गायत्री
| गायत्री | |
|---|---|
वेदकी माता[१]
गायत्री मन्त्रको मानवीकृत स्वरूप | |
| पञ्च प्रकृति[२]को सदस्य | |
राजा रवि वर्माद्वारा निर्मित चित्र। चित्रणहरूमा, देवी प्रायः कमलको फूलमा विराजमान हुन्छिन् र पवित्र प्रतीक "ॐ" को तमिल स्वरूप भित्र पाँच शिर र पाँच जोर हातका साथ देखा पर्छिन्। | |
| अन्य नामहरू | सरस्वती, सावित्री, वेदमाता |
| देवनागरी | गायत्री |
| आबद्ध | देवी, सरस्वती, महादेवी |
| वासस्थान | सत्यलोक |
| मन्त्र | गायत्री मन्त्र |
| प्रतीक | वेद |
| वाहन | हंस |
| चाडपर्वहरू | गायत्री जयन्ती, सरस्वती पूजा |
| रानी | ब्रह्मा |
गायत्री वैदिक ग्रन्थहरूको एक लोकप्रिय स्तुति गायत्री मन्त्रको मानवीकृत स्वरूप हुन्।[३] उनलाई सावित्री को नामले पनि चिनिन्छ र उनले वेदमाता ('वेदकी आमा') को उपाधि धारण गर्छिन्। गायत्री सरस्वतीको एक अभिव्यक्ति हुन् र उनलाई प्रायः वेदका सौर देवता सवितृसँग जोडिन्छ। पुराणहरूमा सृष्टिकर्ता भगवान् ब्रह्मालाई उनको पतिको रूपमा वर्णन गरिएको छ।[४][५][६] गायत्री विभिन्न देवीहरूको लागि प्रयोग गरिने एक विशेषण पनि हो र उनलाई "परम शुद्ध चेतना" को रूपमा पनि चिनिन्छ।[७]
प्रतिमा लक्षण
[सम्पादन]
गायत्रीका प्रारम्भिक कास्य मूर्तिहरू हिमाचल प्रदेशमा पाइन्छन् जहाँ उनलाई सदाशिवकी अर्धाङ्गिनीको रूपमा पुजिन्थ्यो।[८] यीमध्ये केही स्वरूपहरू स्वभावले उग्र मानिन्छन्। १०औँ शताब्दीको गायत्रीको एउटा कास्य मूर्ति हिमाचल प्रदेशको चम्बा क्षेत्रबाट प्राप्त भएको थियो जुन अहिले दिल्ली सङ्ग्रहालयमा सुरक्षित छ। यसमा उनलाई पाँच मुख र दस हातहरू भएकी देवीको रूपमा देखाइएको छ जसमा उनले देब्रे हातहरूमा खड्ग, कमल, त्रिशूल, चक्र, नरकपाल र वरद मुद्रा तथा दाहिने हातहरूमा अङ्कुश, पाश, पाण्डुलिपि, अमृतको कलश र अभय मुद्रा धारण गरेकी छिन्।[९] उनको निवास नन्दी पर्वतमा रहेको मानिन्छ। आधुनिक चित्रणहरूले हंसलाई उनको वाहनको रूपमा प्रस्तुत गर्छन्। शैव मतको 'मनोन्मणी गायत्री'को पुरानो प्रतिमा लक्षणलाई पछि ब्राह्मणिक गायत्रीको रूपमा बुझ्न थालिएको थियो। १८औँ शताब्दीदेखिका गायत्रीका चित्रहरूमा उनलाई प्रायः सदाशिव जस्तै तेस्रो आँखा, चन्द्रकला र पाँच फरक रङका टाउकाहरूसहित चित्रण गरिएको पाइन्छ।
शैव प्रभाव रहेको गायत्रीको प्रख्यात स्वरूपमा पाँचवटा टाउकाहरू (मुक्ता, विद्रुम, हेम, नील, धवल) छन्। जसमा दस वटा आँखाहरूले आठ दिशा, आकाश र पृथ्वीतर्फ हेरिरहेका छन् भने दशवटा हातहरूमा शिव, विष्णु र ब्रह्माका विभिन्न शस्त्रहरू छन्। अर्को एक हालैको चित्रणमा उनलाई सेतो हंसका साथमा देखाइएको छ जहाँ उनले ज्ञानको प्रतीकको रूपमा एक हातमा पुस्तक र अर्को हातमा उपचार (औषधि) समातेकी छिन्।[१०] उनलाई चार हात भएको, हंसमा बसेको र त्रिमूर्तिका प्रतीकहरू: ब्रह्माको वेद, विष्णुको सुदर्शन चक्र, शिवको त्रिशूल र वरद मुद्रा धारण गरेको रूपमा पनि चित्रण गरिएको छ।
उनको एक भयानक तीन-मुखे स्वरूप पनि छ; जसमा दुईवटा मुख देवी काली जस्तै र एउटा शान्त छ भने हातमा देवी महाकालीका जस्तै शस्त्रहरू छन्। यस स्वरूपमा उनी कमलको फूलमा विराजमान छिन् र दाहिने हातहरूमा कमल, पाश, त्रिशूल, खुकुरी र वरद मुद्रा तथा देब्रे हातहरूमा शङ्ख, चक्र, धनुष-वाण, अङ्कुश र अभय मुद्रा लिएको देखाइएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Gayatri, Gāyatrī, Gāyatri: 28 definitions", २९ जुन २०१२।
- ↑ Ludo Rocher (१९८८), "The Purāṇas (A History of Indian Literature", Bulletin of the School of Oriental and African Studies 51 (2): ३५५।
- ↑ Bradley, R. Hertel; Cynthia, Ann Humes (१९९३), Living Banaras: Hindu Religion in Cultural Context, SUNY Press, पृ: २८६, आइएसबिएन 9780791413319, मूलबाट २०२०-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०८-२०।
- ↑ Constance Jones, James D. Ryan (2005), Encyclopedia of Hinduism, Infobase Publishing, p.167, entry "Gayatri Mantra"
- ↑ Roshen Dalal (2010), The Religions of India: A Concise Guide to Nine Major Faiths, Penguin Books India, p.328, entry "Savitr, god"
- ↑ "WIL Cologne Scan"।
- ↑ Das, Keshav (१९९०), Gāyatrī, the Highest Meditation, Motilal Banarsidas, पृ: 51, आइएसबिएन 9788120806979।
- ↑ Omacanda Hāṇḍā (१९९२), Śiva in art: a study of Śaiva iconography and miniatures, Indus Publication House।
- ↑ B.N. Sharma (१९७६), Iconography of Sadasiva, Abhinav Publications, पृ: 25–29, आइएसबिएन 9788170170372।
- ↑ "Gayatri Mantra", Vedic Rishi, Vedicrishi Astro, मूलबाट २५ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१८।