गङ्गा सुवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

महिला साहित्यकार गङ्गा सुवेदीको जन्म वि.सं.२०१८ मा भएको देखिन्छ । उनको स्थायी वासस्थान तिन टोलिया, विराट नगर हो । स्नातक उत्तीर्ण सुवेदीको ख्याति मूलतः कथाका क्षेत्रमा रहेको पाइन्छ । उनका गङ्गा सुवेदीका विचार र कथाहरू नामक कथा सङ्ग्रह र बोल्छन् आँखाहरू नामक कविता सङ्ग्रह प्रकाशित भएका देखिन्छन् ।
संलग्नता
सुवेदी ललितकला संगम पूर्वाञ्चल,विराटनगरकी उपाध्यक्ष, पूर्वाञ्चल साहित्य प्रतिष्ठानकी उपाध्यक्ष, वाणी प्रकाशन सहकारी संस्था,विराटनगरकी कार्यकारिणी तथा संस्थापक सदस्यका रूपमा परिचित छन् । पुरस्कार/सम्मानका रूपमा उनले विराटनगर जेसिसव्दारा सम्मान तथा नवरंग साहित्य प्रतिष्ठान झापाव्दारा कदर पत्र प्राप्त गरेकी छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]

गंगा सुवेदी