गोदावरी भगवती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोदावरी नदीको जल लिदै
गोदावरी नदीमा भक्तजनहरु

गोदावरी भगवतीको मन्दिर कैलाली जिल्लाको गोदावरी गा.बि.स. मा अवस्थित छ । यो मन्दिरला नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । गोदावरी नदीको छेवैमा रहेको यो मन्दिर बाहेक यहाँ अन्य देबि देवाताकापनि मन्दिरहरु रहेका छन ।

महत्व[सम्पादन गर्ने]

यस ठाउमा खासगरी शिवरात्री, माघेसंक्रान्तिनवरात्रीमा पूजा आजा र मेला लाग्ने गर्दछ । यहाँ बिबाह, ब्रतबन्ध तथा अन्य धार्मिक कार्यहरु गर्ने गरिन्छ ।

गोदावरी भगवती उत्पत्ति[सम्पादन गर्ने]

गोदावरी खोलामा माछा मर्दा एकजना थारुले जाल हान्यो, त्यो जाल ढुंगाको नारीमुर्तीमा गएर आल्झियो । त्यो थारुले त्यो ढुंगामा केहि शक्ति भएको मानि खोलाको पश्मिम पट्टि स्थापना गरिदियो । ढुंगाको सानो मन्दिर बनाएको भएपनि हात्तीले त्यो मन्दिरलाई भत्काएर भासी दियो । पछी त्यो ठाउमा बेलको रुख उम्री न पुग्यो र त्यसमा चौतारो बनाएर बनदेवीका नाउले पूजा हुदै आयो । बि.स. २०१८ सालमा संसारको प्रलय हुने हल्लाले केहि मानिस तेही ठाउमा आएर शिवको महिमा गाई मन्दिर स्थापना गरि बसे र पछी बि.स. २०२३ सालमा धनगढी डडेल्धुरा राजमार्ग बनाउने ठेकेदारले त्यो मन्दिरको मर्मत गरिदिएको थियो । पछी त्यो ठाउमा शिवको महिमाका साथै गोदावरी भगवतीको महिमापनि बढ्दै गएको बताइन्छ । बनदेबिले सपनामा आइ आफुलाई दर्शन दिएको हुनेले गोदावरीमा आइ योगी भएको बताउने त्रिलोकनाथ गिरीले त्यो ठाउँको विकासमा ठुलो योगदान पुर्याउदै आउनु भएको छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. चिनारी वर्ष-१ अंक-२

बाहिरी कडिहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली