गर्भनिरोध
गर्भनिरोध, सन्ततिनिरोध वा प्रजनन नियन्त्रण, गर्भावस्था रोक्ने विधि वा उपकरणहरूको प्रयोग हो।[१][२] प्राचीन कालदेखि नै गर्भनिरोधको प्रयोग हुँदै आएको छ, तर प्रभावकारी र सुरक्षित गर्भनिरोधकका विधिहरू २०औँ शताब्दीमा मात्र उपलब्ध भएका थिए।[३] मानव गर्भनिरोधको योजना बनाउने, उपलब्ध गराउने र प्रयोग गर्ने कार्यलाई परिवार नियोजन भनिन्छ।[४][५] केही संस्कृतिहरूले गर्भनिरोधमा पहुँचलाई सीमित गर्छन् वा निरुत्साहित गर्छन् किनभने तिनीहरू यसलाई नैतिक, धार्मिक वा राजनीतिक रूपमा अवान्छनीय मान्छन्।
विश्व स्वास्थ्य सङ्गठन र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूले विशिष्ट चिकित्सा अवस्था भएका महिलाहरूमा गर्भनिरोध विधिहरूको सुरक्षाको बारेमा मार्गदर्शन प्रदान गरेका छन्। गर्भनिरोधनका सबैभन्दा प्रभावकारी तरिकाहरुमा पुरुषमा भ्यासेक्टोमीद्वारा बन्ध्याकरण, महिलामा महिला नसबन्दी, अन्तः गर्भाशयी उपकरण, र गर्भनिरोधक प्रत्यारोपण समावेश छन्।[६][७] यसपछि गर्भनिरोधक चक्कीहरू, गर्भनिरोधक पट्टी, पि रिङ, र इन्जेक्नसहरू सहित धेरै हर्मोनमा आधारित विधिहरू प्रयोग गरिन्छ।[८] कम प्रभावकारी विधिहरूमा ढाल (कन्डम), डायाफ्राम र गर्भनिरोधक स्पन्जहरू र प्रजनन जागरूकता विधिहरू जस्ता भौतिक अवरोधका विधिहरू समावेश छन्। सबैभन्दा कम प्रभावकारी विधिहरू शुक्राणुनाशक र स्खलन अघि पुरुषद्वारा निकासी हुन्।[८] बन्ध्याकरण, अत्यधिक प्रभावकारी भए पनि सामान्यतया यसलाई उल्टाउन सकिँदैन तथापि तिनीहरूलाई बन्द गरेपछि तुरुन्तै गर्ने सकिने हुँदा अन्य सबै विधिहरूलाई भने उल्टाउन सकिन्छ।[८] सुरक्षित यौन अभ्यासहरू, जस्तै ढाल वा महिला ढालको प्रयोगले पनि यौन सञ्चारित सङ्क्रमणहरू रोक्न मद्दत गर्न सक्छ।[९] अन्य गर्भनिरोध विधिहरूले यौन सञ्चारित सङ्क्रमणहरूबाट सुरक्षा दिँदैनन्।[१०] असुरक्षित यौनसम्पर्क पछि ७२ देखि १२० घण्टा भित्र लिइयो भने आपतकालीन गर्भनिरोधकले गर्भावस्था रोक्न सक्छ।[११][१२] कतिपयले यौनसम्पर्क नगर्नु पनि गर्भनिरोधको एक रूप हो भनेर तर्क गर्छन्।[१३][१४]
किशोरकिशोरीहरूमा, गर्भावस्थामा खराब परिणामहरूको जोखिम बढी हुन्छ।[१५] व्यापक यौन शिक्षा र गर्भनिरोधमा पहुँचले यस उमेर समूहमा अनिच्छित गर्भधारणको दर घटाउँछ जबकि सबै प्रकारका गर्भनिरोधक सामान्यतया किशोरकिशोरीहरूद्वारा प्रयोग गर्न सकिन्छ,[१५][१६][१७] दीर्घकालिक रूपमा उल्ट्याउन सकिने गर्भनिरोधक जस्तै इम्प्लान्ट, आइयुडी, वा पि रिङहरूले किशोर गर्भावस्थाको दरलाई घटाउनमा बढी सफल हुन्छ।[१७] बच्चाको जन्मपछि, यदि कुनै महिला विशेष गरी स्तनपान गराइरहेको छैन भने, चारदेखि छ सातासम्मको समयमा पुनः गर्भवती हुन सक्छ।[१६] केही गर्भनिरोधकका विधिहरू जन्मको तुरुन्तपछि सुरु गर्न सकिन्छ, जबकि अन्यले छ महिना जत्तिको ढिलाइको आवश्यकता पर्छ।[१७] आमा बन्ने महिलाहरूको लागि, प्रोजेस्टिन मात्रका विधिहरू संयुक्त गर्भनिरोधक चक्कीहरूको तुलनामा बढी प्राथमिकता दिइन्छ। जो महिलाहरूले रजोनिवृत्तिलाई पार गरिसकेका छन्, तिनीहरूले अन्तिम महिनावारी चक्रपछि एक वर्षको लागि गर्भनिरोधक जारी राख्न सिफारिस गरिएको छ।[१७][१७]
विकासशील देशहरूमा गर्भावस्थाबाट बच्न चाहने लगभग २२ करोड २० लाख महिलाहरूले आधुनिक गर्भनिरोधक विधि प्रयोग गरिरहेका छैनन्।[१८][१९] विकासशील देशहरूमा गर्भनिरोधको प्रयोगले गर्भावस्थाको समयमा वा वरपर मृत्युको सङ्ख्या ४०% ले घटाएको छ (सन् २००८ मा लगभग २७०,००० मृत्यु रोकिएको थियो) र यदि गर्भनिरोधको पूर्ण माग पूरा भएको खण्डमा ७०% लाई रोक्न सक्छ।[२०][२१] गर्भावस्था बीचको समय लम्ब्याएर, गर्भनिरोधले वयस्क महिलाहरूको प्रसव परिणाम र उनीहरूका बच्चाहरूको जीवित रहने दरलाई सुधार गर्न सक्छ।[२०] विकासशील देशहरूमा, महिलाहरूको कमाई, सम्पत्ति, र तौल, साथै उनीहरूका बच्चाहरूको विद्यालय शिक्षा र स्वास्थ्य, सबै गर्भनिरोधमा पहुँचको साथ सुधार हुन्छ।[२२] कम आश्रित बच्चाहरू, कार्यबलमा बढी महिलाहरू सहभागी हुने, र/वा दुर्लभ स्रोतहरूको कम प्रयोगको कारणले गर्दा गर्भनिरोधले आर्थिक वृद्धि बढाउँछ।[२२][२३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Definition of Birth control", MedicineNet, मूलबाट अगस्ट ६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ९, २०१२।
- ↑ Schreiber, Courtney A.; Barnhart, Kurt (२०१४), "Chapter 36 - Contraception", Yen & Jaffe's Reproductive Endocrinology (सातौँ संस्करण), Saunders, पृ: 890–908.e3, आइएसबिएन 978-1-4557-2758-2।
- ↑ "Fertility control: contraception, sterilization, and abortion", The Johns Hopkins manual of gynecology and obstetrics (चौथो संस्करण), Philadelphia: Wolters Kluwer Health/Lippincott Williams & Wilkins, २०१०, पृ: 382–395, आइएसबिएन 978-1-60547-433-5।
- ↑ Oxford English Dictionary, Oxford University Press, २०१२।
- ↑ विश्व स्वास्थ्य सङ्गठन, "Family planning", Health topics, विश्व स्वास्थ्य सङ्गठन, मूलबाट मार्च १८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१६।
- ↑ Medical eligibility criteria for contraceptive use (Fifth संस्करण), Geneva, Switzerland: विश्व स्वास्थ्य सङ्गठन, २०१५, आइएसबिएन 978-92-4-154915-8, ओसिएलसी 932048744।
- ↑ "U.S. Medical Eligibility Criteria for Contraceptive Use, 2016", MMWR. Recommendations and Reports (अङ्ग्रेजीमा) 65 (3): 1–103, जुलाई २०१६, डिओआई:10.15585/mmwr.rr6503a1, पिएमआइडी 27467196।
- 1 2 3 विश्व स्वास्थ्य सङ्गठन प्रजनन स्वास्थ्य तथा अनुसन्धान विभाग (२०११), Family planning: A global handbook for providers: Evidence-based guidance developed through worldwide collaboration (Rev. and Updated संस्करण), Geneva: WHO and Center for Communication Programs, आइएसबिएन 978-0-9788563-7-3, मूलबाट सेप्टेम्बर २१, २०१३-मा सङ्ग्रहित।
- ↑ "We have the evidence to enhance adolescent sexual and reproductive health—do we have the will?", Adolescent Medicine 22 (3): 521–43, xii, डिसेम्बर २०११, पिएमआइडी 22423463।
- ↑ "The effectiveness of group-based comprehensive risk-reduction and abstinence education interventions to prevent or reduce the risk of adolescent pregnancy, human immunodeficiency virus, and sexually transmitted infections: two systematic reviews for the Guide to Community Preventive Services", American Journal of Preventive Medicine 42 (3): 272–94, मार्च २०१२, डिओआई:10.1016/j.amepre.2011.11.006, पिएमआइडी 22341164।
- ↑ "Nowadays which emergency contraception? Comparison between past and present: latest news in terms of clinical efficacy, side effects and contraindications", Gynecological Endocrinology 28 (10): 758–63, अक्टोबर २०१२, डिओआई:10.3109/09513590.2012.662546, पिएमआइडी 22390259।
- ↑ Selected practice recommendations for contraceptive use (दोस्रो संस्करण), जेनेभा: विश्व स्वास्थ्य सङ्गठन, २००४, पृ: १३, आइएसबिएन 978-92-4-156284-3, मूलबाट सेप्टेम्बर ८, २०१७-मा सङ्ग्रहित।
- ↑ "Interventions to reduce unintended pregnancies among adolescents: systematic review of randomised controlled trials", BMJ 324 (7351): 1426, जुन २००२, डिओआई:10.1136/bmj.324.7351.1426, पिएमआइडी 12065267, पिएमसी 115855।
- ↑ "Government support for abstinence-only-until-marriage education", Clinical Pharmacology and Therapeutics 84 (6): 746–8, डिसेम्बर २००८, डिओआई:10.1038/clpt.2008.188, पिएमआइडी 18923389, मूलबाट डिसेम्बर ११, २००८-मा सङ्ग्रहित।
- 1 2 "Pregnancy in adolescents", Adolescent Medicine 23 (1): 123–38, xi, अप्रिल २०१२, पिएमआइडी 22764559।
- 1 2 "Contraception for primary care providers", Adolescent Medicine 23 (1): 95–110, x–xi, अप्रिल २०१२, पिएमआइडी 22764557।
- 1 2 3 4 5 विश्व स्वास्थ्य सङ्गठन प्रजनन स्वास्थ्य तथा अनुसन्धान विभाग (२०११), Family planning: A global handbook for providers: Evidence-based guidance developed through worldwide collaboration (Rev. and Updated संस्करण), Geneva: WHO and Center for Communication Programs, पृ: 260–300, आइएसबिएन 978-0-9788563-7-3, मूलबाट सेप्टेम्बर २१, २०१३-मा सङ्ग्रहित।
- ↑ "Costs and Benefits of Contraceptive Services: Estimates for 2012", United Nations Population Fund: १, जुन २०१२, मूलबाट अगस्ट ५, २०१२-मा सङ्ग्रहित।
- ↑ "Giving women the power to plan their families", Lancet 380 (9837): 80–82, जुलाई २०१२, डिओआई:10.1016/S0140-6736(12)60905-2, पिएमआइडी 22784540, मूलबाट मे १०, २०१३-मा सङ्ग्रहित।
- 1 2 "Contraception and health", Lancet 380 (9837): 149–156, जुलाई २०१२, डिओआई:10.1016/S0140-6736(12)60609-6, पिएमआइडी 22784533।
- ↑ "Maternal deaths averted by contraceptive use: an analysis of 172 countries", Lancet 380 (9837): 111–125, जुलाई २०१२, डिओआई:10.1016/S0140-6736(12)60478-4, पिएमआइडी 22784531, मूलबाट मे १०, २०१३-मा सङ्ग्रहित।
- 1 2 "The economic consequences of reproductive health and family planning", Lancet 380 (9837): 165–171, जुलाई २०१२, डिओआई:10.1016/S0140-6736(12)60827-7, पिएमआइडी 22784535, मूलबाट जुन २, २०१३-मा सङ्ग्रहित।
- ↑ "Slowing population growth for wellbeing and development", Lancet 380 (9837): 84–85, जुलाई २०१२, डिओआई:10.1016/S0140-6736(12)60902-7, पिएमआइडी 22784542, मूलबाट मे १०, २०१३-मा सङ्ग्रहित।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]| Library resources about गर्भनिरोध |
- "विश्व स्वास्थ्य सङ्गठनको तथ्यपत्र", जुलाई २०१७, अन्तिम पहुँच २३ जुलाई २०१७।
- "गर्भनिरोधको तुलना तालिका", सेडार रिभर क्लिनिक।
- विश्व स्वास्थ्य सङ्गठनद्वारा परिवार नियोजनका साधनहरूको थोक खरिद