चट्याङ मास्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्ण मुरारी गौतम वा चट्याङ मास्टरका नामले परिचित व्यक्ति नेपालका एक लेखक, कवि, हास्यव्यंग्य कलाकार र सामाजिक कार्यकर्ता हुन्।[१][२] उनले बुढेसकाल अवस्थामा रहेका बूढाबूढीहरूको जीवनस्तर सुधारका लागि समर्पित एजिङ नेपाल नामको गैरसरकारी संस्थाको स्थापना गरेका छन्। सो संस्था सन् २०२० मा युनेस्को किंग सेजोंग साक्षरता पुरस्कारबाट पुरस्कृत भएको थियो।[३] यसका साथै उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएका छन र साथसाथै अनुसन्धानमा मार्गदर्शन पनि गरेका छन्।[४]

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म वि. सं. २०१० फागुन १४ गते भक्तपुरको झौंखेलमा भएको थियो[५] भने उनको नाम हजुरआमाले राखिदिएका थिए।[६]

गौतमले अष्ट्रेलियाको विश्वविद्यालयबाट इकोनॉमिक्समा स्नातकोत्तर गरेका छन्।[७] सन् १९७८ बाट उनले सहायक प्राध्यापकको रूपमा आफ्नो व्यवसायिक जीवन सुरु गरे। सन् १९७९ मा उनी कृषि परियोजना सेवा केन्द्रमा कृषि विशेषज्ञको रूपमा कार्यरत रहे भने सन् १९८८ मा उनी वरिष्ठ कृषि अर्थशास्त्रीका रूपमा नियुक्त भएका थिए।[४] उनले परामर्श कम्पनी मार्फत् नेपाल, चीनभारतका विभिन्न ग्रामीण विकास परियोजनाहरूमा काम गरेका छन्। उनले विश्व बैंकका लागि चीनका कृषकहरूसँग र युएसएआईडीका लागि भारतमा काम गरेका थिए।[७] उनले रेडियो सगरमाथामा रेडियो कार्यक्रम पनि सञ्चालन गरेका थिए।[७]

उनले सिस्नुपानी नेपाल नामक हाँस्यव्यङ्ग्य संस्थाको अध्यक्षता पनि गरेका थिए।[५]

प्रकासित किताबहरू[सम्पादन गर्नुहोस्]

चट्याङ माष्टरका अहिलेसम्म चारवटा पद्य र दुईवटा गद्य गरी जम्मा ६ वटा व्यङ्ग्य विधाका पुस्तकहरू प्रकाशित भएका छन्। जसमध्ये एउटा चाहिँ अंग्रेजी भाषामा छ।[८] उनका आठवटा चट्याङ गीता नामक पुस्तक प्रकाशित छन्।[९]

  • चट्याङ गीता

बुढेसकालका लागि समर्पित कामहरू[सम्पादन गर्नुहोस्]

  • सन् २०२० मा जब उनका बुबा अल्जाइमरले देहान्त भयो, तब उनले एजिङ नेपाल नामको गैरसरकारी संस्थाको स्थापना गर्न प्रेरित भएका थिए। सो संस्थाले सन् २०१६ देखि ‘ज्येष्ठ नागरिक आधार भूत शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।[१०]
  • सन् २०१९ मा उनले संयुक्त राष्ट्रसंघले न्युयोर्कस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित विश्व ज्येष्ठ नागरिक दिवस समारोहलाई सम्बोधन गरेका थिए।[१०]

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • भैरव पुरस्कार, वि.सं. २०७१ [११]
  • ऋषि—लिला स्मृति पत्रकारिता पुरस्कार[१२]

थप सामाग्री[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Fostering communal harmony", अन्तिम पहुँच २०२०-०९-१५ 
  2. २.० २.१ Magazine, New Spolight, "Becoming Senior Citizen in 20th edition of Poemandu", SpotlightNepal, अन्तिम पहुँच २०२०-०९-१५ 
  3. ३.० ३.१ "Ageing Nepal bags UNESCO King Sejong Literacy Prize", GorakhaPatra, अन्तिम पहुँच २०२०-०९-१५ 
  4. ४.० ४.१ ४.२ International Literacy Day, UNESCO, २०२०। 
  5. ५.० ५.१ ५.२ Editor (२०१८-११-२४), "भलाकुसारी : समाजका हरेक क्षेत्रमा हाँसो व्याप्‍त छ - चट्याङमास्टर", साहित्य सङ्ग्रहालय, अन्तिम पहुँच २०२०-०९-२१ 
  6. ६.० ६.१ "नेपाल र नेपाली सिध्याउने यिनै हुन्", अन्तिम पहुँच २०२०-०९-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-२८ मिति
  7. ७.० ७.१ ७.२ ७.३ "Chatyang Master- Nepali Times", अन्तिम पहुँच २०२०-०९-१५ 
  8. ८.० ८.१ "चट्याङ मास्टर, Author at Shikshya Patra", Shikshya Patra, अन्तिम पहुँच २०२०-०९-२१ [dead link]
  9. ‘गुमनाम’ चट्याङ मास्टर-बाह्रखरी डटकम
  10. १०.० १०.१ १०.२ रातोपाटी, "‘चट्याङ मास्टर’लाई अन्तर्राष्ट्रिय सम्मान", RatoPati, अन्तिम पहुँच २०२०-०९-२१ 
  11. "The Rising Nepal: Bhairab Award announced", अन्तिम पहुँच २०२०-०९-१५ [dead link]
  12. "ऋषि-लिलास्मृति पत्रकारिता पुरस्कारबाट चट्याङ मास्टर... :: विद्या राजपुत :: Setopati", अन्तिम पहुँच २०२०-०९-२१ 
  13. Gautam, Krishna Murari, "Old is gold GUEST EDITORIAL- Nepali Times", अन्तिम पहुँच २०२०-०९-१५