सामग्रीमा जानुहोस्

गोपालराजवंशावली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोपालवांशादी प्राचीन राजवंशावली
निर्माण मिति१३१५; ७११ वर्ष अघि (१३१५)
पाइने ठाउँराष्ट्रिय अभिलेखालय
लेखक(हरू)
  • मल्ल काल
उद्देश्यवंशावली

जयस्थिति मल्लको शासनकालमा सङ्ग्रह गरिएको नेपाली राजाहरूको वंशावलीलाई “गोपाल वंशावली” भनिन्छ । यो नेपालमा पाइएको वंशावलीहरू मध्येमा सबैभन्दा पुरानो वंशावली हो। यो वंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना नेपजातीको गोपाल वंश भइएको छ । गोपाल वंशावली १४ औँ शताब्दीमा नेवारी भाषासंस्कृत भाषा मा तयार पारिएको मानिन्छ।

नेपालको इतिहासमा अन्धयुग ठानिएको मध्यकालीन इतिहास/वृत्त बारे- गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरू छैन भन्ने कुरा निर्विवाद भइसकेको छ ।[][]

यस वंशावलीलाई पहिले बेन्डल वंशावली भनिन्थ्यो, किनकि प्रो. सेसिल बेन्डलले "काठमाडौंको दरबार पुस्तकालयमा १८९८-९९ को जाडो याममा वा वीर पुस्तकालयमा पाण्डुलिपि फेला पारेका थिए। [] यसलाई पछि, बाबुराम आचार्ययोगी नरहरिनाथ जस्ता विद्वानहरूले गोपालराजवंशावली भनेर चिनाए, किनकि पुस्तकालयको हस्तलिखित सूची सूचीमा पाण्डुलिपि गोपालवांशादी प्राचीन राजवंशावली भनिएको थियो।[] यद्यपि, पन्तले यसलाई वंशावली भनिएकोमा प्रश्न उठाएका छन, किनकि इतिहासकारले यसलाई कहिल्यै यसरी उल्लेख गर्दैनन्।[]

गोपाल राज वंशावलीको मूल प्रतिलिपि अहिले राष्ट्रिय अभिलेखालय, काठमाडौंमा "असन्तोषजनक" अवस्थामा भण्डारण गरिएको छ,[] जबकि प्राध्यापक सेसिल बेन्डलले १९ औं शताब्दीको सुरुमा यसलाई फेला पारेका थिए, "उत्कृष्ट" अवस्थामा थियो। []

  1. इतिहासविद् वैकुण्ठप्रसाद लाकौलले नेपाल समाचारपत्र २०५८/७/३०
  2. नेपाल संवत्‌को इतिहास
  3. 1 2 Bendall (1903). Cited from Pant, Mahes Raj. (1993). On Reading The Gopālarājavaṃśāvalī. Ādarśa. [Supplement to Pūrṇimā, the journal of Saṃśodhana Maṇḍala], No. 1. Kathmandu: Pundit Publications. pp. 17–76.
  4. ज्ञानमणी नेपाल (1988). "इतिहास लेख्ने परम्परा र नेपालवृत . Ancient Nepal. No. 107. Kathmandu: पुरातत्व विभाग, श्री ५ को सरकार. पृ. १-१०
  5. Pant (2013, personal conversation). Cited by Rajopadhyaya, Abhas Dharananda. (2014). An Analytical Study of the Message-Contents of The Gopālarājavaṃśāvalī from the Perspective of Disseminating Heritage Information in Vaṃśāvalīs of Nepal. Biratnagar: पुर्वाञ्चल विश्वविद्यालय. [Thesis, unpublished].
  6. Pant, Mahes Raj. (1993). On Reading The Gopālarājavaṃśāvalī. Ādarśa. [Supplement to Pūrṇimā, the journal of Saṃśodhana Maṇḍala], No. 1. Kathmandu: Pundit Publications. pp. 17–76.