सामग्रीमा जानुहोस्

ग्याँसलाइटिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्याँसलाइटिङ भन्नाले कुनै व्यक्तिलाई आफ्नो वास्तविकताको बुझाइमाथि नै शङ्का गर्न बाध्य पार्ने एक प्रकारको मनोवैज्ञानिक चलखेल/हेराफेरी/तिकडम भन्ने बुझिन्छ।[][] यो शब्द सन् १९४४ को चलचित्र ग्याँसलाइट (१९४४ चलचित्र) बाट लिइएको हो र सन् २०१० को दशकको मध्यतिर निकै लोकप्रिय भएको थियो।[] केही मानसिक स्वास्थ्य विशेषज्ञहरूले यस शब्दको अत्याधिक प्रयोग भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्। सन् २०२२ मा, द वासिङ्टन पोस्ट ले यसलाई मनोवैज्ञानिक चिकित्साका शब्दावलीहरूको जथाभावी प्रयोगको एक उदाहरणका रूपमा चित्रण गरेको थियो। यो शब्द सामान्य मतभेद, वैमनस्यता, मनमुटाव वा असहमतिहरूलाई गलत तरिकाले व्याख्या गर्न एउटा चल्तीको शब्द (बज् वर्ड) बनेको तर्क समेत द वासिङ्टन पोस्टले अघि सारेको थियो।

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]
सन् १९४४ को अमेरिकी चलचित्र संस्करण ग्याँसलाइट (१९४४ चलचित्र) मा चार्ल्स बोयर, इन्ग्रिड बर्गम्यानजोसेफ कोटेन

यो शब्द सन् १९४४ को चलचित्र ग्यासलाइट को शीर्षकबाट लिइएको हो।[][][] यो चलचित्र सन् १९३८ मा प्याट्रिक ह्यामिल्टनद्वारा लिखित बेलायती नाटक ग्यासलाइटमा आधारित थियो र यो सन् १९४० को बेलायती चलचित्र रूपान्तरण ग्यासलाइट को पुनर्निर्माण थियो। भिक्टोरियन युगको लन्डनका सम्भ्रान्त वर्गको पृष्ठभूमिमा आधारित ग्यास लाइट र यसका रूपान्तरणहरूमा बाहिरबाट भलाद्मी देखिने एक पतिले आफ्नी धनी श्रीमतीलाई एक्लो पार्न र उनी मानसिक रूपमा बिरामी छिन् भन्ने विश्वास दिलाउन झूट र मानसिक चलखेलको सहारा लिएको देखाइएको छ, ताकि उसले श्रीमतीको सम्पत्ति चोर्न सकोस्।[] घरको अन्य ठाउँमा बत्ती बाल्दा ग्यासको दबाब कम भएर बत्ती मधुरो हुनु सामान्य प्रक्रिया हो तर घरका बत्तीहरू अर्थात् ग्यासलाइटहरू समय-समयमा मधुरो हुँदा उनकी श्रीमती आत्तिन्छिन् । तर जब उनले यसबारे कामदारहरूलाई सोध्छिन्, उनीहरूले घरमा अरू कोही नभएको बताउँछन्। उनीहरू कसैलाई थाहा नभएको कुरा के थियो भने, उनका पति माथिल्लो तलाका कोठाहरूमा गहना खोजिरहेका हुन्थे।[] यस शब्दको सबैभन्दा पहिलो लिखित प्रयोग सन् १९६१ मा भएको तथ्याङ्क छ।[] द न्यूयोर्क टाइम्समा यो शब्द पहिलो पटक सन् १९९५ मा मोरिन डाउडको एउटा स्तम्भमा प्रयोग गरिएको थियो।[] सन् २०२१ मा अमेरिकी मनोवैज्ञानिक सङ्गठनका अनुसार, ग्याँसलाइटिङले कुनै समय यस्तो चरम मानसिक चलखेललाई बुझाउँथ्यो जसले व्यक्तिलाई मानसिक रूपमा बिरामी बनाउँथ्यो वा ग्याँसलाइटिङको सिकार भएको व्यक्तिलाई मानसिक अस्पतालमा भर्ना गर्न बाध्य पार्दथ्यो।[] यो शब्द लामो समयसम्म गुमनाम जस्तै रह्यो। त्यसपछिका २० वर्षहरूमा 'द न्यूयोर्क टाइम्स'ले यसलाई जम्मा ९ पटक मात्र प्रयोग गरेको थियो। सन् २०१० को दशकमा आएर मात्र यो शब्द अङ्ग्रेजी शब्दकोशमा घुलमिल भएको हो।[] मरियम-वेबस्टर शब्दकोशले 'ग्याँसलाइटिङ' लाई कसैलाई आफ्नो "वास्तविकताको बुझाइ" माथी नै शङ्का गर्न बाध्य पार्ने र अन्ततः पीडक (हेराफेरी गर्ने व्यक्ति) माथि निर्भर बनाउने एक मनोवैज्ञानिक चलखेल को रूपमा परिभाषित गरेको छ।[] अमेरिकी डायलेक्ट सोसाइटीले 'ग्याँसलाइट' लाई सन् २०१६ को सबैभन्दा उपयोगी नयाँ शब्द घोषणा गरेको थियो।[] अक्सफोर्ड विश्वविद्यालय प्रेसले यसलाई सन् २०१८ को सबैभन्दा लोकप्रिय नयाँ शब्दहरूको सूचीमा दोस्रो स्थानमा राखेको थियो।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "APA Dictionary of Psychology", APA.org, American Psychological Association, मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६
  2. 1 2 "Definition of gaslight (Entry 2 of 2)", Merriam Webster, मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६
  3. 1 2 3 Yagoda, Ben (१२ जनवरी २०१७), "How Old Is 'Gaslighting'?", The Chronicle of Higher Education, मूलबाट १ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६
  4. 1 2 "Gaslight", Oxford English Dictionary, मूलबाट १९ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६, "Etymology: from the title of George Cukor's 1944 film Gaslight"
  5. Hoberman, J (२१ अगस्ट २०१९), "Why 'Gaslight' Hasn't Lost Its Glow", The New York Times, मूलबाट २२ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६, "The verb 'to gaslight,' voted by the American Dialect Society in 2016 as the word most useful/likely to succeed, and defined as “to psychologically manipulate a person into questioning their own sanity,” derives from MGM’s 1944 movie, directed by George Cukor."
  6. Wilkinson, Alissa (२१ जनवरी २०१७), "What is gaslighting? The 1944 film Gaslight is the best explainer.", Vox, मूलबाट २३ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६, "to understand gaslighting is to go to the source. George Cukor’s Gaslight. The term 'gaslighting' comes from the movie."
  7. Thomas, Laura (२०१८), "Gaslight and gaslighting", The Lancet. Psychiatry 5 (2): 117–118, डिओआई:10.1016/S2215-0366(18)30024-5, पिएमआइडी 29413137, मूलबाट १७ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६
  8. Sweet, Paige L., "How Gaslighting Manipulates Reality", Scientific American, मूलबाट १५ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६
  9. Metcalf, Allan, "2016 Word of the Year", American Dialect Society, मूलबाट ३ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६, "most useful word of the year"
  10. "Word of the Year 2018: Shortlist", Oxford University Press, मूलबाट २० डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०२६ अभिलेखिकरण २० डिसेम्बर २०१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]