गोविन्दशरण उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् १९७२मा नेपालको पर्वतको वराचौर वडा न. १मा पण्डित पिताम्बरशरण उपाध्याय र ईश्वरी देवीबाट एउटा निम्न वर्गीय ब्राह्मण परिवारमा भएको हो। यिनले आफ्नो प्रारम्भिक शिक्षा आफ्ना बुबाबाट प्राप्त गरेका थिए भने उच्च शिक्षा भारतको सम्पूर्णानन्द विश्वविद्यालय र आगरा-विश्वविद्यालयबाट प्राप्त गरेका छन् | यिनले दर्शनशास्त्र विषयमा विद्यावारिधि गरेका छन् र सम्भवतः नेपाल मै सबैभन्दा कान्छो उमेरमा (२४ वर्ष) विद्यावारिधि गर्ने व्यक्ति पनि यिनै हुन् | सम्प्रति, यी त्रिभूवन विश्वविद्यालयको त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शनशास्त्रको प्राध्यापन गरिरहेका छन् भने यिनको अग्रसरतामा केही सामाजिक संस्था समेत संचालित छन। यिनले आफ्नो विषय सहित बालआचरण सुधार सम्बन्धि १४ बटा विभिन्न पुस्तक समेत लेखेका छन् |