गुल्मी जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गुल्मी जिल्ला
Gulmi district location.png
अञ्चल: लुम्बिनी अञ्चल
सदरमुकाम: तम्घास,
क्षेत्रफल: १,१४९ वर्ग कि.मि.
जनसंख्या: २९६६५४ [जनगणना २०५८]
गाविस संख्या: ७९
गाउँपालिका(हरू):
नगरपालिका(हरू): 1
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, मगर, कामी, दमाइ, सुनार, नेवार, कुमाल, गन्धर्व आदि
प्रमुख भाषाहरू: नेपाली, मगर, नेवारी आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०७९
प्रमुख जिल्ला अधिकारी: उदय बहादुर राना
वेबसाइट:
 हे  वा  सं 
  • कफिको लागि प्रशिद्ध जिल्ला
  • विश्वमै दुर्लभ अगरवुडको खेती हुने जिल्ला

जिल्लाको भौगोलिक अवस्था[सम्पादन गर्ने]

  • अक्षांश:- २७.५५" देखि २८.२७" सम्म उत्तरी अक्षांश
  • दशान्तर:- ८३.१०" देखि ८३.३५" सम्म पूर्वि देशान्तर
  • उचाई:- ४६५ मि. रिडि देखि २६९० मि. थाप्लेको लेक
  • पूर्व पश्चिम सरदर लम्बाई:- ४० कि. मि.
  • उत्तर दक्षिण सरदर चौडाई:- ३० कि. मि.
  • क्षत्तफल:- ११४९ वर्ग कि. मि. ११४९०० हेक्टर
  • सिमाना:- पूर्व स्याङ्जा, पर्वत, पश्चिम प्यूठान, उत्तर वाग्लुङ, दक्षिण पाल्पा, अर्घाखाँची


जिल्लाको नामाकरण[सम्पादन गर्ने]

संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ।

परिचय[सम्पादन गर्ने]

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो। यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ। राजनैतिक रूपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका, १ नगरपालिका र ७५ गा.वि.स.मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसंख्या २९६६५४ रहेको छ। छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ। विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाका सबै गाबिसहरूमा कच्ची मोटरबाटोबाट यातायात सञ्चालन भै रहेको छ। यस जिल्लाको सदरमुकाम तमघासबाट करिव ६ कि.मि. नजीक रहेको रेसुङ्गा नगरपालिका १२ सिमिचौरमा हवाई मैदान निर्माण कार्य क्रमागत योजनाको रूपमा अगाडी बढीरहेको छ।
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका,श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफा(ग्वादी-५) आदि यसै जिल्लामा रहेका छन्।
यि स्थानहरू धार्मिक महत्वले मात्र नभै जैविक विविधता, पर्यटकिय स्थल, जलश्रोतको मुहान, तिर्थस्थलको रूपमा परिचित छन् भने सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो। यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातीको गिद्ध पाइएको छ। यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तरगत साहसिक पर्यटनको विकास गर्न सकिन्छ। बिभिन्न जात जातिहरूको समिश्रण रहेको यस जिल्लामा जनजातिहरूको आफ्नै कला, संस्कृति, भेष भुषा रहेका छन। लोपोन्मुख अवस्थामा रहेका यी सांस्कृतिक धरोहरहरूलाई आगामी पुस्ताका लागि जोगाई राख्न हामी सबैको कर्तव्य बनिसकेको छ।
यसै गरि ग्रामीण पर्यटनको अवधारणालाई लागू गरि यस क्षेत्रमा रहेको गरीबि न्यूनिकरण गर्न यो जिल्लाले आफ्ना प्रयासहरू अगाडि बढाउन लागिरहेको छ। गुल्मी जिल्ला पहाडी जिल्ला भएकाले यहाँ व्यवसायिक खेतीको सम्भावना रहेको छ। नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय इतिहास बोकेको गुल्मी जिल्ला विदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला पनि हो र जापान तथा कोरियामा हालसम्म पनि निर्यात हुदै आईरहेको छ। जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीको लागि उपयुक्त जलवायु र स्थानहरू रहेका छन्। हालै बलेटक्सार गाबिसको वार्ड नम्बर १ स्थित सिन्दुरेको भण्डारी डाँडामा नेपालमै पहिलो कफी अनुसन्धान केन्द्रको स्थापना हुँदै छ | निकट भविष्यमा रिडीमा गुल्मी, पाल्पा र स्यांजा जोड्ने तिनमुखे पुल निर्माण हुँदै छ | गुल्मीको शान्तिपुर क्षेत्रमा यातायातको सहज र सुलभ सुबिधाको लागि रुपन्देहीको साल्झंडी - खरज्यांग -तम्घास छोटो दुरीको सडक विस्तार हुने क्रममा छ |
साथै जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरी पालन व्यवसायको विस्तार गर्न सम्भव रहेको छ। नेपालको दोस्रो ठूलो व्यापारिक केन्द्र वुटवलबाट ११५ कि.मि. मात्र टाढा रहेको गुल्मी जिल्लामा उत्पादित वस्तुहरू निर्यात गर्न कुनै समस्या छैन। हाल यस जिल्लाबाट बाहिर विक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफि, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै विउ आदि छन र पशुपालन अन्तर्गत उत्पादीत दुध पोखरा निकासी हुदै आईरहेको छ।

धार्मिक/दर्शनीय स्थल[सम्पादन गर्ने]

प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर,परमानन्दनगर(चोरकाटे)को परमानन्द शान्ति आश्रम, जोहाङ ढावको सर्बेश्वर शिव मन्दिर, रुपाकोटको शिद्धस्थान, दिब्रुङ्गको आश्रम, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन। माघे सँक्रान्तिमा रिडिमा नेपालकै सबैभन्दा ठुलो मध्येको मेला लाग्ने गर्दछ भने रुद्रबेनी लगायतका ठाउँहरुमा गण्डकी नुहाउनेको भिड लाग्ने गर्दछ। त्यसैगरी यहाँका मन्दिरहरुमा शिवरात्री, बैशाख सक्रान्ती, जनैपुर्णिमा, श्रीकृष्णजन्माष्टमी, रामनवमी, बिजयादशमी, लगायत पर्वहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ। यहाँ धेरैजसो मन्दिरमा प्रत्येक बर्ष साउन महिनामा लघुरुद्राभिषेक कार्यक्रम संचालन गर्ने गर्दछन्।

नदीनाला[सम्पादन गर्ने]

गुल्मी जिल्लाबाट सन्चालित सञ्चार माध्यमहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

नेपालको क्षेत्रिय बर्गिकरण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]