गुटु
गुटु | |
|---|---|
चौकुने गाउँपालिकाको सदरमुकाम | |
| निर्देशाङ्क: २८°२६′ उत्तर ८१°४७′ पूर्व / २८.४३° उत्तर ८१.७९° पूर्व | |
| देश | |
| प्रदेश | कर्णाली प्रदेश |
| जिल्ला | सुर्खेत जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ६४.९७ किमी२ (२५.०९ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ७,६४० |
| • घनत्व | १२०/किमी२ (३००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
गुटु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, सुर्खेत जिल्लामा अवस्थित पश्चिमको एक गाविस हो । एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७६४० रहेको थियो जसमध्ये ३६९२ पुरुष र ३९४८ महिला रहेका थिए भने यहाँ १४२२ घरधुरी रहेको थियो।[१] यो हाल चौकुने गाउँपालिकाको सदरमुकाम हो।
यो ठाउँ एकदमै ऐतिहासिक मानिन्छ । माथिल्लो भेगका डाँडाहरूबाट हेर्दा यो समथर गुटु उपत्यकाको रमणीय दृश्य हेर्न पाइन्छ । यो गुठि शब्द भएर गुठु वा गुटु भएको भन्ने सुन्न पाइन्छ ।
यहाँका पहिलो बस्ती यहाँका अछामी घोडासैनी जोशी ब्राह्मणहरू हुन् । रेक्चा हुँदै उपत्यका गुटुमा यिनीहरूले खेतीपाती गरेको पाइन्छ । पूर्वमन्त्री शिवराज जोशी, राष्ट्रिय स्तरमा परिचित पत्रकार डायमण्ड जोशीहरूको परिवार नै गुटुको पहिलो बस्ति भएको सुन्न पाइन्छ । उनीहरूसँगै यहाँ बुढा क्षेत्री बयकहरू र अछामको घोडासैन कै दलितहरूलाई उनीहरूले सँगै ल्याएका थिए । त्यसबेला दमाह बजाउने (दमाई) दलित बिना कुनै पनि शुभ अशुभ कार्यहरू अघि बढ्दैनथे । अहिले पनि यो परम्परा कायम छ । राम जोशीले पहाडको रेक्चा उपत्यका पत्ता लगाएको इतिहास छ । [२]
यहाँ घोडासैनी, धमाला, देउकोटा, बुढा क्षेत्री, बयक, थापा र दलीत बस्ति यहाँको पुरानो बस्ति हो .[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "घोडासैनी - विकिपिडिया", ne.wikipedia.org (नेपालीमा), अन्तिम पहुँच २०२६-०८-०६।
- ↑ "चौकुने गाउँपालिकाकाे कार्यालय गुटु, सुर्खेत | “दिगो र तीब्र बिकास चौकुनेको रहर, गुणस्तरीय शिक्षा र व्यावसायिक कृषिमा लहर”", chaukunemun.gov.np, अन्तिम पहुँच २०२६-०८-१२।