सामग्रीमा जानुहोस्

गुन्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुन्मा प्रान्त जापानको कान्तो क्षेत्रको उत्तर–पश्चिम भागमा अवस्थित एक भूमिबन्द प्रान्त हो। टोकियो नजिक भएकाले यो प्रान्त व्यापार, उद्योग, कृषि र पर्यटनका लागि महत्वपूर्ण मानिन्छ। यहाँको वातावरण शान्त र प्राकृतिक छ, जसले अध्ययन, काम र घुमफिरको लागि उपयुक्त बनाएको छ।[]

भूगोलका हिसाबले गुन्मा चारैतिर पहाड र उपत्यकाले घेरिएको छ। उत्तरी भागमा तानिगावा, आसामा र ओजिका जस्ता अग्ला पर्वत छन् भने दक्षिणतिर समथर उपत्यका फैलिएका छन्। टोने नदी प्रान्तको प्रमुख नदी हो, जसले कृषि र पानीको आपूर्ति सुनिश्चित गर्छ। यहाँको मौसम चिसो र सुख्खा छ, जसले गहुँ, तरकारी र फलफूल खेतीका लागि अनुकूल वातावरण बनाउँएको छ।

गुन्माको इतिहास प्राचीन कोजुके प्रान्तसँग सम्बन्धित छ। पुरातन समयमा यो क्षेत्र घोडा पालन र कृषि केन्द्रको रूपमा परिचित थियो। नारा र हेयान कालमा यहाँका स्थानीय शक्तिहरूले केन्द्रीय सरकारसँग सन्तुलन कायम राखेका थिए। कामाकुरा र मु्रमाची कालमा सामुराइहरूको प्रभाव यहाँ बलियो थियो, र एदो कालमा गुन्माले रेशम उत्पादन र कपडा उद्योगको विकासमा ठूलो भूमिका खेलेको थियो। []

मेइजी पुनर्स्थापनापछि आधुनिक उद्योग र यातायात प्रणाली विकसित भएको हो। प्रान्तमा खुलेको तोमिओका सिल्क मिलले जापानको औद्योगिक क्रान्तिमा योगदान पुर्‍याएको मानिन्छ। द्वितीय विश्वयुद्धपछि कृषि सुधार र डेरी उद्योगले यस क्षेत्रको अर्थतन्त्रलाई मजबुत बनाएको मानिन्छ।

गुन्माको संस्कृतिमा पहाडि वातावरणले प्रभाव पारेको छ। यहाँको लोकसंगीत, घोडासम्बन्धी उत्सव, दारुमा गुड्डा र तातोपानी स्नान जस्ता किर्याकलाप यहाँका प्रमुख सांस्कृतिक पक्ष हुन्। खानपानमा ओक्किरिकॉमी नुडल, याकिमान्जु मिठाई र स्थानीय तरकारी र फलफूलको विशेष प्रयोग गरिन्छ।[]

अर्थतन्त्रका

[सम्पादन गर्नुहोस्]

गुन्माको अर्थतन्त्रका उद्योग, कृषि र सेवा क्षेत्रमा आधारित छ। औद्योगिक क्षेत्रहरूमा गाडीका पार्ट्स, मेसिनरी, बिजुली उपकरण र टेक्सटाइल उत्पादन प्रमुख छन्। कृषि क्षेत्रमा आलु, तरकारी, फलफूल र डेरी उद्योग पर्छन्। पर्यटन र सेवा क्षेत्रले स्थानीय रोजगार र आर्थिक वृद्धि सुनिश्चित गरेको छ।[]

गुन्मा पर्यटनको दृष्टिले पनि अत्यन्तै लोकप्रिय प्रान्त हो। कुसात्सु र इकाहो ओनसेनका तातोपानी, मिनाकामीको पर्वतीय खेलकुद क्षेत्र, माउन्ट आसामा र ओजे नेसनल पार्कले पर्यटकलाई आकर्षित गर्छन्। तोमिओका सिल्क मिलले औद्योगिक इतिहास देखाउँछ भने प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरहरूले गुन्मालाई बहुआयामिक र रमणीय गन्तव्य बनाएको छ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८ 
  2. Nussbaum, "Provinces and prefectures" in p. 470, पृ. 470, गुगल बुक्स मा.
  3. "JAPAN'S TASTY SECRETS", 農林水産省の公式HP, The Ministry of Agriculture, Forestry and Fisheries, मूलबाट ८ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०२२  वेब्याक मेसिन अभिलेखिकरण ८ जुन २०२२ मिति
  4. "こんにゃくをめぐる事情", 農林水産省の公式HP, Ministry of Agriculture, Forestry and Fisheries, मूलबाट २७ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०२२  वेब्याक मेसिन अभिलेखिकरण २७ डिसेम्बर २०२१ मिति