ग्रेस एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ग्रेस एफएम
Grace FM.jpeg
ग्रेस एफएमको लोगो
प्रशारण क्षेत्र:भक्तपुर, (नेपाल)
आवृति१०७.६ मेगाहर्ज
प्रथम प्रशारण मितिवि.सं. २०६४ साउन ८ गते साँझ ५ बजे
प्रकार:मनोरञ्जन, सूचना, शिक्षा
भाषा:नेपाली, नेवारी, तामाङ, अङ्ग्रेजी
स्वामित्व:आशाको सन्देश नेपाल
वेबसाइटgracefm.com.np

ग्रेस एफएम एक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको प्रसारण केन्द्र भक्तपुर जिल्लाको सुर्यविनायकमा रहेको छ ।[१] यो रेडियो १०७.६ मेगाहर्जमा भक्तपुर र भक्तपुर जिल्लाका आसपासका बिभिन्न जिल्लामा प्रत्यक्ष र इन्टरनेटको मध्यमबाट देश तथा बिदेशमा सुन्न सकिन्छ।

स्थापना[सम्पादन गर्ने]

"समता, सृजना र शान्ति रेडियोको समावेशी आवाज" भन्ने नाराका साथ गाउँ घरको आवाज समाबेश गर्न ग्रेस एफएम को स्थापन भएको हो। नयाँ जोश, नयाँ जाँगरका साथ समाजमा रहेका विसंगति र विकृतिलाई निर्मूल पार्ने उद्धेश्यले स्थापना भएको ग्रेस एफ एम १०७.६ मेगाहर्जले हरेक दिन विहान ५.०० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आईरहेको छ।

ग्रेस एफ एम १०७.६ मेगाहर्ज  "आशाको सन्देश नेपाल " नामक संस्था द्वारा सूचना तथा सञ्चार मन्त्रालय मार्फत राष्टिय प्रसारण नियमावली २०५२ को नियम ४ संग सम्बन्धित रही फ्रिक्वेन्सी मोडुलेसन प्रसारण संस्था स्थापना गरि कार्यक्रम प्रसारण गर्ने संस्थाको अनुमति लिएर एफ .एम. ब्याण्डको १०७.६ मेगाहर्जमा प्रसारित रेडियो स्टेशन हो । [१]

कार्य क्षेत्र[सम्पादन गर्ने]

भक्तपुर जिल्लाको सूर्यविनायक स्थित अरनिको राजमार्ग छेउबाट प्रत्येक घण्टा समाचारको साथमा दैनिक १८ घण्टा सुचनामुलक, मनोरन्जनामक, खोजमुलक, शैक्षिक र सामाजिक बिकासका निम्ति गुणस्तरीय कार्यक्रमहरू प्रसारण गरिरहेको यो एफएम रेडियोले गाउँ, शहर लगायत समाजिक सरोकारला लागि समाजको प्रत्येक्ष कुनाकन्दरामा आफ्नो प्रसारण मार्फत स्रोता अनि सरोकारवालाहरू समक्ष प्रत्यक्ष -अप्रत्यक्ष रुपमा पुगीरहेको छ ।[१] ग्रेस एफ.एम को प्रसारण भक्तपुर जिल्लामा स्पष्ट रुपमा सुन्न सकिन्छ । साथै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काठमाण्डौ, र ललितपुर लगायत विभिन्न जिल्ला तथा स्थानहरुमा स्पष्टरुपमा सुन्न सकिन्छ ।

प्रशारणमा भाषागत संयोजन[सम्पादन गर्ने]

ग्रेस एफएम राष्ट्रिय भाषा नेपालीलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा मान्दछ साथै स्थानीय भाषा तथा भाषिकाहरूको संरक्षण र विकासका लागी सञ्चार माध्यमले जिम्मेवारीपूर्ण तरिकाले भुमिका खेल्नुपर्छ भन्ने मान्यता राख्दछ । नेपाली भाषालाई प्रशारणको मूल भाषा बनाएर स्थानीय भाषा नेपाल भाषा, तामाङ भाषा, र अंग्रेजीमा कार्यक्रमहरू प्रशारण भइरहेका छन् ।[१]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]