सामग्रीमा जानुहोस्

ग्वाँदे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्वाँदे

नेपालकाे मध्य पहाडी क्षेत्रमा पाईने याे ग्वाँदे बहुउपयाेगी तथा बहुअाैषधीय गुण भएको वनस्पति हाे । बिश्वका केही मुलुकले यसबाट निकै फाईदा लिई रहेको देखिन्छ । तर नेपालमा धेरैलाई थाहा नभएको वनस्पतिकाे रुपमा चिनिन्छ । यसकाे चिनारी यस्तो छ । नेपाली नाम :- ग्वाँदे, गन्धे, गँदे ठाउँ अनुसार फरक । अंग्रेजी नाम :- Fish mint, Fish leaf, Rainbow plant, Chinese lizard tail etc. बैज्ञानिक नाम : Houttuynia cordata पारिवारिक नाम :- Saururaceae

 यसकाे जरा, डाँठ र पात सबै खान सकिन्छ । बिश्व बजारमा यसकाे बीउ, पाउडर, क्यापसुल र ताजा साग विभिन्न सुपर मार्केट हरुमा पाईन्छ । नेपालमा पनि यसकाे व्यापार राम्रो हुने देखिन्छ र यसकाे खेती गर्ने तरिका पनि ज्यादै सजिलो छ । यसको बीउ छरेर वा यसको जरालाई नै राेपेर पनि खेती गर्न सकिन्छ । 
    ग्वाँदे खानुका फाईदाहरु धेरै छन । यसलाई राम्रोसँग केलाई उसिनेर चना, केराउ वा उसिनेकाे अालुसँग मिसाई अचार बनाएर खान सकिन्छ भने यसलाई सुकाएर पाउडर बनाई चियाको रुपमा वा सुपकाे रुपमा पनि खान सकिन्छ भने यसकाे पाउडर ग्वाँदे नपाईने समयमा समेत अचार बनाई खान सकिन्छ । शुरुमा खाँदा यसकाे गन्ध नमिठाे अाउने हुनाले कसै कसैलाई मन नपर्ने हुन्छ । तर यसकाे फाईदाहरु निकै भएकोले प्राय मानिसहरु मन पराएर खान थाल्छन् । यसको फाईदाहरु यस्ता छन् ।

१) मानिसहरुमा हुने सुनिने समस्याका लागि याे निकै फाईदाजनक रहेको छ । २) मानिसहरुमा देखिने बुढाैलाेपनलाई स्थिर राख्नमा ज्यादै प्रभावकारी रहेको छ । ३) ब्याक्टेरिया तथा भाईरस जन्य राेगहरुका लागि ज्यादै प्रभावकारी मानिन्छ । ४) यसकाे सेवनले छालाको सुन्दरता बढाउनका साथै स्वास्थ राख्नमा निकै मद्दत गर्छ । ५) यसकाे सेवनले कलेजाेलाई समेत ज्यादै राम्रो गर्ने हुनाले नियमित रुपमा रक्सी खाने तथा धेरै रक्सी सेवन गर्ने हरुका लागि ज्यादै उपयोगी मानिन्छ । ६) यसकाे सेवन मधुमेह अर्थात सुगर राेगीहरुका लागि अाैषधीकै रुपमा काम गर्दछ । ७) यसकाे सेवनले क्यान्सर राेगीहरुलाई समेत ज्यादै फाईदा गर्दछ । भने क्यान्सर लाग्नै नदिनका लागि समेत सेवन गरिनुपर्छ । ८) यसकाे सेवन सार्स जस्ता राेगहरुमा समेत प्रभावकारी मानिएको छ । ९) यसकाे महत्त्वपूर्ण गुण हाे शरिरिक तन्दुरुस्ती राख्ने काम गर्दछ । १०) धेरै प्रकारको राेगहरु संग लड्ने क्षमता प्रदान गर्दछ ।

 यसलाई आयुर्वेद ले समेत अाैषधीय महत्त्व बाेकेकाे महत्त्वपूर्ण वनस्पति मानेको छ भने यसकाे बिज्ञहरुले विभिन्न अध्ययन अनुसन्धान गरि मानव स्वास्थ्य मा प्रभावकारी हुने बताएका छन । यसलाई प्रदेश नम्बर १ काे सामुदायिक बनहरुमा बिस्तार गर्न सकिन्छ भने । कफी खेती गरिएको ठाउँमा एभाेकाडाे र यसलाई समेत खेती गर्न सकिन्छ । अर्थात तीनतले खेती गर्दा एभाेकाडाे माथिल्लो तलामा त्यसको मुनि कफी फलाउने र जमिनमा ग्वाँदे फलाउन सकिन्छ । अधिकतम भुउपयाेग गरि फाईदा लिन सकिन्छ । ग्वाँदेकाे सजिला पक्ष के भने यसलाई काैशीमा गमलामा, जसरी पनि खेती गर्न सकिन्छ ।
      जय ग्वाँदे, जय प्रदेश १, जय देश । श्रोत: जिवन राई। ©https://www.facebook.com/385749638285940/posts/12