ग्रेडिङ प्रणाली अन्तर्गत प्रवेशिका परीक्षा (एसएलसी) २०७२

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


यो पटकको एसएलसी सर्वाधिक पहिलो ग्रेडिङ प्रणालीको एसएलसी परिक्षा र अन्तिम १० दशमा हुने एसएलसी परीक्षा हो।

यो परीक्षा २०७२ चैत १८ गतेदेखि २७ गतेसम्म संचालन भएको थियो ।भने रिजल्ट २०७३ असार १० गते प्रकाशित भएको थियो ।

परीक्षा समय तालिका[सम्पादन गर्ने]

परिक्षा विवरण[सम्पादन गर्ने]

नतिजा प्रकाशन[सम्पादन गर्ने]

२०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल २०७३ असार १० गते प्रकाशित भएको थियो। परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको थियो। परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरु मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य अर्थात 'पास’ भएका थिए। यो भनेको १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थीहरुको संख्या हो ।

०.८ देखि १.२ सम्म जीपीए ल्याएका ८ हजार र ०.८ जीपीए भएका ११ जनाले भने ११ पढ्न पाउने छैनन् । उनीहरुले टीएसएलसी मात्र पढ्न पाउनेछन्। साथै उनीहरुले कम्तिमा दुई वटा विषयमा पुनः परीक्षा दिएर आफ्नो जीपीएमा सुधार गर्न सक्नेछन् । पुनः परीक्षा साउन १४ देखि २१ गतेसम्म तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको थियो ।

परीक्षामा १६ परीक्षार्थी कम उमेरका पाइएको थियो, उनीहरुको परीक्षाफल रद्ध भएको थियो । लिखित परीक्षामा सहभागी नभएका १ हजार ७३३, प्रयोगात्मक परीक्षामा सहभागी नभएका १ हजार ८००, कापी रद्द भएका १८८ र परीक्षा रद्द गरिएका एक जना फेल भएका थिए । यस्तै ६ हजार ८७८ ड्रप आउट परीक्षार्थी थिए ।उनीहरु पनि फेल भएका थिए ।

नतिजा जान्ने तरिका[सम्पादन गर्ने]

एसएलसी रिजल्टका लागि [[परिक्षा नियन्त्रण कार्यालय]]ले नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायक संस्थाहरू संग सम्झौता गरेको थियो। बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउने व्यवस्था मिलाएको थियो।

नतिजा थापाउने केही अनलाइनहरू
- *www.moe.gov.np
  • wwww.doe.gov.np
  • www.soce.gov.np *www.slcresult.soce.gov.np ,
  • www.slc.ntc.net.np
अन्य
  • नेपाल टेलिकमको CDMA,Postpaid, prepaid मार्फत १६०० नं डायल गरी
  • (SMS) PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउने
  • सवैभन्दा पुरानो एसएलसी नतिजासम्बन्धी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउने
  • स्प्यारोको एन्ड्रोइड एपमार्फत्

छात्रा मैत्री परिक्षा केन्द्र[सम्पादन गर्ने]

कारागारबाटै एसएलसी[सम्पादन गर्ने]

बाबूछोरी सँगै एसएलसीमा[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]