गोर्खी गाउँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोर्खी
गोर्खी गाउँ
गोर्खी गाउँ
देश नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
जनसङ्ख्या
 (२०१०)
 • जम्मा६३०
समय क्षेत्रयुटिसी+5:45 (समय क्षेत्र)

गोर्खी पिपलकोट गा.वि.स.को वार्ड नं.८मा पर्ने एक गाउँ हो । यसको सिमाना पूर्वमा लयपातल, पश्चिममा सिंहासैन, दक्षिणमा बयाल ढुंगा, उत्तरमा चिउरीसँग जोडिएको छ। गोर्खी गाउँको अक्षांश र देशान्तर २९°०४′१५.८″ उत्तर देखी ८१°३१′१८.३″ पूर्व रहेको छ । प्राचिन कालमा भोटेहरूले भेडा र घोडा पाल्ने गरेको यसठाउँमा भोटेहरूको बाक्लो बस्ती रहेको थियो । पश्चिम नेपालमा बाक्लो बस्ती भएको ठाउँलाई गर्खा भनिन्छ । यसैगरी यो ठाउँमा भोटेहरूको बाक्लो बस्ती रहेकोले त्यसताक यसलाई गर्खा भनिन्थ्यो पछि आएर गर्खा नाम अपभंस भएर गोर्खी भएको हो भन्ने भनाई रहेको छ ।[१]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

गोर्खी गाउँमा जैसी, भण्डारा, थापा, बिष्ट, कामी, आदी जातिहरूको मुख्य रूपले बसोवास रहेको छ । यहाँको जनसङ्ख्या जम्मा ६३० रहेको छ । यहाँ १०६ वटा घर धुरीहरू रहेका छन् । [२]

संस्कृती[सम्पादन गर्नुहोस्]

गोर्खी स्थित नैनेलस्थान

यस गाउँमा बाहुन, क्षेत्री र दलित जातिको बसोवास छ। यहाँको मुख्य भाषा खष भाषा हो। यहाँको मुख्य धर्म हिन्दू धर्म हो । यस गाउँमा एक नैलेल देवताको मन्दिर छ । हरेक साल जेठ महिनाको पूर्णिमाश्रावण महिनाको पूर्णिमाका दिन यो देवताको पूजा हुन्छ । यो देवतालाई यस गाउँको माटे देवताको रूपमा मानिन्छ।

विद्यालय[सम्पादन गर्नुहोस्]

यो गाउँमा एक विद्यालय छ। २०४१ सालमा विद्यालय स्विकृती गराउन तत्कालीन वार्ड अध्यक्ष धन प्रसाद जैसी र उ.प्र.पं. धनिराम जैसीको ठूलो योगदान रहेको छ। विद्यालय भवन निर्माणको लागि बालाराम जैसी, हिउलाल जैसी, उदैरुप जैसी, रंगवीर जैसी, काशीराम जैसी र लिलाराम जैसीले आफ्नै लाल पुर्जा भित्रको ९ रोपनी जग्गा अनुदान सहयोगमा दिएका थिए । [३] हाल आएर यो विद्यालय नि.मा.वि. बनाउने कोसिस गरिँदै छ । विद्यालयको नाम श्री पशुपति प्रा.वि.हो । विद्यालय भवन निर्माणमा गोर्खी र लयपातलको संयूक्त श्रमदान सहयोग रहेको थियो । वि.सं. २०६३ सालदेखी निजि स्रोतबाट गोर्खी गाउँको काफलगैरा टोलमा गोकुल प्रा.वि. नामको एक प्राथमिक विद्यालय सञ्चालमा ल्याइएको थियो ।

टोलहरू[सम्पादन गर्नुहोस्]

गोर्खि गाउँको आग्रेगैरा टोल

गोर्खि गाउँमा निम्न अनुसार टोलहरू रहेका छन् ।

  • खाटफला
  • आग्रेगैरा
  • पातल
  • उख्याते
  • झ्याप
  • काफलगैरा
  • भँगाडी
  • लोहार ईँजर
  • सुगरखाल डाँडा

स्रोत[सम्पादन गर्नुहोस्]

  1. प्रचलित किंवदन्तीहरू
  2. Village profile 2010
  3. विद्यालयबाट प्राप्त विवरण

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल