ग्रिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रिस
Ελληνική Δημοκρατία
एलिनिकी दिमोक्रातिया
युनानको झन्डा
झन्डा
युनानको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: «Eleftheria i thanatos
राष्ट्रिय गान: «Ύμνος εις την Ελευθερίαν»
Ýmnos eis tin Eleftherían
"स्वतन्त्रताको भजन"
 ग्रिस-अवस्थिति (गाढा हरियो) – युरोप (हरियो & गाढा खैरो) – युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]
 ग्रिस-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खैरो)
– युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
एथेन्स
३७°५८′उ॰ २३°४३′पू॰ / ३७.९६७°N २३.७१७°E / 37.967; 23.717
आधिकारिक भाषा
र राष्ट्रिय भाषा
युनानी
धर्म
पूर्वी रूढिवादी गिर्जाघर
रैथाने(हरू)युनानी
सरकारएकात्मक संसदीय गणतन्त्र
Κατερίνα Σακελλαροπούλου
किरियाकोस मिट्सोटाकिस
• संसदको अध्यक्ष
Κωνσταντίνος Τασούλας
व्यवस्थापिकाएलिनिकी संसद
स्थापना इतिहास
• स्वतन्त्रता घोषणा उस्मानी सम्राज्यबाट
२५ मार्च १८२१ (युनानी स्वतन्त्रता युद्धको सुरुवात), १५ जनवरी १८२२ (आधिकारिक घोषणा)
• मान्यता
३ फेब्रुअरी १८३०
• हालको संविधान
११ जुन १९७५
क्षेत्रफल
• जम्मा
१,३१,९५७ किमी (५०,९४९ वर्ग माइल)[१] (९५औँ)
• पानी (%)
०.८६६९
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
Decrease १०,७२४,५९९[२] (८५औँ)
• सन् २०११ जनगणना
१०८१६,२८६[३]
• घनत्व
८२ /किमी2 (२१२.४ /वर्ग माइल) ([४])
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
$३३७.९०० अर्ब[५] (५५औँ)
• प्रति व्यक्ति
वृद्धि $३१,६१६[५] (५०औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
$२२२.७८५ अर्ब[५] (५०औँ)
• प्रति व्यक्ति
वृद्धि $२०,८३५[५] (३९औँ)
गिनी (सन् २०१९)३१.०[६]
मध्यम · ६०औँ
मानव विकास सूचकाङ्क (सन् २०१८)०.८७२[७]
धेरै उच्च · ३२औँ
मुद्रायुरो (€)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०२:०० (पूर्वी युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+०३:०० (पूर्वी युरोपेली ग्रीष्मकालिन समय)
मिति ढाँचाdd-mm-yyyy (सन्)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३०
इन्टरनेट डोमेन.gra
.ελ
  1. अन्य यूरोपेली सङ्घको सदस्य राष्ट्रहरूको रूपमा डट इयु डोमेन पनि प्रयोग गरिन्छ।

ग्रिस वा युनान (यूनानी: Ελλάδα / Ελλάς), (उच्चारण : एलादा), आधिकारिक रूपमा एलिनिकी दिमोक्रातिया (युनानी: Ελληνική Δημοκρατία), (अनुवाद: गणतन्त्र युनान), दक्षिण पूर्वी युरोपमा अवस्थित एक राष्ट्र हो। यसको जनसङ्ख्या सन् २०१८ सम्म, १ करोड ७ लाख रहेको थियो। एथेन्स यसको राजधानी र सबैभन्दा ठूलो सहर हो भने देशको दोस्रो ठूलो सहर थेसालोनेकी हो।

बाल्कन प्रायद्वीपको दक्षिणी छेउमा अवस्थित ग्रिस युरोप, एसियाअफ्रिका महादेशको सिमानामा अवस्थित छ। यसले उत्तर पश्चिममा अल्बानिया, उत्तरमा उत्तरी मेसोडोनियाबुल्गेरिया र उत्तरपूर्वी भागमा टर्कीको भूभागहरूमा सीमा साझेदारी गर्दछ। यसको एजियन सागर मुख्य भूमिको पूर्वमा अवस्थित छ भने पश्चिमीमा आयोनिया सागर, दक्षिणमा किर्त र भूमध्यसागर अवस्थित छ। ग्रिससँग भूमध्यसागरीय खाडीमा सबैभन्दा लामो समुद्रीतट रहेको छ जसको लम्बाइ १३,६७६ किलोमिटर (८,४९८ माइल) रहेको छ जसमा विभिन्न टापूहरू रहेका छन्। यो विश्वको ११औँ सबैभन्दा लामो तटवर्ती क्षेत्र हो, यसमा धेरै टापुहरू छन्, जसमध्ये २२७ वटा टापूमा मानिसहरू बसोबास गर्दन्। युनानको ८० प्रतिशत भूभाग पहाडी छ। ओलम्पस हिमाल २,९१८ मिटर (९,५७३ फिट) को उचाइमा रहेको छ जुन देशको सबैभन्दा अग्लो हिमाल हो। देशमा नौ परम्परागत भौगोलिक क्षेत्रहरू छन्।

ग्रिसलाई लोकतन्त्र, पश्चिमी दर्शन, पश्चिमी साहित्य, इतिहास लेखन, राजनीति विज्ञान, प्रमुख वैज्ञानिक र गणित सम्बन्धी सिद्धान्त, पश्चिमी नाटक र ओलम्पिक खेलहरूको जन्मस्थल भएकोले पश्चिमी सभ्यताको पालक मानिन्छ। आठौँ शताब्दी इसापूर्वदेखि ग्रिस वासीहरू विभिन्न स्वतन्त्र सहर-राज्यहरूमा सङ्गठित भएका थिए जसलाई पोलिस भनेर चिनिन्थ्यो जो सम्पूर्ण भूमध्यसागरीय क्षेत्र र कृष्ण सागरमा फैलाएका थिए। इसापूर्व चौथो शताब्दीमा मेसोडोनको राजा फिलिपले मुख्य भूमिलाई एकजुट गरेका थिए जसले गर्दा उनका छोरा अलक्षेन्द्रले द्रुत गतिले पूर्वी भूमध्यसागरदेखि भारतसम्मको पुरानो संसारलाई जितेका थिए। ग्रिसलाई दोस्रो शताब्दी इसापूर्वमा रोमले समाहित गरेको थियो, जुन रोमन साम्राज्यको अविभाज्य अङ्ग बनेको थियो र यसको उत्तराधिकारी पूर्वी रोमन साम्राज्य हो जसले युनानी भाषा र संस्कृतिलाई अपनाएको थियो। प्रथम शताब्दीमा देखा परेको ग्रिस आस्थिक गिर्जाघरले आधुनिक ग्रिस पहिचानको आकार दिन मद्दत पुर्‍याएको थियो र ग्रिसेली परम्परालाई फराकिलो आस्थिक संसारमा प्रसारित गरेको थियो। १५औँ शताब्दीको मध्यमा उस्मानी शासन अन्तर्गत ग्रिसको स्वतन्त्रता सङ्ग्राम पछि सन् १९३० मा एक आधुनिक राष्ट्रको रूपमा देखा परेको थियो। देशको धनी ऐतिहासिक स्थलहरूले यसको १८ वटा संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक सांस्कृतिक सङ्गठन विश्व सम्पदा क्षेत्रहरूको प्रतिबिम्बित गर्दछ।

ग्रिस एक एकात्मक संसदीय गणतन्त्र राष्ट्र उन्नत उच्च आयको अर्थव्यवस्था, जीवनको उच्च गुणस्तर, र उच्च जीवन स्तरको साथ यो एक विकसित देश पनि हो। यसको अर्थतन्त्र बाल्कन क्षेत्रको सबैभन्दा ठूलो हो, जहाँ यो एक महत्त्वपूर्ण क्षेत्रीय लगानीकर्ता हो। संयुक्त राष्ट्र सङ्घका संस्थापक सदस्य, ग्रिस युरोपेली समुदायहरूमा (युरोपेली सङ्घको पूर्ववर्ती) सम्मिलित हुने दशौँ सदस्य थियो र सन् २००१ देखि युरो क्षेत्रको भाग रहेको छ। यो युरोप परिषद् सहित अन्य थुप्रै अन्तर्राष्ट्रिय संस्थाहरूको पनि सदस्य हो। युरोप, उत्तरी आन्ध्र सन्धि सङ्गठन, आर्थिक सहयोग र विकास सङ्गठन, विश्व व्यापार सङ्गठन, युरोपेली सुरक्षा तथा सहयोग सङ्गठन आदीको सदस्य हो। ग्रिसको अनुपम सांस्कृतिक सम्पदा, ठूलो पर्यटन उद्योग, प्रख्यात पानी जहाज क्षेत्रले यसलाई एक मध्यम शक्तिको रूपमा वर्गीकृत गर्दछ।

नाम[सम्पादन गर्नुहोस्]

आधुनिक ग्रिसेली भाषामा देशको मूल नाम (Ελλάδα) 'एलादा' हो। ग्रिसेली विशेषण स्वरूप ελληνικός, लाई कहिलेकाँही 'एलिनिकी' पनि अनुवाद गरिएको छ र ग्रिस राज्यको औपचारिक नाममा सोहीमा आधारित छ। यसको नाम ग्रिस र युनान (फारसी: یونان), पुरानो फारसी हुँदै हखामनी साम्राज्य (५५०-३३३ ईसापूर्व) मा आएको थियो। यो शब्द अन्ततः सबै युनानीहरूलाई लागू हुन्छ। युनान नामक यस देशको नाम फारसी, टर्की, नेपाली, अजरबैजानी, उज्बेक, कुर्दी, अर्मेनियाली (युनानस्तानको रूपमा), अरबी, उर्दू, हिन्दी, यहूदी (बाइबलीय र आधुनिक) आदी लगायतका विभिन्न भाषाहरूमा पाउन सकिन्छ।

सिकन्दर[सम्पादन गर्नुहोस्]

सन् ३३५ इसापूर्व ताका मेसोडोनियाका राजा अलेक्जेन्डरको उदय हुन पुगेको थियो। उसले लगभग सम्पूर्ण युनानमा आफ्नो अधिपत्य जमाउन सफल भएका थिए। त्यसपछि उनको दृष्टि फारसी साम्राज्यमाथि परेको थियो। आधुनिक टर्कीको तट नजिक उनी ३३० इसापूर्वमा पुगेका थिए जहाँ उनले फारसको शाह दारा तृतीयलाई हराएका थिए। दारा रणभूमि छोडेर भागे। फेरि उनी मिस्र तर्फ बढेका थिए।[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Σύγκριση χώρας: Περιοχή", विश्व तथ्य पुस्तक, केन्द्रीय गुप्तचर संस्था, अन्तिम पहुँच ७ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०२० मिति
  2. "Στατιστικά - ΕΛΣΤΑΤ", www.statistics.gr, अन्तिम पहुँच २०२०-०५-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०१ मिति
  3. "Απογραφή Πληθυσμού – Κατοικιών 2011. ΜΟΝΙΜΟΣ Πληθυσμός" [Αποτελέσματα της απογραφής πληθυσμού-στέγασης 2011 σχετικά με τον μόνιμο πληθυσμό της χώρας] (पिडिएफ) (आधुनिक युनानीमा), २० मार्च २०१४, अन्तिम पहुँच २५ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २८ नोभेम्बर २०१९ मिति
  4. "Ανακοίνωση των αποτελεσμάτων της απογραφής πληθυσμού 2011 για τον πληθυσμό κατοίκων", ΕΙΣΟΔΗΜΑΤΙΚΗ ΑΝΙΣΟΤΗΤΑ, २८ डिसेम्बर २०१२, मूलबाट १३ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०१३ मिति
  5. ५.० ५.१ ५.२ ५.३ "Αναφορά για επιλεγμένες χώρες και θέματα", IMF, १५ अक्टोबर २०१९। 
  6. "ΕΙΣΟΔΗΜΑΤΙΚΗ ΑΝΙΣΟΤΗΤΑ", Πειραιώς: Ελληνική Στατιστική Αρχή, १९ जुन २०२०, अन्तिम पहुँच २३ जुन २०२०  वेब्याक मेसिन अभिलेखिकरण २६ जुन २०२० मिति
  7. "Έκθεση για την ανθρώπινη ανάπτυξη 2019" (पिडिएफ) (युनानीमा), Πρόγραμμα ανάπτυξης των Ηνωμένων Εθνών, १० डिसेम्बर २०१९, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सरकार[सम्पादन गर्नुहोस्]

साधारण जानकारी[सम्पादन गर्नुहोस्]


व्यापार