सामग्रीमा जानुहोस्

गोलोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राधाकृष्ण, गोलोकका रानी र राजा

गोलोक हिन्दु देवता कृष्ण र उनकी मुख्य अर्धाङ्गिनी राधाको दिव्य वासस्थान हो।[][] भागवत पुराण[]गर्ग संहितामा कृष्णलाई गोलोकमा राधासँगै बस्ने सर्वोच्च पुरुषको रूपमा चित्रण गरिएको छ।[] गोलोकलाई प्रायः बग्ने खोलाहरू र सुन्दर बगैँचाहरू भएको स्वर्गीय लोकको रूपमा प्रस्तुत गरिन्छ जहाँ गाईहरू र मनमोहक कन्याहरू – गोपीहरूको बसोबास रहन्छ।[]

गौडीय वैष्णव धर्म, स्वामीनारायण सम्प्रदाय, प्रणामी सम्प्रदाय, पुष्टिमार्गनिम्बार्क सम्प्रदाय लगायत विभिन्न वैष्णव परम्पराहरूमा गोलोकलाई श्रद्धा गरिन्छ। भागवत पुराणका अतिरिक्त, गोलोकको उल्लेख पञ्चरात्र ग्रन्थहरू,[] गर्ग संहिता,[] ब्रह्म संहिता, ब्रह्मवैवर्त पुराण[]देवीभागवत पुराण जस्ता संस्कृत शास्त्रहरूमा पनि गरिएको छ।[]

गोलोक को शाब्दिक अर्थ "गाईहरूको लोक" वा "गौलोक" भन्ने हुन्छ।[१०] संस्कृत शब्द गो ले "गाई" लाई बुझाउँछ भने लोक को अर्थ "क्षेत्र" वा "वासस्थान" भन्ने हुन्छ। कृष्ण गोलोकका निवासी भएकाले उनलाई गोलोकविहारी (विहारी को अर्थ "बासिन्दा" वा "विहार गर्ने") भनेर पनि चिनिन्छ र उनकी अर्धाङ्गिनी राधालाई राधिका भनिन्छ।[११]

राधा र कृष्णको चित्र

गोलोकको वर्णन ब्रह्म संहिताको ५.२९ श्लोकमा पाउन सकिन्छ:

म आदिपुरुष भगवान् गोविन्दको आराधना गर्दछु जसले गाई चराउनुहुन्छ, जसले सबै इच्छाहरू पूर्ण गर्नुहुन्छ, आध्यात्मिक रत्नहरूले बनेका र लाखौँ कल्पवृक्षहरूले घेरिएका वासस्थानहरूमा बस्नुहुन्छ। उहाँलाई सधैँ सौभाग्यका देवीहरू (लक्ष्मीहरू) समान सयौँ र हजारौँ भक्तहरूले ठूलो श्रद्धा र स्नेहका साथ सेवा गर्छन्।[१२]

ब्रह्म संहिता, श्लोक ५.२९

गौडीय वैष्णव धर्मको भक्ति परम्परामा धेरै महत्त्वपूर्ण कृतिहरूका लेखक सनातन गोस्वामीको भनाइ यस प्रकार छ "श्री गोलोकलाई आध्यात्मिक प्रयासको अन्तिम गन्तव्य मानिन्छ।"[१३]

ब्रह्मवैवर्त पुराणले गोलोक वृन्दावनलाई वैकुण्ठ लोकभन्दा करिब ५० करोड योजन (४ अर्ब माइल) माथि रहेको र ३ करोड योजन (२४ करोड माइल) सम्म फैलिएको स्पष्ट रूपमा वर्णन गरेको छ। यो चित्रण ब्रह्म संहिताको श्लोक ५.४३ मा पाइने श्लोकसँग मिल्दोजुल्दो छ।[] गौडीय वैष्णव सम्प्रदायका आचार्यहरूले यसलाई असीमित भएको व्याख्या गर्दछन्। वैकुण्ठ र गोलोक दुवैलाई 'नित्य धाम' (अस्तित्वको शाश्वत क्षेत्र) मानिन्छ जुन सम्पूर्ण ब्रह्माण्डको प्रलय पछि पनि नष्ट हुँदैनन्। कृष्ण आफ्ना दुई हात भएका रूपमा सदैव गोलोकमा निवास गर्छन् भने चार हात भएका रूपमा विष्णु भएर उनी वैकुण्ठ लोकमा निवास गर्छन्।[]

गोलोकको संरचना

[सम्पादन गर्नुहोस्]

जीव गोस्वामीका अनुसार, गोलोकलाई वृन्दावन पनि भनिन्छ जुन सर्वोच्च आध्यात्मिक स्तर हो। कृष्णका लीलाहरू र उनका सहयोगीहरूको भिन्नता अनुसार यसलाई थप तीनवटा धामहरूमा प्रकट गर्न सकिन्छ, जसलाई मथुरा, द्वारकागोकुल भनिन्छ।[१४] रूप गोस्वामीको लघुभागवातामृत मा आधारित भएर, जीव गोस्वामी दाबी गरेअनुसार गोलोक पृथ्वीको वृन्दावनको अलौकिक प्रतिरूप हो जहाँ कृष्णले आफ्ना लीलाहरू गरेका थियो।[१५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Asiatic Researches or Transactions of the Society Instituted in Bengal for inquiring into the History and Antiquities, Arts, Sciences and Literature of Asia 16, Bengal Military Orphans Press, १८२८, पृ: १२६।
  2. PRADHAN, SHRIKANT (२००८), "A Unique Image of "Ardharadhavenudharamurti: Or "Ardhanari Krishna"", Bulletin of the Deccan College Research Institute, 68/69: 207–213, आइएसएसएन 0045-9801, जेएसटिओआर 42931207
  3. G. M. Schweig (२००५), Dance of divine love: The Rasa Lila of Krishna from the Bhagavata Purana, India's classic sacred love story, Princeton, NJ; Oxford: Princeton University Press, पृ: १०, आइएसबिएन 0-691-11446-3
  4. Gita Press Gorakhpur, Garga Samhita by Gita Press Gorakhpur, पृ: 122।
  5. Garlington, W. (१९८४), "Candravali and the Caurasi Vaisnavan ki varta", South Asia: Journal of South Asian Studies (अङ्ग्रेजीमा) 7 (1): 77–86, आइएसएसएन 0085-6401, डिओआई:10.1080/00856408408723053
  6. 1 2 goloko nitya-vaikuntho yathakaso yatha disah
  7. 1.23, 2.14
  8. 1 2 Gita Press Gorakhpur, Brahma Vaivarta Puran by Gita Press Gorakhpur, पृ: 25–27।
  9. Radheshyam Khemka (२०१०), 2010 -Shrimad Devi Bhagavatmahapuran Vol 2 Of 2, पृ: 301, 344।
  10. Paramahamsa Sri Swami Vishwananda (२०१७), Shreemad Bhagavad Gita: The Song Of Love, PublishDrive, आइएसबिएन 9783940381705
  11. King, Anna S. (२०१२), "Krishna's Cows: ISKCON's Animal Theology and Practice", Journal of Animal Ethics 2 (2): 179–204, आइएसएसएन 2156-5414, जेएसटिओआर 10.5406/janimalethics.2.2.0179, डिओआई:10.5406/janimalethics.2.2.0179
  12. "Śrī brahma-saṁhitā 5.43", vedabase.io (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-३०
  13. श्रील सनातन गोस्वामी, श्री वृहद भागवातामृत, दिग्-दर्शिनी भाग २ को टीका (श्री-गोलोक-माहात्म्य) १.२४ (अनु. गोपीपरानधन दास, भक्तिवेदान्त बुक ट्रस्ट, पृ. ३९)आइएसबिएन ०-८९२१३-३४६-५
  14. Francis Bryant, Edwin (२००७), Krishna: A Sourcebook, United States of America: Oxford University Press, पृ: 382, आइएसबिएन 978-019-514891-6
  15. Holdrege, Barbara A. (२०१५), Bhakti and embodiment: fashioning divine bodies and devotional bodies in Kṛṣṇa bhakti, Routledge Hindu studies series, London; New York: Routledge, पृ: 33–34, आइएसबिएन 978-0-415-67070-8