गौरी मा
गौरी मा | |
|---|---|
मा अन्दाजी १९०० | |
| जन्म | फेब्रुअरी १८५७ शिबपुर, हावडा, ब्रिटिश भारत |
| मृत्यु | १ मार्च १९३८ |
गौरी मा (फेब्रुअरी १८५७ शिवपुर, हावडा, ब्रिटिस भारत – १ मार्च १९३८), जन्म मृदानी,[१] रामकृष्ण की प्रमुख भारतीय शिष्या, शारदा देवीकी सहचरी तथा कलकत्ताको शारदेश्वरी आश्रमकी संस्थापक थिइन्।[२]
प्रारम्भिक जीवन
[सम्पादन]गौरी माको जन्म भारतको हावडा, शिवपुरमा भएको थियो। बाल्यकालमै उनमा हिन्दु आध्यात्मिकताप्रति गहिरो झुकाव थियो। तेह्र वर्षको उमेरसम्म पुग्दा, गौरी माले विवाहप्रति अरुचि विकास गरिसकेकी थिइन्। उनले आफ्नी आमालाई भनेकी थिइन्, "म केवल त्यही वरसँग विवाह गर्नेछु जो अमर छ," अर्थात् उनी कृष्ण बाहेक अरू कसैसँग विवाह गर्न चाहन्थिनन्।[३]
जब गौरी मा सानी थिइन्, उनले एक योगिनीबाट श्रीकृष्णको ढुङ्गाको मूर्ति प्राप्त गरेकी थिइन्। त्यस योगिनीले उनलाई भनेकी थिइन्, "ईश्वरको यो मूर्ति मेरो सबै थोक हो र यो दिव्य ऊर्जाले भरिपूर्ण छ। उहाँ तिमीसँग प्रेममा पर्नुभएको छ, त्यसैले म उहाँलाई तिमीलाई सुम्पिदैछु। बालिका, उहाँको पूजा गर। यसले तिम्रो भलो गर्नेछ।"[४] गौरी माले त्यो उपहार स्वीकार गरिन् र कृष्णको त्यो मूर्तिलाई आफ्नो पतिको रूपमा लिइन्। आफ्नो जीवनभर उनले त्यो ढुङ्गाको मूर्ति आफूसँग राखेकी थिइा्। गौरीले सानो उमेरमै घोलामा रामकृष्णबाट दीक्षा प्राप्त गरेकी थिइन्।[५]
सन् १८७५ मा, गौरी आफन्त र छिमेकीहरूसँग गङ्गासागरको तीर्थयात्रामा गएकी थिइन्। त्यहाँ बसेको तेस्रो दिन, उनी तीर्थयात्री]हरूको भीडमा हराइन्, आफूलाई चिन्न नपाओस् भनेर साध्वीको भेष धारण गरिन्। उनले भारतभरिका पवित्र स्थलहरू र मठहरूमा रेल र पैदल यात्रा गर्न थालिन्। आफ्नो तीर्थयात्राका वर्षहरूमा गौरी माले उपवास, मौन बस्ने, र घण्टौँ ध्यान गर्ने जस्ता कठोर तपस्याहरू अभ्यास गरेकी थिइन्। उनले हिन्दु धर्मग्रन्थहरूको अध्ययनमा पनि धेरै समय बिताएकी थिइन्।[६]
रामकृष्ण र शारदा देवीसँगको सम्बन्ध
[सम्पादन]गौरी मा रामकृष्णकी पत्नी शारदा देवीकी सहचरीको रूपमा थिइन्। गौरी माले कहिलेकाहीं आफ्ना गुरु रामकृष्णका लागि खाना पकाउने र गीत गाउने काम गर्थिन्। रामकृष्णको उनको बारेमा धेरै उच्च धारणा थियो, उनले भने, "गौरी एक पूर्ण आत्मा हुन् – वृन्दावनकी एक गोपी।"[७]
गौरी मा दक्षिणेश्वरमा बसिरहेको बेला, श्रीरामकृष्णले उनलाई सन्यासिनीको वस्त्र दिए र धार्मिक अनुष्ठानको व्यवस्था गरेका थिए। श्रीरामकृष्णले स्वयं होम अग्निमा बेल पात्र चढाएका थिए। यसभन्दा पहिले, गौरी माले त्यागको बाह्य चिह्नको रूपमा सन्यासिनीको वस्त्र लगाएकी थिइन् तर उनले कुनै औपचारिक प्रतिज्ञा लिएकी भने थिइनन्। यस अनुष्ठानपछि रामकृष्णले उनलाई एउटा नयाँ नाम गौरीआनन्द दिएका थिए। श्रीरामकृष्णले उनलाई सामान्यतया गौरी वा गौरीदासी भनेर बोलाउँथे र केही मानिसहरूले उनलाई गौरमा भनेर बोलाउँथे। तर गौरी मा नै उनी सामान्यतया चिनिने नाम थियो।[८]
रामकृष्णले गौरी मालाई आफ्नो तीर्थयात्राको जीवनबाट बसोबास गर्न र भारतमा महिलाको उन्नतिको लागि काम गर्न प्रोत्साहित गरेका थिए। तत्कालीन समयमा भारतका महिलाहरूको अवस्था निकै दयनीय थियो भने रामकृष्णले महिलाहरूको शिक्षा र विकास, बौद्धिक र आध्यात्मिक दुवै दृष्टिले सुधार गर्न काम गर्न चाहन्थे। गौरी मासँग यस्तो कार्यको लागि उचित तालिम र शिक्षा नभएकाले उनले यसको विरोध गरेकी थिइन्।[९]
स्वामी विवेकानन्दले रामकृष्णको गौरी माप्रतिको प्रशंसालाई प्रतिध्वनि गर्दै भने, "गौरी मा कहाँ छिन्? हामीलाई त्यो महान उत्साही भावनायुक्त हजारौँ यस्ती आमाहरू चाहिन्छ।"[१०] शारदा देवीले गौरी मालाई नम्रतापूर्वक सम्झाउँदै भनिन्, "ठाकुर (रामकृष्ण)ले भनेका थिए कि तिम्रो जीवन महिलाहरूको सेवा गर्नको लागि हो"[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Swami Mumukshananda (1997), Great Women of India, Published by Advaita Ashrama, आइएसबिएन ८१-८५३०१-३०-१
- ↑ Sri Sarada Devi – The Great Wonder (1984), published by Advaita Ashrama, Calcutta, आइएसबिएन ८१-८५३०१-५७-३
- ↑ Swami Mumukshananda (1997), Great Women of India, Published by Advaita Ashrama, आइएसबिएन ८१-८५३०१-३०-१
- ↑ Durga Puri Devi (1955), Gauri-ma, Published by Saradeswari Ashram, Calcutta
- ↑ Swami Chetanananda (1989), They Lived With God, Published by the Vedanta Society of St. Louis, आइएसबिएन ०-९१६३५६-६१-२
- ↑ Swami Chetanananda (1989), They Lived With God, Published by the Vedanta Society of St. Louis, आइएसबिएन ०-९१६३५६-६१-२
- ↑ Durga Puri Devi (1955), Gauri-Ma, Published by the Saradeswari Ashram, Calcutta
- ↑ Sannyasini Gauri Mata Puri Devi, A Monastic Disciple of Sri Ramakrishna (1995,2007), By Swami Shivatatvananda, Published by Mothers Trust Mothers Place, Ganges, Michigan, आइएसबिएन ९७८-१-४२५७-३५३९-५
- ↑ Subrata Puri Devi (1996), Durga-Ma, The Only Sannyasini Disciple of Sri Sri Sarada Devi, Published by Saradeswari Ashram, Calcutta
- ↑ Swami Vivekananda (1968), The Complete Works of Swami Vivekanada, Published by Advaita Ashrama, Calcutta, Volume IV.
- ↑ Durga Puri Devi (1955), Gauri-Ma, Published by the Saradeswari Ashram, Calcutta