा मारिएका सूक्ष्मजीव, तिनका विषाक्त पदार्थ वा तिनको बाहिरी सतहमा रहेका प्रोटिनबाट तयार गरिन्छ। यसले शरीरको प्रतिरक्षा प्रणालीलाई त्यस पदार्थलाई हानिकारक भनी चिन्न, नष्ट गर्न तथा भविष्यमा त्यही सूक्ष्मजीवसँग सामना हुँदा छिटो पहिचान गरी नष्ट गर्न सक्षम बनाउँछ।

खोप दिने प्रक्रियालाई खोप लगाउने वा खोपकरण भनिन्छ। सङ्क्रामक रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप लगाउनु हो। खोपका कारण विकसित भएको व्यापक प्रतिरक्षाले विश्वबाट बिफर (चेचक) उन्मूलन गर्न तथा पोलियो, दादुरा र धनुष्टङ्कारजस्ता रोगलाई धेरै देशमा उल्लेखनीय रूपमा नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार हाल २५ प्रकारका रोकथाम गर्न सकिने सङ्क्रमणविरुद्ध स्वीकृत खोप उपलब्ध छन्।[२]

  1. ↑ "Expanded Practice Standards", Iowa Administrative Code, २०१९, मूलबाट १९ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०२३।
  2. ↑ "Global Vaccine Action Plan", World Health Organization (WHO), १४ जुन २०२०, मूलबाट १४ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मार्च २०२५।
"https://ne.wikipedia.org/w/index.php?title=खोप&oldid=1366030" बाट अनुप्रेषित