गोलसिमल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिमलचरी अथवा गोलसिमल नेपाली लोकविश्वासमा बाँचेको अनौठो काल्पनिक चरो हो। यसप्रतिको नेपाली लोकविश्वास आफ्नै परम्परागत आधार तथा पत्यारमा जुगौँदेखि अडेको पाइन्छ। सिमलचरीलाई उसका स्वरको आधारमा 'गोलसिमल' भनिएको बुझिन्छ। जेहोस्, यसलाई नेपाली परम्परामा धान -अन्न) बालीको कुनियुँमा बास गर्ने धान्यलक्ष्मी अर्थात् धानको देवी भनी मानिन्छ |

भनिन्छ ऊ दिनमा होइन रात-विरात विरहको घडीमा हिउँदको महिना पारी विजन वनबाट कारुणिक लयमा - 'गोलसिमल-गोलसिमल' अलाप्त छ। यही स्वरको आधारमा यहाँ कतिले यसलाई 'गोलसिमल' चरो भनेको पनि पाइन्छ। जे होस्, यसको गाउँघर प्रसिद्ध नाम हो- 'सिमल चरी'। यस चराको घटनालाई आधार बनाई हाम्रा कतिपय कविहरूले आफ्नो सिर्जनामा यस चरालाई समेटेको पाइन्छ। राष्ट्रकवि माधव घिमिरेले आफ्नो काव्य 'राजेश्वरी' -२०१७ : हाल-२०)मा यसको सङ्केत गरेका छन् र अर्को कविताको शीर्षक नै 'गोलसिमल' -२०४९) दिई चर्चा गरेका छन्। त्यस्तै जनकवि केशरी धर्मराज थापाको एउटा खण्डकाव्यको नाम नै 'गोलसिमल' रहेको पाइन्छ। यसरी गोलसिमल चराले कविहृदय तानेको यथार्थ स्पष्ट छ।