गर्भावस्थासँग सम्बन्धित स्त्रीहत्या
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
गर्भावस्थासँग सम्बन्धित स्त्रीहत्या महिला हिंसाको एउटा स्वरूप हो जहाँ गर्भावस्थामा वा सुत्केरी भएको १ वर्षभित्रमा उक्त महिलाको हत्या हुने गर्दछ।[१][२]
गर्भावस्थाले नारी हत्या को जोखिम बढाउँछ।[१] गर्भावस्थासँग सम्बन्धित स्त्रीहत्याका विश्वभरका मुद्दाहरूलाई केलाउँदा त्यो अक्सर अन्तरङ्गी मित्रद्वारा गरिने हिंसासँग गएर जोडिन्छ। त्यसका साथै कतिपय अवस्थामा त उक्त अन्तरङ्ग मित्र नै हत्यारा हुने गरेको पाइएको छ।[३] संयुक्त राज्यमा, गर्भवती तथा सुत्केरी महिलाको मृत्युको प्रमुख कारण महिला हत्या रहेको छ।[४] महिलाहरूको गर्भावस्था र सुत्केरी अवस्थामा हत्या हुने सम्भावना मातृ मृत्युको तीन प्रमुख कारणहरू (उच्च रक्तचाप विकार, रक्तस्राव, सङ्क्रमण) वा हृदय रोगबाट मृत्यु हुनुको तुलनामा अधिक रहेको छ।[४][५]
गर्भावस्थासँग सम्बन्धित स्त्रीहत्याबारे नयाँ र व्यापक अध्ययनहरू सुरू भएका छन्।[३] अनुसन्धानकर्ता र कार्यकर्ताहरूले स्वास्थ्य सेवा प्रणाली र सरकारहरूलाई यस मुद्दाको पछाडि रहेका सामाजिक र राजनीतिक कारकहरूलाई सम्बोधन गर्न रोकथाम कार्यक्रमहरू र राम्रो रिपोर्टिङ विधिहरू लागू गर्न आग्रह गरिरहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Quaresma Soares, Marcela; Magalhães de Melo, Cristiane; Dias Bevilacqua, Paula (फेब्रुअरी १४, २०२४), [(https://linkinghub.elsevier.com/retrieve/pii/S1359178924000090) "Femicide during pregnancy and postpartum period by an intimate partner: An integrative review"], Aggression and Violent Behavior (अङ्ग्रेजीमा) 76, डिओआई:10.1016/j.avb.2024.101919।
- ↑ Wallace, Maeve E. (सेप्टेम्बर २०२२), "Trends in Pregnancy-Associated Homicide, United States, 2020", American Journal of Public Health (अङ्ग्रेजीमा) 112 (9): 1333–1336, आइएसएसएन 0090-0036, डिओआई:10.2105/AJPH.2022.306937, पिएमआइडी 35797500, पिएमसी 9382166।
- 1 2 3 Campbell, Jacquelyn; Matoff-Stepp, Sabrina; Velez, Martha L.; Hunter Cox, Helen; Laughon, Kathryn (फेब्रुअरी २१, २०२१), "Pregnancy-Associated Deaths from Homicide, Suicide, and Drug Overdose: Review of Research and the Intersection with Intimate Partner Violence", Journal of Women's Health (अङ्ग्रेजीमा) 30 (2): 236–244, आइएसएसएन 1540-9996, डिओआई:10.1089/jwh.2020.8875, पिएमआइडी 33295844, पिएमसी 8020563।
- 1 2 Lawn, Rebecca B.; Koenen, Karestan C. (अक्टोबर १९, २०२२), [(https://www.bmj.com/lookup/doi/10.1136/bmj.o2499) "Homicide is a leading cause of death for pregnant women in US"], BMJ (अङ्ग्रेजीमा) 379: o2499, आइएसएसएन 1756-1833, डिओआई:10.1136/bmj.o2499, पिएमआइडी 36261146।
- ↑ Addis, Karen (जनवरी ३०, २०२५), [(https://www.smfm.org/news/new-national-study-finds-homicide-and-suicide-is-the-1-cause-of-maternal-death-in-the-us) "New National Study Finds Homicide and Suicide is the #1 Cause of Maternal Death in the U.S. - Society for Maternal-Fetal Medicine"], [www.smfm.org](http://www.smfm.org), अन्तिम पहुँच २०२५-०३-१६।[स्थायी मृत कडी]