गिलेटिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गिलेटिन अथवा गिलोटिन ऊर्ध्वाधर कर्तरी (/ˈɡɪlətn/ GHIL-ə-teen, also अमेरिकी: /ˈɡətn/ GHEE-, फ्रान्सेली: [ɡijɔtin] ( )) शिर छेदन गरी मृत्युदण्ड दिने यन्त्र हो। यो दुई खम्बा बीच आरा झुन्ड्याइएको यन्त्र हो। यसको नामाकरण फ्रेन्च चिकित्सक जोसेफ इग्नेस गिलेटिनको नामबाट गरिएकोथियो जसले १० अक्टोबर १७८९ मा, नेसनल एसेमब्ली लाई मृत्युदण्ड "सामान्य उपकरणको प्रयोगबाट" शीरछेदन गरी गर्नुपर्छ भनी प्रस्ताव गरेका थिए।[१]

गिलेतिनको आविष्कार यूरोपीय ज्ञानोदयको मान्यता अनुसार मृत्युदण्डको सजाय कम पीडादायी र कष्टकर बनाउनका लागि भएको थियो, जबकी मृत्युदण्डका यसअघिका तरिकाहरू निकै कष्टकर र भयभित तुल्याउने खालका हुन्थे। यसलाई अङ्गीकार गरेपछी १९८१ मा मृत्युदण्ड उन्मुलन नभएसम्म, यो यन्त्र फ्रान्सको न्यायिक क्षेत्रमा मृत्युदण्ड दिने मानक बिधी बन्यो ।[२] फ्रान्समा मृत्युदण्ड दिइएका अन्तिम व्यक्ति हमिदा जानदुबी थिए, जसलाई १० सेप्टेम्बर १९७७ मा गिलेटिनमा काटिएको थियो। यो पश्चिमी राष्ट्रको सरकारले शीरछेदन गरी व्यक्तिलाई मृत्युदण्ड दिएको अन्तिम पटक थियो। जानदुबी नै विश्वमा कुनै पनि सरकारबाट गिलेटिनबाट फाँसी पाएका अन्तिम व्यक्ति हुन् ।

जोसेफ इग्नेस गिलेटिन को पोट्रेट

यो फ्रान्सेली राज्यक्रान्तिको आतंकको राज्यको समयमा क्रान्तिको विरोधीहरूलाई मृत्युदण्ड दिनको लागि परिचित थियो।

नाजी जर्मनी ले १९३३ देखि १९४५ को बिचमा १६,५०० कैदी बन्दीलाई गिलेटिनको प्रयोग गरेको थियो । ती मध्ये १९४४ र १९४५ को बीचमा मात्र १०,००० लाई फाँसी दिइएको थियो ।[३][४]

हालसालैका वर्षहरूमा , केही मानिसहरूले गिलेटिनबाट आत्महत्या गरेका थिए, जुनको निर्माण उनीहरू स्वयंले गरेका थिए।[५][६][७][८]

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. R. F. Opie (2003) Guillotine, Gloucestershire: Sutton Publishing Ltd, p. 22, आइएसबिएन ०७५०९३०३४९.
  2. (फ्रान्सेलीमा) Loi n°81-908 du 9 octobre 1981 portant abolition de la peine de mort वेब्याक मेसिन अभिलेखिकरण ३१ जुलाई २०१३ मिति. Legifrance.gouv.fr. Retrieved on 2013-04-25.
  3. Robert Frederick Opie (२०१३), Guillotine: The Timbers of Justice, History Press, पृ: १३१। 
  4. "According to Nazi records, the guillotine was eventually used to execute some 16,500 people between 1933 and 1945, many of them resistance fighters and political dissidents." https://www.history.com/news/8-things-you-may-not-know-about-the-guillotine
  5. "Guillotine death was suicide", BBC News, २४ अप्रिल २००३, मूलबाट २७ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २००८ 
  6. Sulivan, Anne (१६ सेप्टेम्बर २००७), "Man kills himself with guillotine", The News Herald (Tennessee), अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१६ मिति
  7. Staglin, Douglas, "Russian engineer commits suicide with homemade guillotine", USA Today, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६ 
  8. Buncomber, Andrew (३ डिसेम्बर १९९९), "Guillotine used for suicide", The Independent, मूलबाट २ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६