सामग्रीमा जानुहोस्

गोर्खा भाषा प्रकाशिनी समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोर्खा भाषा प्रकाशिनी समिति
स्थितिसक्रिय
स्थापनावि.सं. १९७१ (सन् १९१३)
संस्थापकचन्द्र शमशेर
Successorसाझा प्रकाशन
मूल राष्ट्रनेपाल
मुख्यालय स्थानकाठमाडौँ
प्रकाशन प्रकारगरिमा
कर्मचारीको संख्या२००
आधिकारिक वेबसाइटhttp://www.sajha.org.np/

गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना श्री ३ महाराज चन्द्र शमशेरद्वारा वि.सं. १९७१ मा गोर्खा भाषा प्रकाशिनी समितिको नाममा भएको हो । उक्त गोर्खा भाषा प्रकाशन संस्थाको नाम वि.सं. १९९१ मा नेपाली भाषा प्रकाशिनी समिति भएको थियो। वि.सं. २०२१ साल मंसिर १७ गतेदेखि उक्त संस्था साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको छ।

नेपाली ( गोर्खा खस भाषा ) भाषामा पाठ्यसामग्री निर्माण गर्न र शासकहरूका लागि अवाञ्छित प्रकाशनको नियन्त्रण गर्न गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना भएको थियो र पछि त्यो नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तर भएको हो जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत त्यस समयका विशिष्ट साहित्यकार साहित्य सिर्जना र अनुवाद कार्य अनि शब्दकोश निर्माणको अभ्यास गर्थे ।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]