सामग्रीमा जानुहोस्

गण्डकी प्रदेश क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गण्डकी प्रदेश क्रिकेट टोली (अङ्ग्रेजी: Gandaki Province cricket team), (पहिले प्रदेश नम्बर ४ क्रिकेट टोली भनेर चिनिन्थ्यो) र टिम गण्डकी भनेर पनि चिनिन्छ, नेपालको गण्डकी प्रदेशमा अवस्थित नेपाली प्रादेशिक क्रिकेट टोली हो। टोलीले प्रधानमन्त्री एक दिवसीय कपमा सीमित ओभर र २० ओभरको क्रिकेट खेल्छ। टोली हाल गण्डकी प्रदेश क्रिकेट संघ अन्तर्गत सञ्चालित छ।