गौखुरी माता - मोराहाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तेह्रथुम जिल्लाकोे मुख्य पर्यटकिय आकर्षण स्थलहरुमध्ये गाैखुरी गुफा धाम प्रख्यात तिर्स्थस्थल मानिन्छ । याे तेह्रथुम जिल्लाकाे उत्तर पुर्वमा पर्ने मेन्छयायेम गाउँपालिका (साविक माेराहाङ्ग र पाैठाक गा.वि.स.) काे सिमाना भएर वग्ने खाेरङ्गवा खाेलाकाे किनारामा अवस्थित छ । खाेलाकाे किनारमा रहेकाे ढुङ्गाले वनेकाे गुफा भित्र ढुङ्गा वाटै वनेकाे गार्इकाे अाकृति रहेकाे छ । यस क्षेत्रकाे वरपर धान खेति गरिन्छ । प्राचिन समयमा यस तिर्थस्थल अासपास का कृषकहरू लार्इ एउटा गार्इले धान खाएर हैरान वनाएकाे र अाक्राेसित किसानले गार्इलाइ कुटेपछी गार्इ भाग्दै गएर उक्त गुफामा गएर अलप भएकाे थियाे त्यसपछी गार्इ कहाँ गयाे भनेर खाेज्दै जाँदा ढुङ्गावाट वनेकाे गार्इकाे अाकृति भेट्टीएकाे र सरसफाइ गरेर पुजाअाजा गर्न थालेपाछी गार्इले सताउन छाडेकाे भन्ने किंवदन्ती पाइन्छ । हाल यस तिर्थस्थलमा प्रत्येक वर्षकाे माघ १ गते मकर सक्रान्ती मेला लाग्ने गरेकाे छ । उक्त दिन यहाँ मकर नुहाउन अाउने तिर्थालु भक्तजनहरूकाे ठुलाे भिड लाग्ने गर्दछ ।