गुजराणवाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गुजराणवाला

گوجرانوالا
—  सहर जिल्ला / विभाग राजधानी  —
PSX 20140925 153352.jpg
Taj Mahal hotel.JPG
Tomb of Mulana Zafar Ali Khan.jpg
PSX 20140918 115855.jpg
शीर्षबाट क्रमश: निसान-ए-मञ्जिल, ताजमहल होटल (बायाँ), जफर अली खानको समाधि (दायाँ) र पञ्जाब विश्वविद्यालय
नगर परिषद गुजराणवाला
नगर परिषद लोगो

Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/Pakistan" does not exist.पञ्जाब, पाकिस्तानमा रहेको स्थान

देश  पाकिस्तान
क्षेत्र Punjab (Pakistan) पञ्जाब
विभाग गुजराणवाला
जिल्ला गुजराणवाला
तहसिल गुजराणवाला सहर तहसिल
स्वायत्त सहरहरू
सङ्घ परिषद १९
सरकार[१]
 - प्रकार नगर परिषद
 - मेयर सेख सरावत इक्रम
 - उप-मेयर राना मकसुद
 - उप-मेयर सलमान खलिद बट
क्षेत्रफल
 - जम्मा ३,१९८ किमी (१,२३४.८ वर्ग मी)
जनसङ्ख्या (२०१७)[२]
 - जम्मा २,२३८,२४३
  गुजराणवाला सहर: ७३,९४०
गुजराणवाला नगरपालिका निगम: २,०२७,००१
गुजराणवाला: १३७,३०२
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
हुलाक कोड ५२२५०
टेलिफोन कोड ०५५
वेबसाइट आधिकारिक वेबसाइट

गुजराणवाला (उर्दू: گوجرانوالا) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक प्रमुख सहर हो। यो सहर नजिकैको पञ्जाब प्रान्तको राजधानी लाहोरबाट उत्तरतर्फ रहेको छ। यो सहर पाकिस्तानको ७औँ धेरै जनघनत्व भएको महानगरीय क्षेत्र हो भने यो जनसङ्ख्याको हिसाबले पाकिस्तानको ५औँ सबैभन्दा ठूलो सहर हो।[३] यो सहरको स्थापना १८औँ सताब्दीमा भएको थियो। यो सहर उत्तरी पञ्जाबका नजिकैका अन्य पूराना सहरहरूको तुलनामा आधुनिक सहर हो। यो सहर सन् १७६३ देखि १७९९ सम्म, सुरचकिया मिस्लको राजधानीको रूपमा रहेको थियो। गुजराणवाला सिख महाराजा रञ्जित सिंहको जन्मस्थल पनि हो।[४]

गुजराणवाला पाकिस्तानी सहरहरू कराचीफैसलाबादपछिको तेस्रो ठूलो औद्योगिक केन्द्र हो[५] र यस सहरले पाकिस्तानको राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको ५% योगदान गर्दछ।[६]यो सहर उत्तर-पूर्वी पञ्जाब प्रान्तको ठूला सहरी केन्द्रहरूको सञ्जालमा आवद्ध छ जुन पाकिस्तानको अत्याधिक उच्च औद्योगिक क्षेत्रहरू हुन्।[७] यस सहरको छिमेकको निर्यात केन्द्रित अर्थतन्त्र रहेको औद्योगिक सहरहरू सियालकोट र गुजरातसँग यसको सुनौलो त्रिभुज भनिने सम्बन्ध रहेको छ।[८][५]

शब्दको उत्पत्ति

'गुजराणवाला' शब्द पञ्जाबी भाषामा गुजारहरूको निवास भन्ने अर्थ रहेको छ[९][१०] र उत्तरी पञ्जाबमा रहेका कुनै निश्चित बासस्थान नभएका वा भ्रमणशिल मानिसहरू र त्यहाँ रहेका घास खाने जन्तुहरूको सन्दर्भमा यो नाम रहन गएको थियो। एक स्थानीय कथनका अनुसार, यो सहर एक विशिष्ट गुजार, चौधरी गुजारको सन्दर्भमा नामकरण गरिएको थियो। जो सहरको पर्सियन पाङ्गा वा सकियाका मालिक थिए। जसबाट सहरमा पानी वितरण गर्ने काम हुने गर्दथ्यो।[५]

इतिहास

उत्पत्ति

गुजराणवालाको वास्तविक उत्पत्ति सम्बन्धमा स्पष्ट छैन। छेउछाउका प्राचीन सहर लाहोर, सियालकोटइमिनाबादको तुलनामा गुजराणवाला एक आधुनिक सहर हो। यो १६औँ शताब्दीको बीच एउटा गाउँको रूपमा स्थापित भएको थियो।[११] स्थानीयका अनुसार गुजराणवालाको मूल नाम खानपुर शन्शी रहेको विस्वास गर्दछन् तर हालका विद्यवानहरू भने यो गाउँ नभई गुजराणवाला खियाली ढोका नजिक रहेको सेराई गुजरान रहेको कुरा १८औँ शताब्दीको अहमद शाह दुरानीको आक्रमणको सन्दर्भमा विभिन्न श्रोतहरूमा उल्लेख भएको पाइन्छ।[५]

सिख

महाराजा रञ्जित सिंहको जन्म स्थल

सन् १७०७ मा मुगल साम्राज्यको अन्तिम शासक औरङ्गजेबको निधन पश्चात मुगल शक्तिमा आएको ह्रासले विभिन्न सिख राज्यहरू यस क्षेत्रलाई नियन्त्रण गर्नका लागि हालको आधुनिक गुजराणवाला नजिकै आएका थिए।[९] नादिर शाहको सन् १७३८ को आक्रमणलाई विफल बनाउनका लागि सुकरचकिया मिस्लका शासक चरत सिंह तथा स्थानीय मुस्लिम प्रमुख मुहम्मद यार नादिरले सेनालाई एकिकृत गरेका थिए जसले पछि दिल्लीको शासनव्यवस्थालाई सत्ताच्युत गर्ने काम गरेको थियो।

यस क्षेत्रमा चरत सिंहले सन् १७५६ र सन् १७५८ को मध्यमा एक गढीको निर्माण गरेका थिए जसलाई सन् १९६१ सेप्टेम्बरमा लाहोरका गभर्नर ख्वाजा उबैदले घेराबन्दी गरेर राखेका थिए।[५] त्यस पश्चात उनले यस सहरको दर्जालाई उनको मिस्लको राजधानीको रूपमा परिणत गरेका थिए। चरत सिंहको नाति रञ्जित सिंहको जन्म सन् १७८० मा गुजराणवाला सहरको पुरानी मण्डी बजारमा भएको थियो, जसलेपछि गएर सिख साम्राज्यको स्थापना गरेका थिए। रञ्‍जित सिंहद्वारा स्थापित सिख साम्राज्यले अङ्ग्रेजहरूको आगमन हुनु पूर्व पञ्जाबलाई आफ्नो नियन्त्रण राखेको थियो।

रञ्जित सिंहले सन् १७९२ मा सत्ता सम्भालेपछि आफ्नो राज्यको राजधानी गुजराणवाला सहरलाई कायम राखेका थिए। उनको सेनापति हरि सिंह नाल्वाले त्यस समयमा गुजराणवालाको चारैतर्फ ठुलो माटोको पर्खाल बनाएका थिए र सहरको नयाँ सडक सञ्जाल योजना स्थापना गरे जुन आजको दिनसम्म पनि कायम छ। सन् १७९९ सम्म गुजराणवाला रञ्जित सिंहको राजधानी थियो तर उनले दुर्रानीहरूबाट नजिकैको पुरानो मुगल राजधानी लाहोर कब्जा गरि पुरानो मुगल राजधानीमा नै राजधानी सारेका थिए। महाराजा रञ्जित सिंहका अन्तिम पत्नी महारानी जिन्द कौरको पनि सन् १८१७ मा गुजराणवालामा जन्म भएको थियो।

ब्रिटिस साम्राज्य

सन् १९०६ मा स्थापना गरिएको घण्टाघर
रेल्वे स्टेसन

गुजराणवालालाई सन् १८४८ मा ब्रिटिस साम्राज्यद्वारा कब्जा गरिएको थियो र त्यस पश्चात ब्रिटिश साशन व्यवस्थामा यो क्षेत्रको तीव्र गतिमा विकास भएको थियो। गुजराणवाला सन् १८६७ मा नगरपालिकाको रूपमा स्थापना गरिएको थियो भने सिखकालिन सहरका ढोका भएको स्थानभन्दा माथि काठको भित्ताहरू, खियाली तथा लाहोरी ढोका बनाउने कार्य सन् १८६९ मा सम्पन्न भएको थियो। सन् १९०६ मा केन्द्रीय गुजराणवालाको केन्द्रमा एक नयाँ घण्टाघर बनाइएको थियो।

इसाई धर्मप्रचारकहरू ब्रिटिश उपनिवेशिक शासनको समयमा यस क्षेत्रमा ल्याइएको थियो र गुजराणवालामा धेरै चर्चहरू र स्कूलहरूको गृह सहर बन्यो। सहरको पहिलो प्रेस्बिटेरियन चर्च सन् १८७५ मा सिभिल लाइन्स क्षेत्रमा स्थापित भएको थियो। त्यसपछि थेयोलोजिकल सेमिनार सन् १८७७ मा र एक इसाई प्राविधिक विद्यालयको स्थापना सन् १९०० मा भएको थियो।

विभाजन

पाकिस्तानको स्वतन्त्रता तथा सन् १९४७ को ब्रिटिस भारतको विभाजन पश्चात, गुजराणवाला पञ्जावको सबैभन्दा खराब दन्गाको स्थल बनेको थियो। स्थानीय हिन्दु र सिख भएका ठूला स्थानहरूमा आक्रमण वा विनाश भएको थियो। दन्गाकारीहरू सहरमा आक्रमणको लागि कुख्यात भएको थियो, लाहोरको कामिहरू यस्तो विभत्स आक्रमणमा संलग्न थिए। २२ सेप्टेम्बरमा अमृतसर रेलवे स्टेसनमा सिख आतंकबादीद्वारा एक शरणार्थी सवार रेल विरुद्ध हमला गरेका कारण ३ घण्टामा ३००० भन्दा बढी मुसलमानहरूको मृत्यु भएको थियो। त्यस घटनापछि गुजराणवालाका आतंकबादीहरूले एक रेलमा सवार हिन्दु र सिख शरणार्थी माथि हमला गरेका थिय र त्यसको कारण ३४० शरणार्थीको मृत्यु भएको थियो। मुस्लिम भगाउने अभियानका कारण विभिन्न क्षेत्रबाट मुस्लिमहरू सरणार्थीहरू गुजराणवाला आउन थाले त्यसपछि भारतको पुर्वी पञ्जाबको जनसङ्ख्या घट्न पुग्यो। गुजराववालामा आउने शरणार्थी ती व्यक्तिहरू थिए जो अमृतसर, पटियालालुधियानाका सहरहरूबाट भागेका थिए।

आधुनिक

गुजराणवाला मुस्लिम शरणार्थीले सहरलाई मुस्लिम सहरमा परिवर्तन गराइ दिए। मार्च १९४८ सम्म, गुजराणवालन जिल्लामा ३००,००० भन्दा धेरै शरणार्थीहरू पुन: स्थानान्तरण गरेका थियो। धेरै शरणार्थीहरू पोस्ट र जागिरहरू पाउन थालेपछि त्यस क्षेत्रमा ठाउँक अभावमा शरणार्थीहरू दक्षिण कराचीमा स्थानान्तरण भएका थिए। शरणार्थी जनसङ्ख्या प्राय स्थानीयहरूमा बसोबास भएको थियो जुन प्राय गैर-मुस्लिम थिए।

वास्तुकला

गुजराणवालामा विभिन्न ऐतिहासिक भवनहरू छन्, उदाहरणका लागि ब्राण्ड्रेथ गेट, लाउरी गेट, बजार क्षेत्रको खियाली गेट आदी। १८८१ मा निर्माण गरिएको मुख्य रेलवे स्टेसन र १९९६ मा घण्टाघरको पनि स्थापना भएको थियो। यस ठाउँको सबैभन्दा ठूलो चर्च सेन्ट पल प्रेसबीटरियन चर्च हो जुन २०१० मा स्थापना भएको थियो।

भूगोल

यो सहर पाकिस्तानको पञ्जाब प्रदेशमा पर्दछ र यो ३२°९'२४" उत्तर अक्षांश र ७४°११'२४" पुर्व देशान्तरणमा अवस्थित छ। यो सहर उत्तरमा चनाब नदी र दक्षिणमा रावी नदीको बिच भागमा पर्दछ । गुजराणवाला पञ्जाब प्रदेशको उत्तरी भागको एक ऐतिहासिक क्षेत्र माझाको एक भाग हो । यो सहर पञ्जाबको समथल मैदानबाट फैलिएको थियो ।[१२] गुजराणवाला सहर समुद्री सतहबाट २२६ मिटर (७७४ फिट) को उचाइमा रहेको छ भने यस सहरको छेउछाउमा झक्खर मण्डी र अन्य गाउँहरू रहेका छन् । यो सहरको दक्षिणमा ८० किलोमिटरको दुरीमा पञ्जाब प्रदेशको राजधानी लाहोर रहेको छ भने यस सहरको उत्तरमा सियालकोट सहर र गुजरात सहर रहेको छ । गुजरात सहरले गुजराणवालालाई भीमबिर र आजाद कश्मीरसियालकोटले यसलाई जम्मूसँग जोडेको छ । यो सहरको लगभग १६० किलोमिटर दक्षिण-पश्चिममा फैसलाबाद सहर रहेको छ । यस सहरको पश्चिममा हाफिजाबाद र पिण्डी भटियान रहेको छ जसले गुजराणवालालाई झङ्ग, चिनोट र सरगोढासँग जोडेको छ।

मौसम

गुजराणवाला सहरको मौसम तातो खालको छ।[१३] ग्रीष्म ऋतुमा (जुन देखि सेप्टेम्बर सम्म) यस सहरको तापक्रम ३६-४२ डिग्री सम्म पुग्छ भने नोभेम्बर देखि फेब्रुअरी महिना सम्म तापक्रम घटेर ६ डिग्री सम्म पुगेको छ । यस सहरमा उच्चतम-वर्षा हुने महिना सामान्यतया जुलाई र अगस्ट हुन् । अन्य महिनाको समयमा औसत वर्षा करिब २५ मिलिमिटर (०.९० इन्च) हुने गर्छ । नोभेम्बरदेखि अप्रिल महिना यस सहरको सबैभन्दा सुख्खा महिना हो जहाँ थोरै मात्रामा पानी पर्ने गरेको छ ।[१४]

गुजराणवालाको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत १९٫१
(६६)
२२٫१
(७२)
२७٫४
(८१)
३३٫७
(९३)
३९٫०
(१०२)
४०٫८
(१०५)
३६٫१
(९७)
३४٫६
(९४)
३५٫०
(९५)
३३٫०
(९१)
२७٫०
(८१)
२१٫२
(७०)
३०٫७५
(८७٫३)
दैनिक औसत °से (°फे) १२٫२
(५४)
१५٫०
(५९)
२०٫३
(६९)
२६٫०
(७९)
३१٫०
(८८)
३३٫८
(९३)
३१٫४
(८९)
३०٫२
(८६)
२९٫५
(८५)
२५٫४
(७८)
१८٫६
(६५)
१३٫४
(५६)
२३٫९
(७५٫१)
न्यूनतम °से (°फे) औसत ५٫३
(४२)
८٫०
(४६)
१३٫३
(५६)
१८٫४
(६५)
२३٫१
(७४)
२६٫९
(८०)
२६٫७
(८०)
२५٫९
(७९)
२४٫०
(७५)
१७٫८
(६४)
१०٫३
(५१)
५٫७
(४२)
१७٫१२
(६२٫८)
औसत हिउँ/वर्षा मीमी (इञ्च) ३१
(१٫२२)
३०
(१٫१८)
२९
(१٫१४)
१८
(०٫७१)
१९
(०٫७५)
४६
(१٫८१)
१४७
(५٫७९)
१६८
(६٫६१)
६५
(२٫५६)

(०٫३५)

(०٫२)
१४
(०٫५५)
५८१
(२२٫८७)
स्रोत: क्लाइमेट-डाटा डट ओआरजी, उचाई: २२५ मिटर

सहरी क्षेत्रको रूपमा

पुरानो गुजराणवालामा रहेको एक प्रवेश द्वार
गुजराणवालामा रहेको एक घर

हरि सिंह नलवाद्वारा बनाइएको नयाँ सहरी योजना अनुसार गुजराणवालामा सबैभन्दा पुरानो पर्खाल राखिएको थियो र त्यसैबेला सन् १७९२ मा रञ्‍जित सिंहले गुजराणवालालाई आफ्नो राजधानी सहरको रूपमा स्थापना गरेका थिए।

गुजरावालाको पुरानो सहर शाही र "शाही," बजारमा केन्द्रको रूपमा रहेको छ। गुजराणवालाको पुरानो सहर हिन्दुहरू र सिखहरूको लागि पूजा गर्नका लागि यहाँ धेरै मठमन्दिरहरू रहेका छन्। हिन्दू देवी तालब मन्दिर एक पटक यहाँ रहेको एक ठूलो पानीको ट्याङ्किको लागि प्रसिद्ध थियो र यहाँबाट पटियाला भागेर जाने परिवारको प्रयोग गर्न राम्रो परिस्थितिमा रहेको छ।[१५] सिख धर्मको मन्दिर दमदमा देवी तालब मन्दिरको नजिकै स्थित छ । सिख धर्मको लागि यो एक महत्त्वपूर्ण स्थल हो । जुन बाबा साहिब बेदीलेको इतिहाससँग सम्बन्धित छ। यस सहरमा एक पुरानो गुर्डवारा साहि बजारको नजिक चस्मा चोकमा रहेको छ।[१५]

गुजराणवाला बृद्धि ब्रिटिस साम्राज्यको शासनकाल देखिनै सुरु भएको थियो र यो सहर ब्रिटिस भारतको रेलमार्गद्वरा जोडिएको थियो। यस सहरमा रहेका ऐतिहासिक स्थल जस्तै सरदार महन सिंहको हवेलीलाई ब्रिटिस साम्राज्यद्वारा भत्काई त्यसको ठाउँमा नयाँ भवनहरू खडा गरिएको थियो। यस सहरमा रहेको महन सिंहको हवेलीलाई रञ्जितञ्ज को नाममा एक सार्वजनिक स्थलको रूपमा रूपान्तरण गरिएको थियो।[५] सन् १९४७ भन्दा पहिले सहरको सिमाना रेलमार्गको पश्चिम भागमा रहेको थियो।[५]

अर्थतन्त्र

कयौं किसिमका उद्योगहरूको घर-गुजराणवाला

औद्योगिक उत्पादनको हिसाबले गुजराणवाला कराचीफैसलाबादपछि पाकिस्तानको तेस्रो ठूलो औद्योगिक केन्द्र हो। गुजराणवाला नजिकका दुई औद्योगिक सहरहरू सियालकोटगुजरात बीचको सापेक्षिक समृद्धि र निर्यात उन्मुख औद्योगिक आधारलाई हेर्दा कहिलेकाहीँ यी सहरहरूलाई सुनौलो त्रिभुजको रूपमा चित्रित गरिन्छ।[५] यस सहरमा सञ्चालित उद्योगहरूले ५,००,००० जति मानिसहरूलाई रोजगारी उपलब्ध गराएको छ,[१६] साथै सहरको कुल ग्राहस्थ उत्पादनले पाकिस्तानको कुल अर्थतन्त्रको ५% भाग ओगट्दछ।[६]

यस सहरको छेउछाउ अनुमानित ६,५०० साना र मझौला उद्योगहरू, २५,००० कटेजहरू र केही ठूलो कलकारखानाहरू रहेको छ । यो सहर पाकिस्तानकै सबैभन्दा धेरै उद्योग सञ्चालनमा रहेको सहर हो । यस सहरमा घरायसी समाग्री र प्लम्बिङका समानहरू मात्रै निर्यात गर्ने २०० भन्दा बढी उत्पादक कम्पनीहरू सञ्चालनमा रहेको छ ।[१७][१८] यो सहर विद्युतीय पङ्खाहरू निर्माणको लागि एक केन्द्रको रूपमा चिनिन्छ - गुजराणवालाका १५० साना र मझौला व्यवसायहरू विद्युतीय पङ्खा उद्योगसँग सम्बन्धित छन् ।[१९] यो सहर फलाम र स्टिल उत्पादनका लागि पाकिस्तानकै तेस्रो सबैभन्दा ठूलो सहर हो । यस सहरमा प्राचीनकाल देखिनै फलाम र फलामे वस्तुको निर्माण गरिँदै आएको थियो । जब लाहोरमा आदिवासीहरूले यस सहरमा आएर निर्माण कार्य शुरू गरेका थिए।[२०]

गुजराणवालामा कपडा, पोशाक, धागो र अन्य कपडासँग सम्बन्धित वस्तुहरू पनि उत्पादन गरिन्छ । यस सहरमा चामल, प्लास्टिक, कटलरी, कुलर र हिटर, कृषि औजारहरू, गलैंचा, सिसाबाट बनेका बस्तुहरू, शल्यक्रियाका उपकरणहरू, छालाका बस्तुहरू, सैन्य उपयोगको लागि चाहिने मेसिनरी सामानहरू, घरेलू उपकरण, मोटरसाइकलखाद्य बस्तुहरू पनि उत्पादन हुन्छ ।[२१]

सन् २०१० मा, विश्व बैंकद्वारा पाकिस्तानमा व्यवसाय गर्न उपयुक्त रहेको शीर्ष १३ सहरहरू मध्ये छैठौं स्थान दिएको थियो[२२] भने निर्माण कार्य गर्न अनुमतिको हिसाबले यो सहरलाई पाकिस्तानको दोस्रो स्थान दिएको थियो ।[२३] सन् २०१७ को अन्त्यसम्म, नयाँ विद्युत प्राधिकरणहरूको स्थापनासँगै यस सहरमा बिजुलीको आपूर्तिले नयाँ मोड लिनुका साथै यसको परिणामस्वरूप उत्पादनको गतिमा निकै सुधार आएको छ ।[२४][२५]

प्रशासन

गुजरोवाला सहरलाई सन् १९५१ मा एक जिल्लामा समावेस गरियो। गुजराणवाला विकास प्राधिकरण सन् १९८८ मा सहरको आर्थिक र विकासका पुर्वाधारमा अवलोकन गर्नका लागि पहिलो पटक स्थापना गरिएको थियो। यो सहर हाल जिल्ला सरकार गुजराणवाला (सीडीजीजी) र नगरपालिका निगम गुजराणवालाद्वारा प्रशासित छ भने विकास सामान्यतया गुजराणवाला विकास प्राधिकरण कार्यालयको अधीन रहेको छ। सन् २००७ मा सहर ७ सहरी नगरपालिकाहरूसँग एक सहर-जिल्ला को रूप मा पुन वर्गीकृत गरियो जसमा अरूप, कमोन्की, नडिपुर, नवसिरा, किला दिदार सिंह र वारिजाबाद सहरहरू रहेका छन्।[५]

यातायात

अस्पताल मार्ग र सियालकोट मार्गको एक दृश्य

सडक

गुजराणवाला ऐतिहासिक ग्राण्ड ट्रंक सडकमा रहेको छ जसले पेखवर देखि इस्लामाबाद र लौहर सम्म जोडेको छ। ग्राण्ड ट्रंक रोडले अफगानिस्तान सीमालाई अफगानिस्तानमा स्याङ्गग पासको माध्यमबाट र मध्य एसिया सम्म जोडेको छ। कराकोरम राजमार्गले इस्लामाबाद र पश्चिमी चीनबीचको पहुँच प्रदान गर्दछ, र कारागर, चीनको माध्यमबाट मध्य एसिया एक वैकल्पिक मार्गको रूपमा रहेको छ।[२६]

रेल

गुजराणवाला रेलवे स्टेसन

गुजराणवाला रेलवे स्टेसनले पाकिस्तानमा १,६८७ किलोमिटर (१,०४८ माइल) लामो दूरीमा रहेको छ यस मार्गले सहरलाई पोर्ट सहरको कराची देखि पेखवर जोड्छ।[२७][२८]

परियोजनाको पहिलो चरणमा,[२९] सन् २०२१ सम्म पूरा गर्ने उदेश्यले कराची र पेशावर बीचको मुख्य लाइन -१ रेल मार्ग ३.६५ अरब अमेरिकि डलरको लागतमा पुरै निर्माण गरिने भएको छ।[३०]

हवाई

गुजराणवाला आफ्नै विमानस्थल नभए तापनि सहरको वरपरका नजिकैका सहरहरूमा हवाई उडानले गुजरनणवालाले सेवा प्रदान गरेको छ, जसमा लाहौरका अल्लाह अकबाल अन्तर्राष्ट्रिय विमानस्थले यूरोप, क्यानडा, मध्य एसिया, पूर्वी एसिया, र दक्षिणपूर्व एसियामा उडानहरू प्रदान गर्दछ। पाकिस्तानको पहिलो निजी स्वामित्वको व्यावसायिक विमानस्थल सन् २००७ मा निर्मित, एयरपोर्ट मध्य पूर्वको लागि अन्तर्राष्ट्रिय सेवाका साथै घरेलु स्थानहरूमा पनि सेवा प्रदान गर्छ।

सार्वजनिक यातायातका साधनहरू

गुजराणवालामा केन्द्रीय रूपमा व्यवस्थित सार्वजनिक यातायात प्रणालीको कमी रहेको छ। उबर कार भाडा सेवाहरू सन् २०१७ को शुरूमा गुजराणवालामा उपलब्ध भएको थियोे,[३१] र त्यसको लगत्तै करिमको (सार्वजनिक यातायात) सेवा पनि सञ्चालन आएको थियो।[३२]

शिक्षा

गुजराणवाला सहरको वयस्क साक्षरता दर सन् २००८ मा ७३ % [३३]थियो भने १५-२४[३४] उमेरका मानिसहरूको साक्षरता दर बृद्धी भएर ८७% पुगेको थियो ।[३५]

चित्र दीर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "Complaint Management System: Municipal Corporation, Gujranwala", The Urban Unit, Planning & Development (Punjab), अन्तिम पहुँच २०१८-०४-२६ 
  2. "पाकिस्तानको प्रदेश अनुसारको जनसङ्ख्या र घरहरूको सङ्ख्या: पञ्जाब", पिबिएस सेन्सस, पाकिस्तान राष्ट्रिय जनगणना आयोग, अन्तिम पहुँच २०१८-०४-२७ 
  3. "जनसङ्ख्याको आकार र प्रमुख सहरहरूको बृद्धि", पाकिस्तान केन्द्रीय तथ्याङ्क विभाग, १९९८, अन्तिम पहुँच ११ जुन २०१५ 
  4. "गुजराणवाला सहरको जानकारी", पाकपिडिया। 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ ५.७ ५.८ नज, निलुम, "गुजराणवाला सहरी विकासको ऐतिहासिक परिप्रेक्ष्य", वास्तुकला विभाग, यूईटी, लाहोर, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 
  6. ६.० ६.१ "पञ्जाब चम्कँदै", पञ्जाब सरकारको अर्थतन्त्र र व्यापार बिभाग, पञ्जाब सरकार, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  7. अजहर, अन्नुस; एदिल, साहिद, "सामाजिक आर्थिक परिणामहरूमा गल्तीको प्रभाव: पञ्जाब जिल्ला स्तर अध्ययन", पाकिस्तानको विकास अर्थशास्त्र संस्थान, अन्तिम पहुँच २ जुन २०१७ 
  8. मेहमुद, मिर्जा, फैसल; अलि, जफराई, अतिफ; सइम, हस्मि,महमद (२०१४-०४-२१) (अङ्ग्रेजीमा). औद्योगिक रोजगारीको एक आकलन विश्वविद्यालय स्नातकहरू बीचका गन्तव्यहरू: गुजरात- सियालकोट-गुजराणवाला औद्योगिक क्लस्टर, पाकिस्तानमा. इन्टरनेसनल फुड फोलिसि. pp. २. https://books.google.com/books?id=P5pvAwAAQBAJ&pg=PA2&lpg=PA2&dq=sialkot+gujranwala+gujrat+golden+triangle&source=bl&ots=G3CAFE-Jxj&sig=D24M5cRh6i_UvdwNdWjFFH-GKzI&hl=en&sa=X&ved=0ahUKEwj0v4TAkITZAhViHGMKHeFABDkQ6AEIVDAH#v=onepage&q=sialkot%20gujranwala%20gujrat%20golden%20triangle&f=false. 
  9. ९.० ९.१ गुजराणवाला सहर – भारतको भैगोलिक स्थानको बर्णन, पृष्ठ ३६३
  10. रमेश चन्द्र मजुमदर; भारतीय इतिहास समिति (१९५४). भारतीय जनताको इतिहास र संस्कृति: एक शास्त्रीय उमेर. जि एलेन र युनविन. प॰ ६४. https://books.google.com/books?id=8QhuAAAAMAAJ&q=gujar+khan+#search_anchor. 
  11. गुजराणवाला जिल्लाको भौगोलिक स्थलहरूको बर्णन, १८८३-४. पञ्जाब सरकार. https://archive.org/details/in.ernet.dli.2015.281430. अन्तिम पहुँच मिति: २२ डिसेम्बर २०१७. 
  12. बल, डब्ल्यु.इ. (१८७४). गुजराणवाला जिल्लाको भूमि राजस्व निपटानको संशोधन प्रतिवेदन. https://books.google.com/books?id=K9KZmQWXtwkC&pg=PA8&dq=gujranwala+history&hl=en&sa=X&ved=0ahUKEwie1bjlhZzYAhWirVQKHW0SBLcQ6AEIKTAA#v=onepage&q=gujranwala&f=false. अन्तिम पहुँच मिति: २२ डिसेम्बर २०१७. 
  13. "मौसम: गुजराणवाला – जलवायु ग्राफ, तापमान ग्राफ र मौसम तालिका", क्लाइमेट डाटा डट ओआरजी, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३ 
  14. जिनाह रङ्गशाला, गुजराणवाला – मासिक औसत
  15. १५.० १५.१ जत, जाहिद रहमन (डिसेम्बर २०१५), "पर्यटनका अवसरहरू खोज्दै", चित्रलेखा कला र डिजाइनको अन्तर्राष्ट्रिय पत्रिका (२), आइएसएसएन 2231-4822, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 
  16. "राष्ट्रिय अर्थतन्त्रमा गुजराणवालाको महत्व", डाउन, १७ अगस्ट २००६, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  17. http://www.dawn.com/news/1143243
  18. http://gbc.org.pk/index.php?option=com_content&view=article&id=49&Itemid=18
  19. "गुगराणवाला व्यापारिक केन्द्र", पञ्जाब सरकार, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 
  20. "फेन्स", टिआरटिए पाकिस्तान, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  21. "गुजराणवाला सहरको कृषि सर्वेक्षणa", पाकिस्तान सरकार, २००८, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 
  22. "व्यापारिक गुजराणवाला", विश्व बैंक, २०१०, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 
  23. "पञ्जाबको आर्थिक, सामाजिक र रणनीतिक सुधारको परिणाम", पञ्जाब सरकर, मार्च २०१४। 
  24. "सरकारले देशका भागहरूमा लोडसेडिङको अन्त्य गर्ने घोषणा गरेको छ", डाउन, ४ डिसेम्बर २०१७, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  25. "सामग्री निर्यात", डाउन, २६ नोभेम्बर २०१७, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  26. "४९ किलोमिटर मोटरबाटो", द नेसन, ९ डिसेम्बर २०१७, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  27. "पाकिस्तानले चीनसँग जोड्ने रेल मार्ग निर्माण गर्ने", हिन्दुस्तानी टाइम्स, १० जुन २०१६, अन्तिम पहुँच ९ अगस्ट २०१६ 
  28. "कराची देखि पेशावर सम्मको रेल मार्ग सुधार", डेली टाइम्स, २२ जनवरी २०१६, अन्तिम पहुँच १० फेब्रुअरी २०१६ 
  29. "सामर्थ्यको खरिद: चिनियाँ कम्पनीहरूको भुक्तानी संशोधन कोषद्वारा गरिने भएको छ" बिजनेस रेकडर अभिगमन मिति ६ डिसेम्बर २०१५
  30. "पाकिस्तानले रेल मार्ग बिस्तार गर्नका लागि चिनियाँ कोष प्राप्त गर्ने भएको छ, भवनमा पाइपलाईनहरू पनि", हिन्दुस्तान टाइम्स, १० जुन २०१६, अन्तिम पहुँच ९ अगस्ट २०१६, "यो परियोजना सन् २०२१ सम्ममा पाँच चरणमा गरिने भएको छ। पहिलो चरण डिसेम्बर २०१७ सम्म पूरा गरिनेछ र दोस्रो २०२१ सम्म" 
  31. "गुजराणवालामा युबरको सेवा", डेल्लि पाकिस्तान, १२ मे २०१७, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  32. "करिमको सेवा मुल्तान, गुजराणवाला र सियालकोटमा उपलब्ध भएको छ", पाकिस्तानका खुदा हफिज, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  33. "राष्ट्रिय शिक्षा सर्वेक्षण", पञ्जाब सरकार र पञ्जाब सरकार राष्ट्रिय तथ्याङ्क विभाग, मार्च २००९, पृ: ३६, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  34. "पञ्जाब २००७-०८", पञ्जाब सरकार राष्ट्रिय तथ्याङ्क विभाग, मार्च २००९, पृ: v, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  35. "हाम्रो बारेमा", गुजराणवाला, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 

बाह्य लिङ्कहरू

गुजराणवालाको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट