गोदावरी नगरपालिका(कैलाली)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोदावरी नगरपालिका
—  नगरपालिका  —
गोदावरी नगरपालिका नेपाल-এ অবস্থিত
गोदावरी नगरपालिका
गोदावरी नगरपालिका
नेपालमा गोदावरी नगरपालिका
निर्देशाङ्क: २८°४६′उत्तर ८०°२०′पूर्व / २८.७६° उत्तर ८०.३३° पूर्व / 28.76; 80.33निर्देशाङ्क: २८°४६′उत्तर ८०°२०′पूर्व / २८.७६° उत्तर ८०.३३° पूर्व / 28.76; 80.33
देश  नेपाल
अञ्चल सेती अञ्चल
जिल्ला कैलाली
जनसङ्ख्या (बि.स.२०६८)
 - जम्मा ७,९००
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
वेबसाइट www.attariyamun.gov.np

गोदावरी नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपालिका हो । अत्तरिया सुदुर पश्चिमको मुख्य नाकाको रुपमा रहिआएको छ । महेन्द्र राजमार्ग सँगै जोडिएको अत्तरिया सुदुर पश्चिमको प्रबेशद्वार बन्न पुगेको छ । यसै बर्ष नेपाल सरकारले घोषणा गरेका ७२ ओटा नयाँ नगरपालिका मध्ये अत्तरिया पनि एक हो। मालाखेती, श्रीपूर, बेलादेवीपुरगेटा गा.बि.स. लाई मिलाएर २०७१ जेठ ४ मा अत्तरिया नगरपालिका बन्न पुग्यो । यस नगरपालिकामा हाल १३ वटा वडाहरु रहेका छन् । [१] हाल यस नगरपालिकाको नाम गोदावरी नगरपालिका राखिएको छ ।


शिक्षा[सम्पादन गर्ने]

प्रमुख स्कुलहरू[सम्पादन गर्ने]

  • श्री दुर्गा लक्ष्मी उच्च मा. वि. अत्तरिया
  • श्री ग्वाशी उच्च मा.वि. मालाखेती
  • श्री समैजी माध्यमिक विद्यालय (मजगाउँ)
  • होलिल्याण्ड हाईअर सेकेन्डरी स्कुल
  • जे के सेकेन्डरी स्कुल
  • ठेकराज माध्यमिक विद्यालय (घोडसुवा)
  • ग्लोवल एकेडेमी (घोडसुवा)
  • दुर्गा जोति बोर्डिङ स्कुल (स्याउले बजार)
  • घण्टेश्वरी माध्यमिक विद्यालय (अत्तरिया)
  • लोतस एकेडेमी
  • गुरास माध्यमिक विद्यालय
  • ईमानुयल एकेडेमी
  • गुह्यश्वरी माध्यमिक विद्यालय
  • सारदा माध्यमिक विद्यालय (श्रीपुर)
  • सिद्धबाबा माध्यमिक विद्यालय (गेटा)

प्रमुख क्याम्पसहरू[सम्पादन गर्ने]

  • दुर्गालक्ष्मी बहुमुखी क्याम्पस
  • एभरेस्ट कलेज अत्तरिया
  • सरस्वती ईन्टरनेशनल हाई स्कुल

स्वास्थ्य[सम्पादन गर्ने]

अस्पतालहरू[सम्पादन गर्ने]

  • सेवानर्सिङ होम
  • पदमा अस्पताल
  • गेटा अाँखा अस्पताल

यातायात[सम्पादन गर्ने]

अत्तरिया सुदूरपश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ | महेन्द्र राजमार्ग र महाकाली राजमार्ग दुबै अत्तरिया भएर गएका छन | यो काठमाडौबाट करिब ६०० कि.मी. टाढा, धनगढीबाट १५ कि.मी., महेन्द्रनगरबाट ४० कि.मी. र डडेल्धुराबाट १२० कि.मी. टाढा रहेको छ | बस, मुख्य यातायात साधनको रूपमा रहेको छ | म्याजिक गाडी, ट्याम्पो, ट्याक्सी, विद्युतिय अटो अादि स्थानीय यातायातकाे रूपमा सेवा दिदै अाइरहेका छन | नेपालको दोस्रो ठूलो एयरपोर्ट; धनगढी एयरपोर्ट अत्तरिया वाडा नं ११ मा अवस्थित छ | यति एयर, बुद्ध एयर र नेपाल एयरलाइन्सले काठमाडौबाट नियमित हवाई सेवा उपलब्ध गराइरहेका छन |

मिडिया (रेडियो)[सम्पादन गर्ने]

  • गोदावरी एफ एम : ८७.९ मेघाहर्ज
  • खप्तड एफ एम : ९८.२ मेघाहर्ज

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]



धनगढी उपमहानगरपालिका

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "सरकारद्वारा ७२ नयाँ नगरपालिका घोषणा". द काठमान्डौ पोस्ट. Retrieved 2014-06-10.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]