सामग्रीमा जानुहोस्

गाङ्नी उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाङ्नी
গাংনী
गाङ्नी is located in बङ्गलादेश
गाङ्नी
गाङ्नी
बाङ्लादेशको नक्शामम गाङ्नी उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°४९′उ॰ ८८°४५.३′पू॰ / २३.८१७°N ८८.७५५०°E / 23.817; 88.7550निर्देशाङ्कहरू: २३°४९′उ॰ ८८°४५.३′पू॰ / २३.८१७°N ८८.७५५०°E / 23.817; 88.7550
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लामेहेरपुर जिल्ला
क्षेत्रफल
 • जम्मा३४१.९८ किमी (१३२.०४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२९९,६०७[१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटगाङ्नी उपजिल्लाको आधिकारिक नक्शा

गाङ्नी (बङ्गाली: গাংনী) बङ्गलादेशको मेहरपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२][३]

गाङ्नी उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°४४' देखि २३°५२' उत्तर अक्षांश र ८८°३४' देखि ८८°४७' पूर्वी देशान्तरणमा अवस्थित छ। गाङ्नी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३४१.९८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई दौतलपुर उपजिल्लाले उत्तर, आलमडाङ्गामेहेरपुर सदर उपजिल्लाले दक्षिण, दौतलपुर, आलमडाङ्गामिरपुर उपजिल्लाले पूर्व, मेहेरपुर सदरभारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। भैरव, इछामति, काजला, इलाङ्जी बिल, नुनेर बिल, इलालगाडि दामाश बिल आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।[४][५][६][७]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २६९०८५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३७९२१ छ भने महिलाको जनसङ्ख्या १३११६४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २६४९७६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २२३९, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १६७७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १९३ रहेको छ। यस उपजिल्लामा २४५ मस्जिद, ६ मन्दिर र ६ गिर्जाघरहरू रहेका छन्।[८] यस उपजिल्लाका ९२.७२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१६% ले पोखरी, १% ले टुटी र ६.१२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३७.३१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, ६ परिवार नियोजन केन्द्र, १ अस्पताल र ५ सामुदायिक स्वस्थ्य संस्थाहरू रहेका छन्।[९]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, खैनी, गहुँ, पानको पात, तोरी लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, रूख कटहर, भुइँ कटहर, अम्बा, केरा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया आँप, लिची, रुख कटहर लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको केसरी, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछा पालन केन्द्र, कुखुरा पालन केन्द्र र दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.८३%, वाणिज्यमा १३.३८%, सञ्चारयातायातमा १.९०%, उद्योगमा ०.९६% निर्माण क्षेत्रमा १.०३%, सुविधामा ३.१३%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगार तथा भाडामा ०.५९% र अन्यमा ६.०५% रहेका छन्।

प्रशासकीय गाङ्नी थानाको स्थापना सन् १९२३ मा भएको थियो भने सन् १९८४ फेब्रुअरी २४ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ पौरसभा, ९ सङ्घ परिषद्, १०३ मौजा/महल्ला र १३६ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; कुठाली सङ्घ परिषद्, टिटुल बाडिया सङ्घ परिषद्, काजीपुर सङ्घ परिषद्, बमुण्डा सङ्घ परिषद्, मोतमुरा सङ्घ परिषद्, सोलोतका सङ्घ परिषद्, शाहारबाती सङ्घ परिषद्, धानखोला सङ्घ परिषद् र राईपुर सङ्घ परिषद्।

यस जिल्लाको कुल साक्षरता दर ३६.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३८.७% छ भने महिलाको साक्षरता दर ३४.१%रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, ६८ माध्यमिक विद्यालय, १६४ प्राथमिक विद्यालय, १४ बाल उद्धान केन्द्र, ४ सामुदायिक विद्यालय र ९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; गाङ्नी महिला क्याम्पस (सन् १९९५), होगलाबाडिया मोहाम्मादपुर हाजी भरसउद्दिन माध्यमिक विद्यालय (सन् १९४५), गाङ्नी माध्यमिक विद्यालय (सन् १९४५) आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২ জুন ২০১৫), "উপজেলা প্রশাসনের পটভূমি", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [स्थायी मृत कडी]
  2. राजीव आहमेद (सन् २०१२), "गाङ्नी उपजिल्ला", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৭ জানুয়ারী ২০১৫), "এক নজরে গাংনী", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৯ ডিসেম্বর ২০১৩-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०९ मिति
  4. "Gangni Upazila", Banglapedia, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  5. "Tehsil Map of Nadia", CD Block/ Tehsil, Maps of India, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  6. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৮৩-৮৪, ৩৮৯, आइएसबिएन ९७८-९८४-८९४५-१७-९
  7. মানিক মোহাম্মদ রাজ্জাক (ফেব্রুয়ারি ২০১৫), "বাংলাদেশের নদনদী: বর্তমান গতিপ্রকৃতি", কথাপ্রকাশ, पृ: ৬১২, आइएसबिएन 984-70120-0436-4 
  8. "Bangladesh Population and Housing Census 2011: Zila Report Meherpur", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १४ डिसेम्बर २०१८ मिति
  9. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]