गोदावरी नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोदावरी नगरपालिका
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरगजेन्द्र महर्जन
 • उप मेयरमुना अधिकारी
क्षेत्रफल
 • जम्मा३५.१ किमी (१३.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,७९३
 • घनत्व८२०/किमी (२,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-१
वेबसाइटwww.godawarimun.gov.np

गोदावरी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा गोदावरी, गोदामचौर, विशंखुनारायण, ठैबबडिखेल यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोदावरी नगरपालिका घोषणा गरिएको हो।[३][४] गोदावरी नगरपालिकाको केन्द्रभने छ्यासीकोट रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

गोदावरी नगरपालिका साविकका गोदावरी, गोदामचौर, विशंखुनारायण, ठैबबडिखेल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा गोदावरी नगरपालिकाको कूल जनसङ्ख्या २८,७९३ हुन्छ।[१]

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१  লেখা "गोदावरी वनस्पति उद्यान" উপেক্ষা করা হয়েছে (सहायता)
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]