गैँडाकोट नगरपालिका
गैंडाकोट नगरपालिका | |
---|---|
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपुर जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• मेयर | मदनभक्त अधिकारी |
• उप मेयर | शन्ति कोइराला |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | ५५,२०५[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
वेबसाइट | www.gaindakotmun.gov.np |
गैंडाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा अवस्थित एक नगरपालिका हो ।[२] गैडाकोट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[३] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा गैंडाकोट, मुकुन्दपुर र अमरापुरी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[४] गैंडाकोट नगरपालिकामा १३,०२४ घरधुरि छन ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गैंडाकोट पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।
परिचय[सम्पादन गर्नुहोस्]
नारायणी नदीको पुल तरेपछि सुरू हुने पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल र नवलपरासी जिल्लाको सबैभन्दा पहिले आउने ठाँउलाई गैंडाकोट भनिन्छ । शिलान्यास भन्ने ठाउँ, जुन तत्कालीन राजा श्रि ५ राजा महेन्द्रले पूर्व पश्चिम राजमार्गको बाटो निर्माण गर्दा सबै भन्दा बिचको खण्ड भनेर शिलान्यास गरी काम सुरू गराएका थिए । यसका अलावा यहाँको मौलाकालिका देवीको मन्दिर, दिब्यधाम, देवघाटधामको पारीपट्टी पर्ने दोभान, विभिन्न वेदाश्रमहरू पर्यटकिय एवं धार्मिक हिसावले प्रख्यात स्थानहरू हुन । यसका साथै चीनले बनाइदिएको नेपालको सवै भन्दा ठूलो कागज कारखाना भृकुटी पल्प एण्ड पेपर लिमिटेड, लुम्बिनी ग्याँस, कोसी ग्याँस, कुखुराको मासु कारखाना, डिष्टिलरी आदी कारखानाहरू प्रमुख छन । भित्री मधेस पर्ने हावापानी राम्रो भएको यहाँ पानी केही बढी पर्छ भने नारायणी नदीको कारण जाडोमा हुस्सु पनि बढी लाग्छ । बढ्दो शहरीकरणले गर्दा कुनै बेला गैंडा बढी आउने ठाँउ "गैंडाको कोट" (कोट = घर) गैंडाकोटमा अहिले विरलै गैंडाहरू आउने गर्दछन् । गौंडाकोट वा गैंडाकोट र गैंडाकोत तिनैवटा नामहरू उस्तैभएपनि पहिलो गुल्मी जिल्लामा पर्दछ र दोस्रो नवलपरासी जिल्लामा पर्दछ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
गैंडाकोट, मुकुन्दपुर र अमरापुरी गाविसहरूलाई मिलाएर गैंडाकोट नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर गैंडाकोट नगरपालिकाको जनसङ्ख्या ५५,२०५ रहेको छ ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच बैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- गुल्मीको गैडाकोत