सामग्रीमा जानुहोस्

गोलघर, बिहार

निर्देशाङ्क: २५°३७′१३″ उत्तर ८५°०८′२२″ पूर्व / २५.६२०३३७४° उत्तर ८५.१३९४४८३° पूर्व
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोलघर
गोलघर
Lua error in मोड्युल:Mapframe at line 382: Unable to get latitude from input ' '"`UNIQ--indicator-00000001-QINU`"' '..
पुरानो नामपटनाको भकारी
सामान्य विवरण
वास्तुकलाको ढाँचास्तुप
स्थानपटना, बिहार, भारत
निर्देशाङ्क
हाल भाडामा लिनेहरूबिहार सरकार
सम्पन्न२० जुलाई १७८६
ग्राहकबिहार सरकार
स्वामित्वबिहार सरकार
घर धनीबिहार सरकार
उचाइ29 m
आयामहरू
मोटाइ32m-35m.Not sure.
योजना तथा निर्माण
वास्तुकारकप्तान जोन गार्स्टिन

गोलघर अर्थात् गोलो घर, भारतको बिहार राज्यको राजधानी पटनाको गान्धी मैदानको पश्चिममा रहेको अन्न भण्डार गर्ने ठूलो भकारी को। सन् १७७० मा आएको भयङ्कर सुख्खाका बेलामा लगभग १ करोड मानिस भोकमरीले ग्रसित भएका थिए। त्यही बेलामा गभर्नर जनरल वारेन हेस्टिङले गोलघर निर्माणको योजना बनाएका थिए। सोही योजना अनुरूप ब्रिटिश इन्जीनियर जोन गार्स्टिनले अनाजको भण्डारणको लागि यस गोलघरको निर्माणको शुरुवात २० जनवरी १७८४ मा गराएका थिए। यसको निर्माण कार्य ब्रिटिश राजमा २० जुलाई, १७८६ मा सम्पन्न भएको थियो। यसमा एक साथ १४०००० टन अनाज राख्न सकिन्छ।

स्तुपको शैलीमा निर्माण गरिएको यस भवनको उचाई २९ मिटर रहेको छ। स्तम्भरहित यस गोलघरको आधारको भित्ताको मोटाइ ३.६ मिटर छ। यसको वरिपरि घुमाउरो शैलीमा बनाइएका १४५ वटा खुड्किला चढेर जो कोहीले पनि यसको टुप्पोमा उक्लिन सक्दछन्। जहाँबाट शहर तथा गङ्गाको मनोरम दृश्यलाई नियाल्न सकिन्छ।

लोकप्रिय संस्कृतिमा

[सम्पादन]

गोलघरलाई सन् २०१९ को हिन्दी चलचित्र इण्डियाज मोस्ट वान्टेडमा देखाइएको छ।[]

चित्रदीर्घा

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]