गिफु
गिफु (जापानी: 岐阜県, गिफु-केन) जापानको होन्शू द्वीपको चूबू क्षेत्रमा अवस्थित एक प्रान्त हो। गिफु प्रान्तको जनसंख्या सन् २०२५ अप्रिल १ सम्ममा करिब २० लाख ४० हजार रहेको छ, र यसको भौगोलिक क्षेत्रफल १०,६२१ वर्ग किलोमिटर रहेको छ। गिफु प्रान्तको उत्तरमा टोयामा, उत्तर-पश्चिममा इशिकावा, पश्चिममा फुकुई र सिगा, दक्षिण-पश्चिममा मिए, दक्षिणमा आइची, र पूर्वमा नागानो प्रान्तहरू पर्छन्।[१]
गिफु सहर (उहि नाम) यो प्रान्त राजधानी र सबैभन्दा ठूलो सहर हो। अरू प्रमुख सहरहरूमा ओगाकी, काकामिगाहारा, र ताजिमी पर्दछन्।
गिफु जापानको बीच भागमा अवस्थित छ, र यो देशका आठ भूआवेष्ठित (समुद्रसँग नजोडिएका) प्रान्तहरूमध्ये एक हो। यहाँ जापानको केन्द्रीय बिन्दु पनि अवस्थित छ। ऐतिहासिक रूपमा, गिफु जापानको प्रमुख मार्ग थियो, जहाँबाट पूर्व र पश्चिम जोड्ने पुरानो नाकासेन्दो मार्ग गुज्रिन्थ्यो। यो एडो युगका पाँच प्रमुख मार्गहरूमध्ये एक थियो।
गिफु प्रान्त जापानी इतिहासका दुई प्रभावशाली व्यक्ति,सेनगोकु युगका ओदा नोबुनागा र साइटो दोसानका घर पनि थियो। यही कारणले मध्यकालीन जापानमा “गिफु नियन्त्रण गर, जापान नियन्त्रण गर” भन्ने गरिन्थ्यो।
गिफु प्रान्त परम्परागत वाशी कागज उद्योगका लागि प्रसिद्ध छ, जसमा “गिफु लालटेन” र “गिफु छाता” प्रख्यात छन्। यसका साथै, यो जापानी तरबार (काताना) र काट्ने उपकरण उद्योगको केन्द्रको रूपमा पनि परिचित छ।
गिफु प्रान्त ऐतिहासिक गिफु किल्ला, नागारा नदीमा करिब १,३०० वर्ष पुरानो परम्परागत कोर्मोरान्ट (पक्षी प्रयोग गरेर माछा मार्ने) विधि, र प्रसिद्ध सेकीगाहाराको युद्धस्थल अवस्थित छन्।[२][३]
इतिहास
[सम्पादन गर्नुहोस्]आधुनिक गिफु क्षेत्र चौथो शताब्दीको मध्यतिर यामातो दरबारको भाग बन्यो। होन्शू टापुको बीचमा भएकाले यहाँ जापानको इतिहासभरि धेरै निर्णायक युद्धहरू भए, जसमा सन् ६७२ को जिनशिन युद्ध सबैभन्दा पुरानो प्रमुख युद्ध थियो, जसले सम्राट टेनमूलाई जापानको ४०औँ सम्राट बनायो।[४]
गिफु प्रान्त पुराना हिदा र मीनो प्रदेशहरूबाट बनेको हो, साथै केही भागहरू एचिजेन र शिनानोका पनि छन्। “गिफु” नाम सन् १५६७ मा ओदा नोबुनागाले सम्पूर्ण जापान एकीकरण गर्ने अभियानको क्रममा राखेका थिए। नामका अक्षरहरू चिनियाँ स्थानहरू किषान (岐山) र कूफू (曲阜, कन्फ्युसियसको जन्मस्थान) बाट प्रेरित थिए।
इतिहासमा गिफु जापानको प्रमुख तरवार–निर्माण केन्द्र थियो। पछिल्ला समयहरूमा, गिफु सहर फेशन उद्योगका लागि र काकामिगाहारा सहर एयरोस्पेस इन्जिनियरिङका लागि प्रसिद्ध छ।
२८ अक्टोबर १८९१ मा, मोटोसु सहर वरपर ८.० मापनको मिनो–ओवारी भूकम्प आएको थियो, जुन जापानको दोस्रो ठूलो भूकम्प मानिन्छ। यसको भौगोलिक दरार आज पनि देख्न सकिन्छ।
भूगोल
[सम्पादन गर्नुहोस्]गिफु जापानका केही भूआवेष्ठित प्रिफेक्चरहरूमध्ये एक हो, जसको सीमा सातवटा प्रान्त - टोयामा, इशिकावा, फुकुई, सिगा, मिए, आइची, र नागानो सँग जोडिएको छ। जापानको जनसंख्याको केन्द्र बिन्दु अहिले गिफु प्रिफेक्चरको सेकी सहरमा अवस्थित छ।[५]
सन् २०१९ को मार्च ३१ सम्म, गिफुको करिब १८% भूभाग प्राकृतिक पार्कका रूपमा संरक्षित छ, जसमा हाकुसान र चूबू-सानगाकु राष्ट्रिय पार्कहरू, हिदा-कीसो नदी र इबी–सेकीगाहारा–योरो अर्ध–राष्ट्रिय पार्कहरू, र १५ वटा प्रिफेक्चरल पार्कहरू छन्।
गिफु पाँच अनौपचारिक क्षेत्रहरूमा बाँडिएको छ: सेइनो, गिफु, चूनो, टोनों, र हिदा। यी क्षेत्रहरू स्थानीय विकास र पर्यटन प्रवर्द्धनका लागि प्रयोग हुन्छन्।
भूआकृति
[सम्पादन गर्नुहोस्]उत्तरी हिदा क्षेत्र उच्च पर्वतहरूले ढाकिएको छ, जसमा जापानी आल्प्स पनि पर्दछन्। दक्षिणी मीनो क्षेत्र उपजाऊ नोबी मैदानको हिस्सा हो, जहाँ अधिकांश जनसंख्या बसोबास गर्छ।
मीनो क्षेत्र मुख्य रूपमा किसो, नागारा, र इबी नदीहरूको उपत्यकाबाट बनेको छ, जसले अन्ततः आइस बेमा मिसिन्छन्। अन्य प्रमुख नदीहरूमा मिया, ताकाहारा, शो, टोकी, यहागी, र इतोशिरो नदीहरू पर्दछन्।[६]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]गिफुमा परम्परागत उद्योगहरू जस्तै कागज बनाउने र कृषि पाइन्छन्, तर यसको अर्थतन्त्र मुख्य रूपमा उत्पादन उद्योगमा आधारित छ, विशेष गरी एयरोस्पेस र अटोमोबाइल क्षेत्रमा। नागोया क्षेत्रदेखि फैलिएका औद्योगिक क्षेत्रहरूमा साना–साना मेसिन, मोल्ड, र प्लास्टिक उत्पादक कम्पनीहरू पनि धेरै छन्।[७]
परम्परागत उद्योगहरू
[सम्पादन गर्नुहोस्]गिफु १,३०० वर्ष पुरानो नागारा नदीको कोर्मोरान्ट (पक्षी प्रयोग गरेर माछा मार्ने) परम्पराका लागि प्रसिद्ध छ। विस्तृत मैदानका कारण यहाँ कृषि पनि महत्वपूर्ण छ, र उत्तरका वन क्षेत्रहरूले काठ र डुङ्गा निर्माणका सामग्री प्रदान गर्छन्।[८]
मिनो क्षेत्र उच्च गुणस्तरको “मिनो वाशी” कागजका लागि प्रसिद्ध छ, जुन पतलो र बलियो हुन्छ। गिफु सहरमा बनाइने गिफु लालटेन र गिफु छाता पनि चर्चित छन्। ताजिमी र तोकी क्षेत्र मिनो–याकी माटोका भाँडाकुँडा, सेकी सहर काट्ने औजार, र ताकायामा सहर लेकरवेर (लाखको काम) का लागि परिचित छन्।
आधुनिक उद्योगहरू
[सम्पादन गर्नुहोस्]काकामिगाहारा सहरमा कावासाकी र मित्सुबिशी हेभी इन्डस्ट्रीजका ठूला एयरोस्पेस कारखाना छन्।
पर्यटन
[सम्पादन गर्नुहोस्]गिफु प्रिफेक्चरका मुख्य पर्यटकीय स्थलहरूमा गिफु, गेरो, सिराकावा, र ताकायामा पर्दछन्। गेरो तातोपानीका लागि प्रसिद्ध छ, सिराकावाको ऐतिहासिक गाउँ युनेस्को विश्व सम्पदा सूचीमा छन्, र ताकायामालाई “सानो क्योटो” पनि भनिन्छ।
विज्ञान
[सम्पादन गर्नुहोस्]हिदा सहरको कामिओका क्षेत्रमा भूमिगत कामिओका वेधशाला अवस्थित छ, जहाँ सुपर-कामिओकान्दे र कामल्यान्ड प्रयोगहरूद्वारा न्युट्रिनो र एन्टिन्युट्रिनोहरूको अध्ययन गरिन्छ। यो सुविधा जापानको प्रमुख भौतिक विज्ञान अनुसन्धान केन्द्रहरूमध्ये एक हो।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८।
- ↑ NHK Broadcasting Culture Research Institute, सम्पादक (२४ मे २०१६), NHK日本語発音アクセント新辞典, NHK Publishing।
- ↑ "Japan’s Regional Strength", Gifu Prefectural Government official website, मूलबाट अक्टोबर १२, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १२, २०२५।
- ↑ Gifu tour guide – Outline of Gifu Prefecture वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १, २०११ मिति. Gifu Prefecture Tourist Federation. Accessed September 9, 2007.
- ↑ "自然公園都道府県別面積総括" [General overview of area figures for Natural Parks by prefecture] (जापानीमा), Ministry of the Environment, ३१ मार्च २०१९, अन्तिम पहुँच २२ जुलाई २०१९।
- ↑ Tōnō Promotional Office वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २७, २०११ मिति. (जापानीमा) Gifu Prefecture. Accessed August 9, 2011.
- ↑ Greg Goebel, "The Fire Balloons", मूलबाट मार्च ३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २३, २००७।
- ↑ Greg Goebel, "The Fire Balloons", मूलबाट मार्च ३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २३, २००७।