सामग्रीमा जानुहोस्

ग्रोकिपिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रोकिपिडिया
ग्रोकिपिडियाको गृह पृष्ठ
साइटको प्रकार
अनलाइन विश्वकोश
उपलब्ध भाषाअङ्ग्रेजी
उद्गम देशसंयुक्त राज्य अमेरिका
सेवा क्षेत्रविश्वव्यापी
मालिकएक्स एआई
युआरएलgrokipedia.com
IPv6 समर्थनहो
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मिति२७ अक्टोबर २०२५ (2025-10-27)
वर्तमान स्थितिचालू
सामग्री इजाजतपत्र
केही लेखहरू क्रिएटिभ कमन्स एट्रिब्युसन-सेयरअलाइक अनुमतिपत्र ४.० अन्तर्गत

ग्रोकिपिडिया एक्स एआईद्वारा विकसित एक एआईद्वारा सञ्चालित अनलाइन विश्वकोश हो।[] यसको प्रारम्भिक परिक्षण संस्करण २७ अक्टोबर २०२५ मा सुरु गरिएको थियो। ग्रोकिपिडियामा प्रविष्टिहरू ग्रोक भाषा मोडेलद्वारा सिर्जना र सम्पादन गरिन्छन्।[] धेरै लेखहरू विकिपिडिया लेखहरूबाट लिइएका हुन्छन्, केही लेखहरू सुरुवातमा लगभग प्रतिलिपि गरिएका हुन्छन्।[][][] त्यस्ता लेखहरू नि:शुल्क इजाजतपत्र प्राप्त हुन्छन् र विकिपिडिया लेखहरूको व्युत्पन्न कार्यहरूको लागि आवश्यक पर्ने क्रिएटिभ कमन्स एट्रिब्युसन-सेयरअलाइक इजाजतपत्र बोक्दछन्।[] २८ अक्टोबर २०२५ सम्म, यसमा लगभग ९,००,००० लेखहरू थिए।[]

यद्यपि यसले कसरी काम गर्छ भन्ने विवरण हाल थाहा छैन,[] विश्वकोशका आगन्तुकहरूले गलत जानकारीमा उजुरी दिनका लागि गर्न पप-अप फारम मार्फत सम्पादनहरू सुझाव दिन सक्छन् जुन विकिपिडिया र अन्य विकी-आधारित विश्वकोशहरू भन्दा फरक हो यहाँ सम्पादकहरूले लेखहरू सिधै सम्पादन गर्न सक्दैनन्।[] व्यवसायी र एक्स एआई संस्थापक एलन मस्कले ग्रोकिपिडियालाई विकिपिडियाको विकल्पको रूपमा राखेका छन्। विकिपिडियाका सह-संस्थापक ल्यारी सेन्जर जस्ता केही प्रमुख व्यक्तित्वहरूले वेबसाइटको जारीलाई सकारात्मक प्रतिक्रिया दिएका थिए,[] जबकि वेबसाइटको तटस्थता (अक्टोबर २८, २०२५ सम्म यसको ०.१ संस्करणमा) धेरै अन्य स्रोतहरूद्वारा विवादित गरिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Elon Musk appears to have launched Grokipedia, a Wikipedia competitor", Business Insider, अक्टोबर २८, २०२५, मूलबाट अक्टोबर २८, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०२५
  2. 1 2 "Elon Musk launches Grokipedia to compete with online encyclopedia Wikipedia", AP News (अङ्ग्रेजीमा), अक्टोबर २८, २०२५, अन्तिम पहुँच अक्टोबर २९, २०२५
  3. Yasseri, Taha (अक्टोबर १५, २०२५), "Grokipedia: Elon Musk is right that Wikipedia is biased, but his AI alternative will be the same at best", The Conversation (en-USमा), मूलबाट अक्टोबर २८, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०२५
  4. Peters, Jay (अक्टोबर २८, २०२५), "Elon Musk's Grokipedia contains copied Wikipedia pages", The Verge (en-USमा), मूलबाट अक्टोबर २८, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०२५
  5. 1 2 "Elon Musk launches Grokipedia as an alternative to 'woke' Wikipedia" (अङ्ग्रेजीमा), NBC News, अक्टोबर २८, २०२५, मूलबाट अक्टोबर २८, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०२५
  6. Bragg, Julianna (अक्टोबर २८, २०२५), "Elon Musk's Wikipedia rival site live after crashing on launch day", Axios (अङ्ग्रेजीमा), अन्तिम पहुँच अक्टोबर २९, २०२५
  7. Conger, Kate (अक्टोबर २७, २०२५), "Elon Musk Challenges Wikipedia With His Own A.I. Encyclopedia", The New York Times, मूलबाट अक्टोबर २८, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०२५
  8. Alvarez, Simon, "xAI’s Grokipedia goes live, gets praise from Wikipedia co-founder", Teslarati (अङ्ग्रेजीमा), अन्तिम पहुँच अक्टोबर २८, २०२५

बाह्इ कडीहरू

[सम्पादन गर्नुहोस्]