सामग्रीमा जानुहोस्

चक्रव्युह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चक्रव्यूह 

चक्रव्युह अथवा पद्मव्युह हिन्दू युद्ध शास्त्रहरूमा उल्लेख धेरै लडाइँहरूको एक प्रकारको सैन्य संरचना हो।

चक्रव्युह एक बहु-स्तरीय रक्षात्मक सैन्य ढाँचा हो यो व्युह एउटा चक्र अथवा एक पद्म जस्तो देखिन्छ जसलाई माथिबाट हेर्दा एक महान योद्धाले हरेक ढोकालाई सुरक्षित गरेका हुन्छन्। यसलाई महाभारत युद्धमा कौरवको प्रधान सेनापति, द्रोणाचार्यद्वारा धर्मराज युधिष्ठिरलाई पक्राउ गर्न प्रयोग भएको थियो।

अभिमन्यु र चक्रव्युह

[सम्पादन गर्नुहोस्]
कौरव सेनासँग युद्ध गर्दै अभिमन्यु

महभारतको युद्धमा चक्रव्युहलाई भेदन गर्ने जानकारी पाण्डव पक्षमा अर्जुन, कृष्ण, प्रद्युम्नअभिमन्युलाई मत्र थियो, तर यसको रचनाको अवसरमा त्यहाँ अभिमन्यु मात्र उपस्थित थिए। अभिमन्युले यो ज्ञान आफ्नी आमाको गर्भबाट नै प्राप्त गरेका थिए। तर उनलाई यहाँबाट बाहिर निस्कने तरिका थाह थिएन। अत: जब युद्धमा अभिमन्युले कौरव सेनापति दोर्णाचार्यद्वारा रचित यस व्युहमा प्रवेश गरेर []उनले छ वटा द्वारहरू त फोरे तर सातौँ द्वारमा कौरव पक्षका सबै महारथिहरूले धर्मविरूध्द मिलेर उनको वध गरेका थिए ।[]

Intricate rock carvings show Abhimanyu entering the Chakra vyuha.
Chakravyuha, folio from razmnama of Akbar, made by Daswanth and Tara
  1. "Abhimanyu and the Padmavyuha", ३ जुलाई २०१५।
  2. "The Mahabharata, Book 7: Drona Parva: Abhimanyu-badha Parva: Section XXXI", www.sacred-texts.com, अन्तिम पहुँच २०१६-१०-१६