सामग्रीमा जानुहोस्

गुटु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गुठुबाट अनुप्रेषित)
गुटु
चौकुने गाउँपालिकाको सदरमुकाम
गुटु सुर्खेत जिल्ला-को अवस्थिति
गुटु
नेपालको नक्सामा गुटुको अवस्थिति
गुटु भेरी अञ्चल-को अवस्थिति
गुटु
नेपालको नक्सामा गुटुको अवस्थिति
गुटु मध्यपश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
गुटु
नेपालको नक्सामा गुटुको अवस्थिति
गुटु नेपाल-को अवस्थिति
गुटु
नेपालको नक्सामा गुटुको अवस्थिति
निर्देशाङ्क: २८°२६′ उत्तर ८१°४७′ पूर्व / २८.४३° उत्तर ८१.७९° पूर्व / 28.43; 81.79
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
क्षेत्रफल
 • जम्मा६४.९७ किमी२ (२५.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७,६४०
 • घनत्व१२०/किमी२ (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

गुटु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, सुर्खेत जिल्लामा अवस्थित पश्चिमको एक गाविस हो । एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७६४० रहेको थियो जसमध्ये ३६९२ पुरुष र ३९४८ महिला रहेका थिए भने यहाँ १४२२ घरधुरी रहेको थियो।[१] यो हाल चौकुने गाउँपालिकाको सदरमुकाम हो।

यो ठाउँ एकदमै ऐतिहासिक मानिन्छ । माथिल्लो भेगका डाँडाहरूबाट हेर्दा यो समथर गुटु उपत्यकाको रमणीय दृश्य हेर्न पाइन्छ । यो गुठि शब्द भएर गुठु वा गुटु भएको भन्ने सुन्न पाइन्छ ।

यहाँका पहिलो बस्ती यहाँका अछामी घोडासैनी जोशी ब्राह्मणहरू हुन् । रेक्चा हुँदै उपत्यका गुटुमा यिनीहरूले खेतीपाती गरेको पाइन्छ । पूर्वमन्त्री शिवराज जोशी, राष्ट्रिय स्तरमा परिचित पत्रकार डायमण्ड जोशीहरूको परिवार नै गुटुको पहिलो बस्ति भएको सुन्न पाइन्छ । उनीहरूसँगै यहाँ बुढा क्षेत्री बयकहरू र अछामको घोडासैन कै दलितहरूलाई उनीहरूले सँगै ल्याएका थिए । त्यसबेला दमाह बजाउने (दमाई) दलित बिना कुनै पनि शुभ अशुभ कार्यहरू अघि बढ्दैनथे । अहिले पनि यो परम्परा कायम छ । राम जोशीले पहाडको रेक्चा उपत्यका पत्ता लगाएको इतिहास छ । [२]

यहाँ घोडासैनी, धमाला, देउकोटा, बुढा क्षेत्री, बयक, थापा र दलीत बस्ति यहाँको पुरानो बस्ति हो .[३]


Gutu valley in 2011

सन्दर्भ सामग्रीहरू

[सम्पादन]