गहुँ

नेपाली विकिपीडियाबाट
(गहूँ बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गहुँ
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Monocots
(unranked): Commelinids
गण: Poales
कुल: Poaceae
उपकुल: Pooideae
Tribe: Triticeae
वंश: Triticum
L.
Species

References:
  Serial No. 42236 ITIS 2002-09-22

गहुँ विश्वको एक प्रमुख अन्न बाली हो । यो विश्वका प्राय सबै देशमा खेती गरिन्छ । विश्वमा बालीको क्षेत्रमा गहुँ (ट्रिट्रिकम एसपीपी.)-ले पहिलो स्थान ओगटेको छ। विश्वमा गहुँ उत्पादन तथा खपत गर्ने देशहरूमध्ये भारत एक प्रमुख देश हो। भारतीय कृषिमा धानपछि लगत्तै दोस्रो स्थानमा गहुँको महत्त्व रहेको छ। गहुँ पीठोजनित उत्पाद हो। खासगरी पूर्वीय भारतसहित देशको अधिकांश भागमा गहुँको पीठोको रोटी बनाएर खाइन्छ, जो एक प्रमुख खाद्य हो। गहुँको नल वा छ्वाली पशुआहारमा पनि प्रयोग हुन्छ। १९६०को दशकको अन्ततिर गरिएको हरित क्रान्तिले गहुँको उत्पादन वृद्धिमा धेरै प्रभावकारी असर पारेको थियो। १९९१ यता गहुँबाट चामलको उत्पादन अनुपातमा १:३ देखि ४:५ –को वृद्धि भएको छ। देशमा यसको उत्पादन वृद्धि गर्नका लागि कृषि मन्त्रालयले व्यापक जोड दिइरहेको छ। वर्तमानमा उत्तर प्रदेश, पञ्जाब र हरियाणा प्रमुख तीन गहुँ उत्पादक राज्य हुन्। यी तीन राज्यले देशमा उत्पादन गरिने कुल गहुँको करिब ७० प्रतिशत स्थान ओगटेका छन्। अधिक उत्पादनमा उत्तर प्रदेश पहिलो भए तापनि उत्पादकता (उत्पादन गर्ने क्षमता) –मा यो पञ्जाब र हरियाणाभन्दा पछि परेको छ। राम्रो सिँचाइ व्यवस्थाका कारण यी राज्यहरूमा अत्यधिक गहुँ उत्पादन भएको हो। हरियाणामा गहुँ बालीअन्तर्गत रहेको ९८ प्रतिशत क्षेत्र सिँचित छ अनि पञ्जाबमा यसको अनुपात ९६ प्रतिशत छ। यद्यपि, उत्तर प्रदेशमा ८८ प्रतिशतमात्र गहुँबाली अन्तर्गतको क्षेत्र सिँचित रहेको छ। सिक्किमसहितका गैर-पारम्परिक राज्यहरूमा पनि गहुँको उत्पादन लोकप्रिय हुन थालेको छ। सिँचाइ सुविधा र यस क्षेत्रको लागि अनुकूल हुने बीजको विकास गरेर यी क्षेत्रहरूमा गहुँको लोकप्रियता बढाइँदैछ।

फसल मौसम[सम्पादन गर्ने]

अक्टोबर-नोभेम्बर महिनामा यसको मौसम शुरु भएर मार्च-अप्रेल महिनामा समाप्त हुन्छ।

औषधोपचार[सम्पादन गर्ने]

  • बालतोड् घाऊमा
गहूँको पिठो मुछेर बालतोड्मा बाँधेमा बालतोड् घाऊ ठिक हुँदै जान्छ ।

उत्पत्ति तथा इतिहास[सम्पादन गर्ने]

प्राक्-ऐतिहासिक अथवा परापूर्वकालदैखि नै गहुँ उत्पादन गरिँदै आएको छ। २७०० ख्रीष्टपूर्वदेखि नै प्राचीन चीनमा गहुँको खेती गरिएको पदचिन्ह पाइएको छ अनि यसअघि नै इजिप्ट र स्वीट्जरल्याण्डवासीमा यसको जानकारी थियो। डी क्यान्डोलेका अनुसार, गहुँको उत्पत्ति युफारेट र ट्राइग्रीस उपत्यकामा भएको थियो अनि यहाँबाट चीन, इजिप्ट र विश्वका अन्य भागहरूमा फैलियो। केही अनुसन्धानकर्ताहरूका विश्वासमा, गहुँ सम्भवत: दक्षिण-पश्चिम एसिया, खासगरी सिरिया र प्यालेस्टाइनमा उत्पत्ति भएको थियो। एन. आई भाभिलोभका अनुसार, ड्युरम गहुँको उत्पत्ति सम्भवत: एबीसिनिया क्षेत्रमा भएको हुनसक्छ, तर रोटी बनाउने गहुँसहित सबै प्रकारको नरम गहुँको समूह सम्भवत: पाकिस्तान, दक्षिणी-पश्चिमी अफगानिस्तान र बोखारा पार्वतीय क्षेत्रको दक्षिणी भागमा उत्पत्ति भएको हुनसक्छ। विश्वभरि व्यापकमात्रामा गहुँको उत्पादन गरिन्छ। रसिया, चीन र संयुक्त राज्य अमेरिका (युएसए) विश्वका प्रमुख गहुँ उत्पादन गर्ने देश हुन्। प्रति हेक्टर उत्पादन परिणामको क्षेत्रमा युके (इङ्ग्ल्याण्ड) पहिलो रहेको छ भने त्यसपछि जर्मनीको नाम आउँछ।

भारतमा आर्यहरूले गहुँ ल्याएका थिए अनि सम्भवत: यो बाली यसको उत्पत्ति स्थानबाट युरोपीय मुलुकहरूमा फैलिएको थियो। १७औं शताब्दीदेखि नै अमेरिकामा गहुँको शुरुआत तथा खेती हुँदै आएको छ।

विकास[सम्पादन गर्ने]

‘ट्रुथ एबाउट ट्रेड एण्ड टेक्नोलजी’ (व्यापार र तक्निकीबारेको सत्यता) शीर्षक लेखअनुसार, प्राचीन जननिक वा आनुवंशिक कलाले गहुँको आकृतिलाई जन्म दियो। नयाँ स्वरूप बनाउन एउटा जंगली गहुँ (ट्रिटिकम मोनोकोकम)-लाई गोट ग्रास(बोके घाँसजातीय) प्रजाति (एंगीलोप्स स्पलेटोइड्स)-सँग ठिमाहाकरण गराइयो, जसमा चार जोडा क्रोमोजोम (सन्तान पैदा हुने जीवाणु) रहेको थियो। त्यहाँ केवल दुई क्रोमोजोम मात्र रह्यो, नयाँ गहुँ खच्चर तथा फल पैदा गर्न नसक्ने प्रकारको हुनेभयो। यद्यपि, अर्को एम्मर गहुँ पैदा गर्नको निम्ति अतिरिक्त क्रोमोजोम दिइयो। एम्मर गहुँलाई अर्को बोके घाँसजातीय प्रजाति (एंगीलोप्स टाउसचिल)-सँग ठिमाहाकरण गरियो अनि नयाँ गहुँ जन्माइयो, जसलाई हामी ६ वटा क्रोमोजोम भएको गहुँ भनेर जान्दछौं।

भारतीय गहुँको वर्गीकरण[सम्पादन गर्ने]

एम्मर गहुँ (ट्रिटिकम डिस्कोकम स्कब एल.)

यस प्रकारको गहुँ दक्षिणमा अर्थात् गुजरात, महाराष्ट्र, आन्ध्र प्रदेश, तामिलनाडु र कर्णाटकाको अति सीमित क्षेत्रमा उत्पादन गरिने बताइन्छ, जहाँ यसलाई क्रमैले पोपाथिया, खापील, राभ्भा, गाधुमालु र साम्बा-को नामबाट चिनिन्छ। यो ई.जी.उप्पुमभको सानूदाना बनाउन अधिक रुचाइन्छ। यस प्रकारको गहुँ जंगली स्वरूपको ट्रिटिकम डिकोइट्सबाट विकास भएको विश्वास गरिन्छ। यो स्पेन, इटाली, जर्मनी र रसियामा पनि उब्जाउ गरिन्छ।

माकारोनी गहुँ (ट्रिटिकम ड्युरम डेस्फ.)[सम्पादन गर्ने]

यो गहुँको दोस्रो महत्त्वपूर्ण प्रजाति हो। यसले कुल गहुँ क्षेत्रको १४ प्रतिशत ओगटेको छ। भारतमा यस प्रकारको गहुँको उत्पादन निकै पुरानो रहेको ठानिन्छ अनि भारतको मध्य र दक्षिणी भागमा मात्र यसको उत्पादन गरिन्छ। अहिले यसलाई पूर्णरूपले रोटीगहुँको ठाउँमा राखिएको छ। यो सुक्खा परिवेशको लागि उत्तम गहुँ हो अथवा पञ्जाब, मध्य प्रदेश, कर्णाटका, तामिलनाडु, गुजरात, पश्चिम बंगाल र हिमाचल प्रदेशको सीमित सिँचित अवस्थामा यसको खेती उत्तम हुन्छ। यो सुजी बनाउन प्रयोग गरिन्छ। यो बालीको प्रमुख प्रजातिहरू हुन्- राज-९११, मालभरा, मालाभिका, एचडी-४५३०, जयराज, मेघदूत (एचआई-७४८३), एनपी-४०४, बान्सी आदि। यो इटाली, युएसए, क्यानाडा र रसियामा पनि उब्जाउ गरिन्छ। यो एम्मर गहुँको सन्तान भएको विश्वास गरिन्छ। यसले २८ वटा क्रोमोजोम बोकेको हुन्छ।

साधारण रोटीगहुँ (ट्रिटिकम भल्गरी होस्ट.)[सम्पादन गर्ने]

यो पञ्जाब, उत्तर प्रदेश, बिहार र राजस्थानका केही भागको हिन्द-गंगोत्री समतल भूमिको पाँगो माटो (बाढीले बगाएर ल्याएको मलिलो माटो)-मा हुने विशेष गहुँ हो। यसर्थ, भारतको बालीको ठूलो भाग यसप्रकारको गहुँले ओगटेको छ। यसका विशेष प्रजातिहरू हुन्- के-६५, के-६८, सी-१३, पी-५९१, सी-३०६ आदि। यसले ४२ क्रोमोजोम बोकेको हुन्छ।

भारतीय बुकुनो गहुँ (ट्रिटिकम स्फेरोकोकोम मिहि.)[सम्पादन गर्ने]

यो पश्चिमी देशहरूको मिस्रित गहुँबाट आएको हो। यो भारतको मध्य प्रदेश, उत्तर प्रदेश र पाकिस्तानको सीमित क्षेत्रमा पाइन्छ। यो निकै सानो र गाँठिलो टुप्पो अनि छोटो अन्न भएको हुन्छ। यसले ४२ क्रोमोजोम बोकेको हुन्छ। यस जातको गहुँको उत्पादन अहिले व्यावहारिक रूपमै हराएको छ, उत्पादन गर्ने क्षमता कम र छिटो रोग लाग्ने भएकोले प्राय: यसको उत्पादन गरिँदैन।

मेक्सिकाली गहुँ (ट्रिटिकम एस्टिभम)[सम्पादन गर्ने]

भारतको लगभग सबै गहुँ उत्पादन गर्ने क्षेत्रहरूमा वर्तमानमा उत्पादन गरिने गहुँ हो यो। हिमालयमा समुद्रतहदेखि ३६५८ मिटरको उँचाइसम्मका क्षेत्रहरूमा यसको खेती गरिन्छ। मेक्सिकोका डाक्टर एन.ई. बोरलागले भारतमा यो गहुँको परिचय गराएका थिए, यसैले यो गहुँलाई प्राय: मेक्सिकाली बुकुनो गहुँ भनिन्छ। भारतमा उत्पादन गरिने जातका गहुँमध्ये यो एक अत्यन्त महत्त्वपूर्ण जातको गहुँ हो, जसले कुल गहुँ क्षेत्रको लगभग ८५ प्रतिशत इलाका ओगटेको छ।

यो रोटीगहुँ हो जसमा ४२ क्रोमोजोम (अर्थात् वंश पत्तो लगाउने गुण बोक्ने) हुन्छ, जसमा उनीहरूका जनक (माता-पिता)-हरू ट्रिटिकम मोनोकोकम, एंगीलोप्स स्पेलटोइड्सर एंगीलोप्स स्क्वारोसाको गुण हुन्छ, अनि प्रत्येकमा १४ क्रोमोजोम हुन्छ। एक-एकवटा गरेर रोपेमा यी जननी गहुँमा धेरै कम कृषि बाली हुन्छ, तर एकलाई अर्कोसँग मिसाएर रोपन गर्दा यिनले हामीलाई उत्तम अन्न दिन्छन्।

बाली विकास कार्य[सम्पादन गर्ने]

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा गरिएको गहूँ खेति

आदिम गहुँका प्रजातिहरू निकै अग्लो, सोतर भएर भुइँमा लड्ने र रोग लाग्नसक्ने, माटोमा मल तथा अन्य पोषणतत्त्वहरूप्रति थोरै प्रतिक्रिया देखाउने अनि धेरै कम उत्पादन क्षमता हुने भएकोले अधिक उत्पादन क्षमतासहित बुकुनो प्रजातिको गहुँ विकास गर्न आवश्यक ठानिएको थियो।

भारतमा प्रजनन वा ठिमाहाकरणबाट गहुँको प्रजाति विकासमाथि एउटा योजनाबद्ध र संगठित अनुसन्धान स्वर्गीय सर अल्बर्ट हावार्ड र श्रीमती हावार्डले बिहारको पुसास्थित इम्पेरियल एग्रीकल्चर रिसर्च इनसिट्युटमा १९०४मा शुरु गर्नुभएको थियो। १९०७मा प्रजनन तथा विकास कार्यमाथि पञ्जाबको लियालपुरमा अनुसन्धान शुरु गरिएको थियो, जसलाई भारत विभाजनपछि १९४७मा पञ्जाबको लुधियानामा सारिएको थियो।

अधिक उत्पादनको प्राप्ति, रोगसँग लड्नसक्ने क्षमता, बोट सोतर नहुने र अन्नको गुणस्तर विकासको उद्देश्यमा १९६० भन्दा अघि सञ्चालित सबै बाली विकास कार्य सबै प्रजातिमा सीमित थियो। उत्पादनका लागि निकालिएका प्रजातिहरूले प्रति हेक्टर ३००० केजी भन्दा बेसी परिणाम दिन सकेनन्। १९६०को अवधिमा भने गहुँ विकास कार्यले छलाङ हान्यो, जसमा बुकुनो मेक्सिकाली गहुँको परिचय गरियो। यहीबाट खास गहुँ-क्रान्ति शुरु भयो। प्रजनकहरू यस जातका गहुँको विकासले सन्तुष्ट भएनन्, किनभने यसले कृषकहरूका खेतमा उनीहरूले सोचेजति उत्पादन दिन सकेन। यसैले लक्ष्य गरिएको उत्पादन हासिल हुन सकेन। यो विभिन्न कारणहरूसँग सह-सम्बन्धित हुन सक्छ, जस्तै-अनुचित प्रजातिको चयन, अपर्याप्त मलहरूको प्रयोग, असमयमा रोपाइँ आदि। यसैले प्रजननमा मुख्य जोड केमा दिइएको थियो भने यस्तो बनोट वा स्वरूप भएको बोट उत्पादन गर्नुपर्छ जसले प्रकाशसंश्लेषणको विधिद्वारा अत्यधिक उत्पादन गर्नको निम्ति सूर्यबाट प्राप्त इलेक्ट्रोम्याग्नेटिक लाइट इनर्जी (प्रकाशको विद्युत चुम्बकीय ऊर्जा)-लाई रासायनिक ऊर्जाको प्रयोजनीय उत्पादनमा बदल्ने क्षमता राख्न सकोस्। यसबाहेक सुक्खा, तुषारो, रोग र सोतर रोक्ने क्षमतासहित खेतमा लगाइएको मलप्रति अधिक प्रतिक्रिया जनाउने, ताप र प्रकाश सहन सक्ने आदि क्षमता भएको नयाँ विकसित प्रजाति पैदा गर्नु आवश्यक थियो। आईएआरआई र देशका विभिन्न अनुसन्धान संस्थान अनि कृषि विश्वविद्यालयका आनुवंशिक विभागहरूले यस्ता जातका गहुँको उत्पादनमा महत्त्वपूर्ण भूमिका खेले। १९६३मा डा. एनई बोरलागबाट अनेकौं संख्यामा बुकुनो गहुँको प्रजाति तथा प्रजनन सामग्री प्राप्त गरियो अनि देशका धेरै ठाउँमा यसको प्रयोग गरियो। प्रयोगको आधारमा १९६५मा लर्मा रोजो-६४ए र सोनारा ६४ नामक दुई प्रजातिको गहुँ सिँचित क्षेत्रमा उत्पादनका लागि जारी गरियो। प्रजनन सामग्रीबाट चयन र प्रजनन गरेर छोटो लर्मा, सेतो लर्मा, पीभी-१८ आदि जस्ता अनेकौं अत्यधिक उत्पादन क्षमता भएका प्रजातिहरू जारी गरियो। पहेंलो रंगको कडा अन्न भएको अधिक उत्पादनशील प्रजातिहरू कल्याण सोना र सोनालिका भारतमा विकास गरिएको थियो, जसले साठीको शुरुको दशकमा देशमा गहुँ उत्पादनमा क्रान्ति ल्यायो। यी प्रजातिका फलस्वरूप भारत खाद्यान्नमा आत्मनिर्भर बन्यो।

उपयोग तथा महत्त्व[सम्पादन गर्ने]

गहुँ विश्वको एक प्रमुख खाद्य बाली हो। भारतीय कृषिमा यसको महत्त्व चामलपछि दोस्रो रहेको छ। खानअघि गहुँलाई समान्यत: पीठोमा परिणत गरिन्छ। गहुँ पीठोजनित उत्पाद हो। यसबाट रोटी बनाइन्छ, जो खासगरी उत्तरी भारतसहित भारतका विभिन्न भागका मानिसहरूको प्रमुख खाद्य हो। गहुँको नल वा छ्वाली पनि पशुआहारका रूपमा प्रयोग गरिन्छ। यसलाई अति नै पोषणयुक्त खाद्य बालीको रूपमा लिइन्छ। गहुँको टुसा वा भ्रुणमा अत्यधिक प्रोटिन, चर्बी र भिटामिन-बीको मात्रा धेरै हुन्छ।


वनस्पतिशास्त्रीय विवरण[सम्पादन गर्ने]

गहुँ एकवर्षे खाद्यान्न बाली हो, यो ग्रामिनी परिवारअन्तर्गत पर्दछ । यसको बोटमा निम्नलिखित अंगहरू हुन्छन् ।

जरा[सम्पादन गर्ने]

गहुँको बोटले दुईजोडा जरा वहन गरेको हुन्छ। पहिलो हो- बीजीय जरा वा बिरुवा जरा। अङ्कुरण बिरुवाबाट निस्कने यो जरामा भ्रुण हुन्छ (यिनको संख्या पाँच हुन्छन्)। दोस्रो प्रकारको जराको गुच्छालाई भ्रूण जरा भनिन्छ। यो बोटको फेदको डाँठबाट निस्कन्छ अनि यसले गाँठिलो वनस्पतीय बाक्लो ‘टुप्पो’ बनाउँछ। सम्पूर्ण जरा नै बलियो हुन्छ। जराको दोस्रो गुच्छाले स्थायी जरा व्यवस्था कायम गर्छ भने बीजीय जरा बिरुवा उम्रेको ३० दिनमा सुक्छ।

काण्ड वा डाँठ[सम्पादन गर्ने]

गहुँको डाक्ला ठाडो, तन्कने वा बढ्ने, बेलनाकार, गाँसिएको र चिल्लो हुन्छ। बलियो जोर्नीलाई गाँठ वा आँख्ला भनिन्छ। यसले बोटलाई शाखाहरूमा छुट्याउँछ, जसलाई अन्तरगाँठ भनिन्छ। बोट बढ्न थालेपछि यी गाँठ र अन्तरगाँठहरू छुट्टिँदै जान्छन्। पाँचदेखि सात गाँठ हुन्छन् एवं तल्लो पातको कोखबाट पार्श्व वा पछिल्लो शाखाहरू विकास हुन्छ। तल्लो अन्तरगाँठहरू डल्लो वा छोटो हुन्छन् भने माथिल्लो गाँठ तुलनात्मक रूपमा लामो हुन्छन्। बोट छिप्पिएको अवस्थामा यिनको संख्या ६ पुग्छ। मुख्य आँख्लोले भुइँको नजीकै फेदमा शाखाहरू बनाउँछ, जसलाई सहायक डाँठ (पहिलो) भनिन्छ, सहायक डाँठले दोस्रो अर्को डाँठ र तेस्रो डाँठ निकाल्छ, जसको आफ्नै जरा व्यवस्था हुन्छ।

पात[सम्पादन गर्ने]

गहुँको पातमा दुई भाग हुन्छ- पातको दाप, जो काण्ड वा डाँठमा घुमेको हुन्छ अनि पातको मुना, जो डाँठबाट पलाउँछ। बीचको जोर्नी भएको डल्लो ठाउँलाई कठालो भनिन्छ अनि झिल्लीदार आँकुरोलाई लिगुल भनिन्छ। पातको फेद र दापसँग नजीकै टाँसिएर बसेको गाँठोजस्तो पञ्जाले बाह्यकर्ण वा कानजस्तो बाहिरी भाग (अरिकल) बनाउँछ। डाँठमा हाँगाविँगाको व्यवस्था विपरीततिर हुन्छ।

फूलको बनोट[सम्पादन गर्ने]

यसलाई बाला वा फूलगुच्छा भनिन्छ, जो एकार्कामा गाँसिएको गुच्छा-गुच्छा परेको हुन्छ। फूलको कोखमा भित्री फूलगुच्छाको दुई विपरीत झुण्ड र एउटा झर्ने फूलको झुप्पा हुन्छ, तर ट्रिटिकम मोनोकोकम हो भने त्यसमा झर्ने झुप्पा हुँदैन। फूलको झुप्पा आँख्लामा जोडिएका हुन्छन् अनि तिनीहरूका फेदमा दुईवटा ग्लुम हुन्छन् र ती पालैपालो मिलेर रहेका हुन्छन्। प्रत्येक फूलको झुप्पा फूल फुल्ने डाँठसँग गाँसिएको हुन्छ, जसलाई पुष्पदल भनिन्छ। पुष्पदल तीनवटा पुंकेसर (गर्भाशय नभएको भाले फूल) र गर्भाशयसहितको एउटा गर्भकेशरले बनेको हुन्छ। फूल लेमा (पातको बाहिरी खोल) र शंकु (भित्री खोल)-ले बन्द भएको हुन्छ। लेमाको टुप्पो फूलको छानो बनाउनको निम्ति विस्तारित हुन्छ।

अन्न[सम्पादन गर्ने]

गहुँको दाना एक क्यारिक्रोपसिस हो, जसमा दानाको बाहिरी भागमा पातलो बीजकोष झिल्ली वा जालो रहेको हुन्छ अनि कोया बीउको थैलोमा विलय हुन्छ। यो गोलाकार हुन्छ, जसमा चिल्लो र गोलो पीठँयू सतह र बीचमा कप्टिएको वा नलीजस्तो हावा छिर्ने सतह हुन्छ। यो कप्टिएको ठाउँ वा नलीलाई भाँज (चीरा) भनिन्छ। यसको रङ्ग रातो-सेतो वा पहेंलो हुन्छ। यसको दानाले अन्नको झिल्ली, केन्द्रक (न्युसेलर), बाहिरी त्वचा, बीजकोष र गर्भाशय बोकेको हुन्छ। बीजकोषमा अन्नको लगभग ८२-८६ प्रतिशत हुन्छ अनि यसमा स्राव (सेतो चोप) र गमजस्तो च्यापच्यापे तरल पदार्थ हुन्छ।

गहुँको बोट बढ्ने अवस्था[सम्पादन गर्ने]

एउटा मौसममा आफ्नो जीवन-चक्र पूरा गर्नको निम्ति गहुँको बोटले तलका चार अवस्था भएर गुज्रनु पर्दछ:

टुसा पलाउने अघिको अवस्था

टुसा आउनअघि: बीजीय जरा र स-साना मुनाहरू निकालेर बीजबाट टुसा पलाउँछ।

टुसा देखिने अवस्था: टुसा पलाउने बीजबाट माटोको सतहमा मुना देखिन्छ।

उद्भिद वा वनस्पति अवस्था

बिरुवा: यो अवस्थामा कलिलो बोटले ठूलो जरा व्यवस्था स्थापित गर्छ। यो अवस्थामा एकपात, दुईपात, तीनपात, चारपातको हुँदै यो थप छुट्टिँदै जान्छ।

शीर्ष जराको अवस्था: बोटमा तीन वा चार पात आएको अवस्थामा यसको संयोग पर्छ।

भुइँडाँठ अवस्था: बोटले माटोको सतहमा फेदमा शीर्ष तथा शाखा डाँठहरू निकाल्छ।

जोर्नी अवस्था: यो अवस्थामा बोट बढ्न थाल्छ, जतिबेला शीर्ष डाँठमाथिको डाँठहरू बढ्न थाल्दछ।

प्रजनन अवस्था[सम्पादन गर्ने]

हलहली बढ्ने अवस्था: यस अवस्थामा सबैभन्दा माथिको पात ध्वजाजस्तो भएर फर्फराउँछ, जुन डाँठमा फूलगुच्छा हुन्छ।

शीर्षस्थ अवस्था: यस अवस्थामा पातको दापबाट फूलगुच्छा निस्कन्छ।

फूल फुल्ने अवस्था: यस अवस्थामा पुष्पदल निस्कन्छ अनि गर्भाशयमा पराग हाल्छ।

पत्रदल निस्केपछिको अवस्था

दाना लाग्ने अवस्था: पराग हालेपछि गर्भाशयमा अन्न बढ्न थाल्छ वा पोथी बीजकोष दूधे, नरम र कडा दानाको अवस्थाबाट गुज्रन्छ।

पाकेको अवस्था: यो अवस्थामा कोसाको रङ्ग परिवर्तन हुन्छ अनि कोसा पूर्णत: कडा बन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]