गर्भस्राव
| स्वतःस्फूर्त गर्भपतन | |
|---|---|
| पर्यायबाचिहरू | गर्भस्राव |
| एउटा अल्ट्रासाउन्ड जसमा गर्भावस्थाको थैली भित्र योल्क थैली देखिन्छ तर त्यहाँ कुनै भ्रूण देखिँदैन। | |
| विशिष्टता | प्रसूति तथा स्त्री रोग विज्ञान, नवजात शिशु विज्ञान, बालबालिका स्वास्थ्य विज्ञान |
| लक्षणहरू | दुखाइबिना वा दुखाइसँगै योनिबाट रक्तस्राव हुनु[१] |
| जटिलता | सङ्क्रमण, रक्तस्राव,[२] उदासिनता, चिन्ता, दोषी भावना[३] |
| देखापर्ने समय | गर्भधारणको २० हप्ताभन्दा पहिले[४] |
| कारक | क्रोमोजोम असामान्यता,[१][५] गर्भाशयको असामान्यता[६] |
| जोखिम | बढी उमेरको आमाबाबु हुनु, पहिले पनि गर्भपतन भएको हुनु, सुर्तीजन्य धुवाँको सम्पर्कमा आउनु, मोटोपन, मधुमेह, प्रतिरक्षा प्रणाली सम्बन्धी रोग, लागूऔषध वा मदिराको प्रयोग[७] [८][९] |
| पहिचान | शारीरिक परीक्षण, ह्युमन कोरियोनिक गोनाडोट्रोपिन, अल्ट्रासाउन्ड[१०] |
| समान रोगहरू | अस्थानिक गर्भावस्था , इम्प्लान्टेसन रक्तस्राव।[१] |
| सुरक्षा | प्रसूतिकालीन हेरचाह [११] |
| उपचार | प्रतीक्षात्मक व्यवस्थापन, भ्याकुम एस्पिरेसन, भावनात्मक सहयोग[८] [१२] |
| बारम्बारता | १० देखि ५०% गर्भावस्थामा[१][७] |
गर्भस्राव, जसलाई चिकित्सा क्षेत्रमा स्वतःस्फूर्त गर्भपतन पनि भनिन्छ, गर्भावस्थाको यस्तो अन्त्य हो जसको परिणामस्वरूप भ्रूण आफैँ जीवित रहन सक्ने क्षमता राख्नु अगावै पाठेघरबाट बाहिर निस्कन्छ वा नष्ट हुन्छ।[१][४] गर्भधारणको ६ हप्ताभन्दा पहिले हुने गर्भस्रावलाई मानव प्रजनन र भ्रूण विज्ञानको युरोपेली समाज द्वारा जैविक रसायन क्षयको रूपमा परिभाषित गरिएको छ।[१३][१४]
एक पटक अल्ट्रासाउन्ड वा हिस्टोलोजिकल (तन्तु परीक्षण) प्रमाणले गर्भावस्था अस्तित्वमा रहेको देखाएपछि, यसका लागि प्रयोग गरिने शब्द क्लिनिकल गर्भस्राव हो, जुन "प्रारम्भिक" (१२ हप्ता अघि) वा "ढिलो" (१२ देखि २१ हप्ताको बीचमा) हुन सक्छ।[१३] गर्भधारणको २० हप्तापछिको स्वतःस्फूर्त भ्रूणको अन्त्यलाई मृतशिशु जन्म भनिन्छ।[१५] गर्भधारणको २० हप्ताभन्दा पहिले हुने गर्भावस्थाको क्षय र खराब परिणामहरूका सबै रूपहरूलाई बुझाउन कहिलेकाहीँ सामान्य रूपमा 'गर्भपतन' शब्द प्रयोग गरिन्छ।
योनीबाट रक्तस्राव हुनु गर्भपतनको सबैभन्दा सामान्य लक्षण हो, जुन दुखाइबिना वा दुखाइसँगै हुन सक्छ।[१] तन्तु र रगतको चक्का जस्तो देखिने पदार्थ गर्भाशयबाट निस्केर योनि हुँदै बाहिर आउन सक्छ।[१६] गर्भस्रावका जोखिमपूर्ण कारकहरूमा बढी उमेरमा आमाबाबु बन्नु, पहिले पनि गर्भस्राव भएको हुनु, सुर्तीजन्य धुवाँको सम्पर्कमा आउनु, मोटोपन, मधुमेह, थाइराइडको समस्या, र लागूऔषध वा मदिराको प्रयोग आदी हुन्।[७][८] लगभग ८०% गर्भस्राव गर्भावस्थाको पहिलो १२ हप्ता वा पहिलो त्रैमासिक भित्र हुन्छन्।[१] करिब आधा जति मामिलाहरूमा यसको मुख्य कारण क्रोमोजोम असामान्यतासँग जोडिएको हुन्छ।[५][१] गर्भस्रावको पहिचान वा निदानका लागि पाठेघरको मुख खुला छ कि बन्द छ भनी जाँच गर्ने, रगतमा ह्युमन कोरियोनिक गोनाडोट्रोपिनको मात्रा परीक्षण गर्ने र अल्ट्रासाउन्ड गर्ने प्रक्रियाहरू सामेल हुन सक्छन्।[१०] यस्तै खालका लक्षणहरू देखापर्न सक्ने अन्य अवस्थाहरूमा अस्थानिक गर्भावस्था र इम्प्लान्टेसन रक्तस्राव पर्दछन्।[१]
राम्रो प्रसूतिकालीन हेरचाहबाट कहिलेकाहीँ गर्भपतनको रोकथाम सम्भव हुन सक्छ।[११] लागूऔषध वा लागूपदार्थ (जसमा मदिरा पनि सामेल छ), सङ्क्रामक रोग, र विकिरणबाट बच्न सकेमा गर्भस्रावको जोखिम कम हुन सक्छ।[११] सुरुवाती ७ देखि १४ दिनसम्म सामान्यतया कुनै विशिष्ट उपचारको आवश्यकता पर्दैन।[८][१२] अधिकांश गर्भस्रावहरू थप कुनै हस्तक्षेप वा उपचारबिना नै पूर्ण रूपमा सम्पन्न हुन्छन्।[८] कहिलेकाहीँ बाँकी रहेका तन्तुहरू बाहिर निकाल्नका लागि मिसोप्रोस्टोल औषधि वा भ्याकुम एस्पिरेसन जस्ता चिकित्सा प्रक्रियाको प्रयोग गरिन्छ।[१२][१७] गर्भस्रावपछि उदासिनता, चिन्ता वा दोषी भावना जस्ता मानसिक असरहरू देखापर्न सक्छन्।[३][१८] भावनात्मक वा मानसिक सहयोगले यो क्षयको पीडाबाट बाहिर निस्कन मद्दत पुर्याउँछ।[१२]
गर्भस्राव गर्भावस्थाको सुरुवाती चरणको सबैभन्दा सामान्य जटिलता हो।[१९] आफू गर्भवती भएको कुरा थाहा पाउने महिलाहरूमा गर्भपतनको दर करिब १०% देखि २०% हुन्छ, जबकि कुल गर्भाधानका मामिलाहरूमा यो दर लगभग ३०% देखि ५०% को आसपास हुन्छ।[१][७] ३५ वर्षभन्दा कम उमेरका महिलाहरूमा यो जोखिम करिब १०% हुन्छ भने ४० वर्षभन्दा बढी उमेरका महिलाहरूमा यो जोखिम बढेर लगभग ४५% पुग्छ।[१] उमेर ३० वर्ष पुगेपछि यो जोखिम बढ्न सुरु गर्छ।[७] करिब ५% महिलाहरूमा लगातार दुई पटकसम्म गर्भस्राव हुने गर्दछ।[२०] बारम्बार हुने गर्भस्रावलाई बाँझोपनको एउटा रूपको रूपमा पनि लिन सकिन्छ।[२१]
लक्षणहरू
[सम्पादन गर्नुहोस्]योनिबाट हल्का रगत देखा पर्नु, पेट दुखाइ, अल्झिएर दुख्नु, एमनियोटिक तरल पदार्थ, रगतको चक्का, र तन्तुहरू योनिबाट बाहिर निस्कनु गर्भस्रावका लक्षणहरू हुन्।[२२][२३][२४] रक्तस्राव हुनु गर्भस्रावको एउटा लक्षण हुन सक्छ, तर धेरै महिलाहरूमा गर्भावस्थाको सुरुवाती चरणमा रक्तस्राव भए तापनि गर्भस्राव हुँदैन।[२५] गर्भावस्थाको पहिलो आधा अवधिको बीचमा हुने रक्तस्रावलाई गर्भस्राव हुन सक्ने जोखिमपूर्ण अवस्था भन्न सकिन्छ।[२६] गर्भावस्थामा रक्तस्राव भएर उपचार खोज्नेहरूमध्ये करिब आधा जतिको गर्भस्राव हुने गर्दछ।[२७]
रोकथाम
[सम्पादन गर्नुहोस्]गर्भस्रावको रोकथाम कहिलेकाहीँ यसका जोखिमपूर्ण कारकहरूलाई कम गरेर गर्न सकिन्छ।[११] यसमा राम्रो प्रसूतिकालीन हेरचाह, लागूऔषध र मदिराको सेवनबाट बच्ने, सङ्क्रामक रोगहरूबाट जोगिने र एक्स-रेबाट टाढा रहने जस्ता कुराहरू सामेल हुन सक्छन्।[११] गर्भस्रावको कारण पत्ता लगाउनाले भविष्यमा हुन सक्ने गर्भावस्थाको क्षयलाई रोक्न मद्दत पुग्न सक्छ। यद्यपि, धेरैजसो अवस्थामा गर्भस्राव रोक्नका लागि व्यक्ति आफैँले गर्न सक्ने कुराहरू एकदमै कम हुन्छन्।[११] गर्भावस्थाभन्दा अघि वा गर्भावस्थाको समयमा भिटामिनको पूरक लिँदा गर्भस्रावको जोखिममा कुनै असर परेको पाइएको छैन।[२८] १) हालको गर्भावस्थाको सुरुवाती चरणमा योनिबाट रक्तस्राव भएका र २) पहिले पनि गर्भपतन भएको इतिहास भएका महिलाहरूमा प्रोजेस्टेरोन हर्मोनले गर्भपतन रोक्न मद्दत गर्ने देखाएको छ।[२९]
परिवर्तन गर्न नसकिने जोखिमका कारकहरू
[सम्पादन गर्नुहोस्]भविष्यका गरावस्थाहरूमा गर्भपतन हुन नदिनका लागि निम्न कुराहरूको मूल्याङ्कन गरी रोकथाम क्षमता बढाउन सकिन्छ:
- प्रतिरक्षा अवस्था [९]
- रासायनिक र व्यावसायिक संसर्ग [२३]
- शारीरिक वा शारीरिक बनावटका त्रुटिहरू [२३]
- गर्भावस्थामा पहिलेदेखि नै रहेको रोग वा पछि विकसित रोग[२३][३०]
- पोलिसिस्टिक ओभरी सिन्ड्रोम [३१]
- पहिले किमोथेरापी र विकिरणको सम्पर्कमा आएको इतिहास
- औषधिहरू[२३][३२][३३][३४]
- शल्यक्रियाको इतिहास [२३]
- अन्त:स्रावी विकारहरू ([२३][३५][अद्यतन आवश्यक]
- आनुवंशिक असामान्यताहरू [२३][३३]
परिवर्तन गर्न सकिने जोखिमका कारकहरू
[सम्पादन गर्नुहोस्]स्वस्थ तौल कायम राख्नाले र राम्रो प्रसूतिकालीन हेरचाह गर्नाले गर्भपतनको जोखिम कम गर्न सकिन्छ।[३६] निम्न कुराहरूबाट बचेर केही जोखिम कारकहरूलाई न्यूनीकरण गर्न सकिन्छ:
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 5 6 7 8 9 10 11 The Johns Hopkins Manual of Gynecology and Obstetrics (4 संस्करण), Lippincott Williams & Wilkins, २०१२, पृ: 438–439, आइएसबिएन 978-1-4511-4801-5, मूलबाट सेप्टेम्बर १०, २०१७-मा सङ्ग्रहित।
- ↑ "Spontaneous Abortion – Gynecology and Obstetrics", Merck Manuals Professional Edition, मूलबाट डिसेम्बर ४, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मे २०१८।
- 1 2 "Pregnancy loss", Best Practice & Research. Clinical Obstetrics & Gynaecology 28 (1): 169–178, जनवरी २०१४, डिओआई:10.1016/j.bpobgyn.2013.08.012, पिएमआइडी 24047642।
- 1 2 "What is pregnancy loss/miscarriage?", www.nichd.nih.gov/, १५ जुलाई २०१३, मूलबाट २ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २०१५।
- 1 2 "Genetic regulation of recurrent spontaneous abortion in humans", Biomedical Journal 38 (1): 11–24, २०१५, डिओआई:10.4103/2319-4170.133777, पिएमआइडी 25179715।
- ↑ "Reproductive outcomes in women with congenital uterine anomalies: a systematic review", Ultrasound in Obstetrics & Gynecology 38 (4): 371–382, अक्टोबर २०११, डिओआई:10.1002/uog.10056, पिएमआइडी 21830244।
- 1 2 3 4 5 "How many people are affected by or at risk for pregnancy loss or miscarriage?", www.nichd.nih.gov, २०१३-०७-१५, मूलबाट अप्रिल २, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २०१५।
- 1 2 3 4 5 "Diagnosis and management of miscarriage", The Practitioner 258 (1771): 25–8, 3, मे २०१४, पिएमआइडी 25055407।
- 1 2 "The autoimmune bases of infertility and pregnancy loss", Journal of Autoimmunity (Review) 38 (2–3): J266–74, मे २०१२, डिओआई:10.1016/j.jaut.2011.11.016, पिएमआइडी 22284905।
- 1 2 "How do health care providers diagnose pregnancy loss or miscarriage?", www.nichd.nih.gov/, २०१३-०७-१५, अन्तिम पहुँच १४ मार्च २०१५।
- 1 2 3 4 5 6 "Is there a cure for pregnancy loss/miscarriage?", www.nichd.nih.gov/, २०१३-१०-२१, मूलबाट अप्रिल २, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २०१५।
- 1 2 3 4 "What are the treatments for pregnancy loss/miscarriage?", www.nichd.nih.gov, २०१३-०७-१५, मूलबाट अप्रिल २, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २०१५। अभिलेखिकरण २०१५-०४-०२ वेब्याक मेसिन
- 1 2 Larsen, Elisabeth Clare; Christiansen, Ole Bjarne; Kolte, Astrid Marie; Macklon, Nick (२६ जुन २०१३), "New insights into mechanisms behind miscarriage", BMC Medicine 11 (1): १५४, आइएसएसएन 1741-7015, डिओआई:10.1186/1741-7015-11-154, पिएमआइडी 23803387, पिएमसी 3699442।
- ↑ Messerlian, Carmen; Williams, Paige L.; Mínguez-Alarcón, Lidia; Carignan, Courtney C.; Ford, Jennifer B.; Butt, Craig M.; Meeker, John D.; Stapleton, Heather M.; Souter, Irene; Hauser, Russ (१ नोभेम्बर २०१८), "Organophosphate flame-retardant metabolite concentrations and pregnancy loss among women conceiving with assisted reproductive technology", Fertility and Sterility 110 (6): 1137–1144.e1, आइएसएसएन 0015-0282, डिओआई:10.1016/j.fertnstert.2018.06.045, पिएमआइडी 30396558, पिएमसी 7261497।
- ↑ "Stillbirth: Overview", NICHD, २३ सेप्टेम्बर २०१४, मूलबाट अक्टोबर ५, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अक्टोबर २०१६।
- ↑ "What are the symptoms of pregnancy loss/miscarriage?", www.nichd.nih.gov/, २०१३-०७-१५, मूलबाट अप्रिल २, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २०१५।
- ↑ "Surgical procedures for evacuating incomplete miscarriage", The Cochrane Database of Systematic Reviews 2010 (9), सेप्टेम्बर २०१०, डिओआई:10.1002/14651858.CD001993.pub2, पिएमआइडी 20824830, पिएमसी 7064046।
|article-number=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Women's experiences of early miscarriage: implications for nursing care", Journal of Clinical Nursing 24 (11–12): 1457–1465, जुन २०१५, डिओआई:10.1111/jocn.12781, पिएमआइडी 25662397।
- ↑ National Coordinating Centre for Women's and Children's Health (UK) (डिसेम्बर २०१२), "Ectopic Pregnancy and Miscarriage: Diagnosis and Initial Management in Early Pregnancy of Ectopic Pregnancy and Miscarriage", NICE Clinical Guidelines, No. 154 (Royal College of Obstetricians and Gynaecologists), पिएमआइडी 23638497, मूलबाट अक्टोबर २०, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०१३।
- ↑ "Recurrent miscarriage: causes, evaluation and management", Postgraduate Medical Journal 91 (1073): 151–62, मार्च २०१५, डिओआई:10.1136/postgradmedj-2014-132672, पिएमआइडी 25681385।
- ↑ "Glossary | womenshealth.gov", womenshealth.gov, १० जनवरी २०१७, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१७।
यस लेखले यसबाट पाठ समावेश गर्दछ यो स्रोत, जुन सार्वजनिक डोमेनमा रहेको छ।। - ↑ "How do health care providers diagnose pregnancy loss or miscarriage?", www.nichd.nih.gov, सेप्टेम्बर २०१७, अन्तिम पहुँच २०१७-११-०७।
- 1 2 3 4 5 6 7 8 9 10 Hoffman.
- ↑ "Chinese herbal medicines for threatened miscarriage", The Cochrane Database of Systematic Reviews (5), मे २०१२, डिओआई:10.1002/14651858.cd008510.pub2, पिएमआइडी 22592730, पिएमसी 11366073।
|article-number=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Miscarriage | Miscarriage Symptoms | MedlinePlus", मूलबाट जुलाई २८, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-०९।
यस लेखले यसबाट पाठ समावेश गर्दछ यो स्रोत, जुन सार्वजनिक डोमेनमा रहेको छ।। - ↑ "Relationship between threatened miscarriage and gestational diabetes mellitus", BMC Pregnancy and Childbirth 18 (1), अगस्ट २०१८, डिओआई:10.1186/s12884-018-1955-2, पिएमआइडी 30081861, पिएमसी 6080503।
|article-number=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Incidence and outcome of bleeding before the 20th week of pregnancy: prospective study from general practice", BMJ 315 (7099): 32–4, जुलाई १९९७, डिओआई:10.1136/bmj.315.7099.32, पिएमआइडी 9233324, पिएमसी 2127042।
- ↑ "Vitamin supplementation for preventing miscarriage", The Cochrane Database of Systematic Reviews 2016 (5), मे २०१६, डिओआई:10.1002/14651858.CD004073.pub4, पिएमआइडी 27150280, पिएमसी 7104220।
|article-number=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Coomarasamy, Arri; Harb, Hoda M.; Devall, Adam J.; Cheed, Versha; Roberts, Tracy E.; Goranitis, Ilias; Ogwulu, Chidubem B.; Williams, Helen M.; Gallos, Ioannis D.; Eapen, Abey; Daniels, Jane P.; Ahmed, Amna; Bender-Atik, Ruth; Bhatia, Kalsang; Bottomley, Cecilia; Brewin, Jane; Choudhary, Meenakshi; Crosfill, Fiona; Deb, Shilpa; Duncan, W Colin; Ewer, Andrew; Hinshaw, Kim; Holland, Thomas; Izzat, Feras; Johns, Jemma; Lumsden, Mary-Ann; Manda, Padma; Norman, Jane E.; Nunes, Natalie; Overton, Caroline E. (२०२०), "Progesterone to prevent miscarriage in women with early pregnancy bleeding: The PRISM RCT", Health Technology Assessment 24 (33): 1–70, डिओआई:10.3310/hta24330, पिएमआइडी 32609084, पिएमसी 7355406, मूलबाट जनवरी २६, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २, २०२०। अभिलेखिकरण जनवरी २६, २०२५ वेब्याक मेसिन
- ↑ "Mycoplasma genitalium infection and female reproductive tract disease: a meta-analysis", Clinical Infectious Diseases 61 (3): 418–26, अगस्ट २०१५, डिओआई:10.1093/cid/civ312, पिएमआइडी 25900174।
- ↑ "Pregnancy complications in women with polycystic ovary syndrome", Seminars in Reproductive Medicine 26 (1): 72–84, जनवरी २००८, डिओआई:10.1055/s-2007-992927, पिएमआइडी 18181085।
- ↑ "Selected pregnancy and delivery outcomes after exposure to antidepressant medication: a systematic review and meta-analysis", JAMA Psychiatry 70 (4): 436–43, अप्रिल २०१३, डिओआई:10.1001/jamapsychiatry.2013.684, पिएमआइडी 23446732।
- 1 2 "Use of antidepressants during pregnancy and the risk of spontaneous abortion", CMAJ 182 (10): 1031–7, जुलाई २०१०, डिओआई:10.1503/cmaj.091208, पिएमआइडी 20513781, पिएमसी 2900326।
- ↑ "Antidepressant use in pregnant and postpartum women", Annual Review of Clinical Psychology 10 (1): 369–92, २०१४-०१-०१, डिओआई:10.1146/annurev-clinpsy-032813-153626, पिएमआइडी 24313569, पिएमसी 4138492।
- ↑ "Incidence of spontaneous abortion among normal women and insulin-dependent diabetic women whose pregnancies were identified within 21 days of conception", The New England Journal of Medicine 319 (25): 1617–23, डिसेम्बर १९८८, डिओआई:10.1056/NEJM198812223192501, पिएमआइडी 3200277।
- 1 2 3 4 5 "Miscarriage – Causes", NHS, मार्च ९, २०२२, मूलबाट जुलाई ५, २०२३-मा सङ्ग्रहित।
- 1 2 "Cocaine and tobacco use and the risk of spontaneous abortion", The New England Journal of Medicine 340 (5): 333–9, फेब्रुअरी १९९९, डिओआई:10.1056/NEJM199902043400501, पिएमआइडी 9929522।
- ↑ "Paternal smoking and pregnancy loss: a prospective study using a biomarker of pregnancy", American Journal of Epidemiology 159 (10): 993–1001, मे २००४, डिओआई:10.1093/aje/kwh128, पिएमआइडी 15128612।