ग्रेस चाटो
| ग्रेस चाटो | |
|---|---|
सन् २०१९ मा ग्रेस चाटो | |
| व्यक्तिगत विवरण | |
| जन्म | १० डिसेम्बर १९८५ क्राउच एन्ड, उत्तर लन्डन, इङ्ल्यान्ड |
| उत्पत्ति | क्राउच एन्ड, उत्तर लन्डन |
| विधा | |
| पेशा |
|
| वाद्ययन्त्र |
|
| सक्रिय वर्ष | सन् १९९७–हालसम्म |
ग्रेस चाटो (जन्म; १० डिसेम्बर १९८५) एक अङ्ग्रेजी सङ्गीतकार तथा विद्युतीय साङ्गीतिक समूह क्लिन बान्डिटकी सह-संस्थापक हुन्।[१] सन् २००८ मा क्लिन बान्डिट नामक साङ्गीतिक समूहको स्थापना गरेकी चाटोले त्यसयता यसको नेतृत्व गर्दै आएकी छिन्। उनी यस समूहमा सङ्गीत उत्पादकको रूपमा गर्छिन्।
प्रारम्भिक र व्यक्तिगत जीवन
[सम्पादन]चाटोको जन्म र बाल्यकाल इङ्ल्याज्डको उत्तर लन्डनमा भएको थियो भने उनी पनि सोरडिचमा बसोबास गर्न थालेकी थिइन्।[२] उनले ल्याटिमर विद्यालय[३] र वेस्टमिनिस्टर विद्यालयका साथै रोयल एकेडेमी अफ म्युजिक मार्फत प्रारम्भिक शिक्षा हासिल गरेकी थिइन्। उनले जिसस कलेज, क्याम्ब्रिजबाट आधुनिक भाषाहरूको अध्ययन गरेकी थिइन्। चाटो सङ्गीतकार रिकी चाटोकी छोरी हुन् जो म्यासिभ भायोलिन्स नामक साङ्गीतिक समूहका सोलो वादक हुन्। चाटोले राम्रोसँग रूसी भाषा बोल्न सक्छिन्।[४]
पुरस्कार र उपलब्धिहरू
[सम्पादन]क्लिन बान्डिटले सन् २०१० सार्वजनिक गरेको "मोजार्ट्स हाउस" बोलको एकल गीतलाई सन् २०१३ मा पुन: सार्वजनिक गरिँदा बेलायती एकल सङ्गीत तालिकामा यो गीत शीर्ष १७औँ स्थानमा पुग्न सफल भएको थियो। यो गीत पहिलो पटक सार्वजनिक हुँदा चाटोले एउटा विद्यालयमा सेलो नामक वाद्ययन्त्र सिकाउँथिन्। उक्त गीतको म्युजिक भिडियोमा उनी भित्री वस्त्रमा देखिएकी र एउटा भायोलिनले आफ्नो छाती ढाकेकाले एक अभिभावकको गुनासो पछि उनलाई विद्यालयको जागिरबाट निकालिएको थियो।[५] सन् २०१४ को जनवरीमा, जेस ग्लिनसँगको सहकार्यमा तयार पारिएको "र्यादर बी" मार्फत उनीहरूले पहिलो पटक बेलायती सङ्गीत तालिकाको शीर्ष स्थान हासिल गरेको थियो। यस गीतमा शास्त्रीय र नृत्य सङ्गीत दुवैको मिश्रण रहेको थियो।[६] यो गीत अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष १० मा पुग्न सफल भएको थियो।
क्लिन बान्डिटका अन्य सदस्यहरू ज्याक प्याटरसन र लुक प्याटरसनसँगै उनले "र्यादर बी"को सङ्गीतका लागि सन् २०१५ को 'सर्वश्रेष्ठ नृत्य रेकर्डिङ' विधामा ग्रामी पुरस्कार जित्न सफल भएकी थिइन्।[७] साथै, उनी सन् २०१५ र २०१७ मा दुईवटा ब्रिट पुरस्कारका लागि मनोनयनमा परेकी थिइन्।[८]
चाटोले क्लिन बान्डिटको सन् २०१६ को एकल गीत "रकाबाई" को निर्देशन गरेकी थिइन्, जसमा र्यापर सान पल र गायिका आन-मेरी सहभागी थिए। यो गीत बेलायतमा उनीहरूको दोस्रो नम्बर-एक सफल गीत बन्नुका साथै लगातार सातौँ हप्तासम्म शीर्ष स्थानमा रहँदै यसले सन् २०१६ को क्रिसमस सर्वोत्कृष्ट एकल बन्न सफल भएको थियो।[९] चाटोले सन् २०१७ को मार्चमा क्लिन बान्डिटको एकल गीत "सिम्फोनी" को भिडियोको पनि निर्देशन गरेकी थिइन्। यसमा एउटा पूरा वाद्य समूह समावेश गरिएको थियो जसमा क्लिन बान्डिटका सदस्यहरूले सरा लारसनसँगै वाद्ययन्त्र बजाएका थिए।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Clean Bandit | Artist | GRAMMY.com", grammy.com, अन्तिम पहुँच २०२५-०९-०६।
- ↑ Parrish, Charlie (२१ जुलाई २०१५), "Clean Bandit on Cambridge, being shameless, and turning down MI6", The Telegraph – www.telegraph.co.ukद्वारा।
- ↑ Bellotti, Alex, "Highly-strung sounds of success for Clean Bandit", Hampstead Highgate Express (अङ्ग्रेजीमा), मूलबाट २९ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१७। अभिलेखिकरण २९ डिसेम्बर २०१५ वेब्याक मेसिन
- ↑ "Clean Bandit: 'When something sounds good, I don't think any of the connotations matter'", The Telegraph (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ मार्च २०१७।
- ↑ Ryland, Ali, "Grace Chatto of Clean Bandit", Virtual Festivals, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१४।
- ↑ Ryan, Patrick, "'Rather Be': From global hit to Grammy nominee", USA TODAY (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०३-१७।
- ↑ "Grammys 2015: Complete list of winners and nominees", Los Angeles Times (अङ्ग्रेजीमा), ८ फेब्रुअरी २०१५, आइएसएसएन 0458-3035, अन्तिम पहुँच १९ मार्च २०१७।
- ↑ "Brit Awards 2017: the winners and stars in pictures, from Ed Sheeran to Little Mix", The Telegraph (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ मार्च २०१७।
- ↑ "Clean Bandit's Rockabye reaches Number 1 in the UK" (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ मार्च २०१७।
- ↑ "Fuse", Fuse TV channel (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०३-१७।