ग्रामीण विकास बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रामीण विकास बैंक


सन् १९९१मा ग्रामीण बैङ्क बङ्गलादेशका प्रबन्धक प्रो. मोहम्मद युनुसको प्रभाव र सुझावमा 'निर्धन' नामको गैरसरकारी बैङ्किङ संस्था ग्रामीण विकास वित्तीय प्रणालीमा सहयोग पुर्‍याउने उद्देश्य राखेर दर्ता भयो। नेपालमा ग्रामीण विकास वित्तीय प्रणालीमा सहयोग पुर्‍याउने मुख्य उद्देश्य राखेको यही योजना नै पहिलो हो। निर्धन आयोजनाले सन् १९९३को जनवरीदेखि पश्चिमाञ्चल विकासक्षेत्रको रूपन्देही जिल्लामा आफ्नो कार्यक्रमको सुरूवात गर्‍यो र मार्च महिनादेखि पहिलो किस्ताको ऋण वितरण गर्ने कार्य प्रारम्भ गर्‍यो।

उनीहरूलाई आर्थीक अवसरहरू प्रदान गर्नु पर्दछ भन्ने अवधारणा लिएर सर्वप्रथम वंगलादेशका नागरिक प्रो.मोहम्मद युजुसले ग्रामीण बैङ्किङ पद्दतिको प्रतिपादन गरेका हुन। सन् १९७१मा बङ्गलादेश स्वतन्त्र भएपछि आफ्नो अध्ययन पुरा गरी अमेरिकाबाट वंगलादेश फर्किएका प्रो.युनुसले सन् १९७२मा वंगलादेशकै चिटगाँउ विश्वविद्यालयमा अर्थशास्त्रका विभागिय प्रमुखको रूपमा कार्यरत रहेर अर्थशास्त्रमा माहान् सिध्दान्तहरू पढाउन थाले।तर अध्यापन गराउने ती महान सिद्धान्त र आफ्नो देशका विपन्न जनताको स्थिति विच व्यपक भिन्नता देखी उनी अत्यान्तै चिन्तित रहे, जसको कारण आफू भित्रको चिन्तालाईदुर गराउन विपन्न जनताको पक्षमा दिन सकिने वैकल्पिक सेवाको वाटो खोज्न उत्साहित भए। सन् १९७४मा वंगालादेशमा आएको वाढीले घरवार विहिन भ एका जनताको भोक,रोग,र शोक बिरुद्ध लड्ने साहास बटुली गरिवी निवारणका निम्ति आफ्ना केहि विद्यार्थीहरूको साथलिएर कार्य प्रारम्भ गरे। देशको गरिवी निर्मुल गर्नको लागि प्रो. युनुसले विभिन्न वैंकहरूको माझमा हाँस्यपात्र वने। यस्तो उपहासबाट मुक्तिका लागि उनले आखिर आफै एउटा वैंक खोल्ने निश्चित गरे। अन्तत सन् १९८३मा वंगालादेशको सरकार र केन्द्रिय वैंकको अनुमति लिएर उनले सर्वप्रथम ग्रामिण वैंकको स्थापना गरे।जसबाट बिना धितो

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]