गणतन्त्र (लेटिन बाट: Res Publica - जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। "लोकतन्त्र" अथवा "प्रजातन्त्र" गणतन्त्रभन्दा फरक हुन । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।