ग्लूमी सन्डे
ग्लूमी सन्डे (अङ्ग्रेजी: Gloomy Sunday, हंगेरी: Szomorú Vasárnap) एक हंगेरी पियानोवादक तथा सङ्गीतकार रेजो सेरेसले सन् १९३३ मा रचना गरेको गीत हो। यस गीतलाई प्रायः "हंगेरी आत्महत्या गीत"को रूपमा चिनिन्छ। भनिन्छ कि यस गीत सुनेर सयौँ मानिसहरूले आत्महत्या गरेका थिए।[१] गीत सार्वजनिक भएपछि सेरेसकी श्रीमतीले पनि आत्महत्या गरिन्। करिब ३५ वर्षपछि सेरेसले पनि एउटा अग्लो भवनबाट हाम फालेर आत्महत्या गर्न खोजे तर उनी बाँचे। पछि उनले अस्पतालमा तारको सहायताले घाँटी बाँधेर आत्महत्या गरे। केही देशहरूमा यस गीतलाई प्रतिबन्धित गरिएको थियो।

गीतकार रेजो सेरेस
[सम्पादन गर्नुहोस्]रेजो सेरेसको जन्म ३ नोभेम्बर १८९९ मा हंगेरीमा भएको थियो। सुरुमा उनी सर्कसमा काम गर्थे। एक जोखिमपूर्ण कसरतको क्रममा घाइते भएपछि उनले सर्कस छोडेर गीत लेखनमा लागे। सन् १९३२ मा पेरिसमा बस्दा उनले Vége a világnak नामक हंगेरी भाषाको गीत लेखे।
गीतको पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]सन् १९३२ मा पेरिसमा बस्दा सेरेसले पहिलो पटक यो गीत लेखेका थिए।[२] त्यसबेला उनी आफूलाई गीतकारको रूपमा स्थापित गर्ने प्रयासमा थिए। गीत पियानोमा आधारित थियो। दोस्रो विश्वयुद्धअगाडिको आर्थिक मन्दीको समयको प्रभाव यस गीतमा देखिन्छ। Vége a világnak नामक गीतमा मानवता, अन्याय, अत्याचार र अपराध विरुद्धको प्रार्थना गरिएको छ।[३]
गीत अत्यन्तै निराशाजनक भएकाले कुनै प्रकाशकले प्रकाशन गर्न मानेनन्। एक प्रकाशकले त भने: "यो केवल दुःखी मात्र होइन, पूर्णरूपमा निराशाले भरिएको छ, मलाई लाग्दैन कसैले मन पराउनेछ।"[४] अन्ततः सन् १९३३ को अन्त्यतिर यो गीत "शीट म्युजिक"को रूपमा प्रकाशित भयो, जसमा कवि लासलो जापोरले बोल लेखेका थिए।[५] केही स्रोतका अनुसार जापोरले सेरेसको मौलिक गीतलाई फेरि लेखेका थिए, तर गीतकारको श्रेय पनि पाएका थिए।[६] उनका शब्दहरूमा राजनीति होइन, प्रियजनको मृत्यु र परलोकमा पुनर्मिलनको कल्पना प्रस्तुत गरिएको छ।[७][८][९] यस संस्करणले प्रेम र विछोडको भावनालाई प्रस्तुत गरेकाले लोकप्रिय बन्यो।[१०]
शहरी किंवदन्ती
[सम्पादन गर्नुहोस्]धेरै वर्षदेखि यो गीतसँग सम्बन्धित विभिन्न शहरी किंवदन्तीहरू प्रचलित छन्, जुन प्रायः आत्महत्यासँग जोडिएको छ र रेडियोहरूले यसलाई प्रतिबन्ध लगाएको दाबी पनि गरिएको छ।[११] तर यस्ता दाबीहरूलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण छैन।[१२]
सन् १९३० को दशकमा प्रकाशित समाचारहरूमा हंगेरी र अमेरिकामा यो गीतसँग सम्बन्धित १०० भन्दा बढी आत्महत्याहरू भएको उल्लेख छ,[१३][१४][१५] तर यस्ता घटनाको यथार्थ प्रमाण अभाव छ। आत्महत्या घटनाहरू त्यतिबेला हंगेरीमा पहिले नै उच्च थिए, आर्थिक संकट तथा सामाजिक तनावको कारण। कुनैपनि अनुसन्धानले यस गीत र आत्महत्याबीच सीधा सम्बन्ध प्रमाणित गरेको छैन।[१२]
गीत लेखिएको झण्डै ३५ वर्षपछि, सन् १९६८ जनवरी ११ मा संगीतकार रेजो सेरेसले आत्महत्या गरे।[१६]
बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Gloomy Sunday Suicides", snopes.com, १९९६-११-१२, अन्तिम पहुँच २०२४-११-२९।
- ↑ "Feel the Blues with all that Jazz", अन्तिम पहुँच २६ डिसेम्बर २०२४।
- ↑ "Vége a világnak: r e z s ő s e r e s s l y r i c s", मूलबाट २४ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०२४।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २४ मे २०१३ वेब्याक मेसिन - ↑ "g l o o m y s u n d a y o v e r t u r e t o d e a t h", मूलबाट २४ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०२४।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २४ मे २०१३ वेब्याक मेसिन - ↑ "Feel the Blues with all that Jazz and more", अन्तिम पहुँच २६ डिसेम्बर २०२४।
- ↑ Harry Witchel (२०१०), You are what You Hear: How Music and Territory Make Us who We are, Algora Publishing, पृ: 106।
- ↑ D. P. MacDonald, "g l o o m y s u n d a y o v e r t u r e t o d e a t h", मूलबाट २४ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०२४।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २४ मे २०१३ वेब्याक मेसिन - ↑ "s z o m o r ú v a s á r n a p l á s z l ó j á v o r l y r i c s", मूलबाट २१ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०२४।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २१ जनवरी २०१३ वेब्याक मेसिन - ↑ World of Poetry: "Szomorú Vasárnap". पहुँच: ११ जुन २०१३
- ↑ "This Song’s a Killer: The Strange Tale of “Gloomy Sunday”", अन्तिम पहुँच २६ डिसेम्बर २०२४।
- ↑ "Gloomy Sunday – Music to Die for? – A14150477", H2g2.com, अन्तिम पहुँच २०१६-०७-२६।
- 1 2 "Gloomy Sunday Suicides", Snopes.com, १२ नोभेम्बर १९९६, अन्तिम पहुँच २०१६-०७-२६।
- ↑ "Archived copy", मूलबाट २०१२-०४-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-११-०७। अभिलेखिकरण २०१२-०४-२५ वेब्याक मेसिन
- ↑ "Gloomy Sunday", Theblues-thatjazz.com, अन्तिम पहुँच २०१६-०७-२६।
- ↑ "Dark Matters: Twisted But True | Discovery Science", Science.discovery.com, २०१४-०४-०७, अन्तिम पहुँच २०१६-०७-२६।
- ↑ माइक्रोफिल्म स्क्यान — New York Times, जनवरी १४, १९६८, पृष्ठ ८४, मृत्यु समाचार सेक्सन।