सामग्रीमा जानुहोस्

चण्डीगढ विमानस्थल

सहिद भगत सिंह अन्तर्राष्ट्रिय विमानस्थल
विवरण
विमानस्थल प्रकारसैन्य/सार्वजनिक
मालिकभारतीय विमानस्थल प्राधिकरण
सञ्चालकचण्डीगढ अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेड[]
सेवा गर्ने स्थानचण्डीगढ महानगरीय क्षेत्र
अवस्थित स्थानचण्डीगढ, पन्जाब, भारत
केन्द्रित स्थानइन्डिगो[]
उचाइ समुद्री सतह३१४ मी / १,०३० फिट
निर्देशाङ्क३०°४०′२९″ उत्तर ७६°४७′२६″ पूर्व / ३०.६७४७२° उत्तर ७६.७९०५६° पूर्व / 30.67472; 76.79056
वेबसाइटचण्डीगढ विमानस्थल
नक्सा
IXC चण्डीगढ-को अवस्थिति
IXC
IXC
IXC भारत-को अवस्थिति
IXC
IXC
चण्डीगढमा विमानस्थलको स्थान
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
११/२९ ३,१७० १०,४०० कालोपत्र
तथ्याङ्कहरू (सन् २०२४ अप्रिल - सन् २०२५ मार्च)

चण्डीगढ विमानस्थल (आइएटिए: IXC, आइसिएओ: VICG), आधिकारिक रूपमा सहिद भगत सिंह अन्तर्राष्ट्रिय विमानस्थल, भारतको चण्डीगढ केन्द्रशासित प्रदेशमा सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो।[] यो विमानस्थल पन्जाबको मोहालीस्थित झिरहेरीमा अवस्थित छ र भारतीय वायुसेनासँग विमान क्षेत्र साझा गर्दछ।[] यो विमानस्थलले १७ घरेलु गन्तव्यहरू र दुई अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान गर्ने गर्दछ। यो विमानस्थलको नाम स्वतन्त्रता सेनानी भगत सिंहको नाममा राखिएको छ।[] यो विमानस्थल चण्डीगढ अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडद्वारा सञ्चालित छ जुन भारतीय विमानस्थल प्राधिकरण (५१%), पन्जाब सरकार (२४.५%) र हरियाणा सरकार (२४.५%) बीचको संयुक्त उद्यम कम्पनी हो।[१०]

यो विमानस्थललाई सन् २०२१ मा एयरपोर्ट काउन्सिल इन्टरनेसनलद्वारा एसिया-प्रसान्त क्षेत्रमा 'स्वच्छता उपायहरूद्वारा सर्वश्रेष्ठ विमानस्थल'को रूपमा सम्मानित गरिएको थियो।[११]

इतिहास

[सम्पादन]

चण्डीगढ विमानस्थलले आफ्नो सबै नागरिक तथा व्यावसायिक उडान सञ्चालन भारतीय वायुसेना स्टेसनको नागरिक अन्तःक्षेत्रबाट सञ्चालन गरेको थियो। इन्डियन एअरलाइन्सले सन् १९७० को दशकमा चण्डीगढबाट दिल्लीसम्मको उडानहरू सञ्चालन थालेको थियो। नागरिक अन्तःक्षेत्रमा नयाँ विमानस्थल भवन निर्माण गरिएको थियो र सन् २०११ अप्रिल १४ मा खोलिएको थियो।[१२] यो हवाई टर्मिनललाई सन् २०११ अगस्ट १९ मा भन्सार विमानस्थल घोषित गरिएको थियो, जसले गर्दा यो सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरूको लागि योग्य बनाइएको थियो, तर यस टर्मिनलबाट कहिल्यै कुनै पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थिएन्।[१३]

सन् २००८ मा, पन्जाब सरकारले नयाँ टर्मिनल निर्माण गर्न ४५२ करोड (युएस$६३ मिलियन)को लागतमा झिरहेरी गाउँमा अवस्थित धावनमार्गको दक्षिण तर्फ ३०४.०४ एकड जग्गा अधिग्रहण गरेर सन् २०१५ जुनमा ९३९ करोड (युएस$१३० मिलियन)को लागतमा उक्त कार्य सम्पन्न गरेको थियो।[१४][१५][१६] बृहत् मोहाली क्षेत्र विकास प्राधिकरणमार्फत पन्जाब सरकार र हरियाणा सहरी विकास प्राधिकरणमार्फत हरियाणा सरकारको २४.५% हिस्सेदारी छ भने बाँकी हिस्सेदारी भारतीय विमानस्थल प्राधिकरणको रहेको छ।[१७][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Chandigarh Airport Report", Airport Authority of India, पृ: ५, मूलबाट १२ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०१८
  2. 1 2 CHIAL, ICMAI, अन्तिम पहुँच १६ नोभेम्बर २०२३
  3. "Ready to soar", The Indian Express (अङ्ग्रेजीमा), २०२२-०३-२१, अन्तिम पहुँच २०२२-०३-२६
  4. "Annexure III – Passenger Data", aai.aero, अन्तिम पहुँच २८ अप्रिल २०२५
  5. "Annexure II – Aircraft Movement Data", aai.aero, अन्तिम पहुँच २८ अप्रिल २०२५
  6. "Annexure IV – Freight Movement Data", aai.aero, अन्तिम पहुँच २८ अप्रिल २०२५
  7. "LIST OF INDIAN AIRPORTS"
  8. India (१० सेप्टेम्बर २०१५), "Land gone, Jheurheri villagers set up hotels near Chandigarh airport", The Indian Express, अन्तिम पहुँच ३० डिसेम्बर २०१५
  9. "Chandigarh airport renamed after Bhagat Singh: End of a long dispute between Punjab, Haryana", The Indian Express (अङ्ग्रेजीमा), २८ सेप्टेम्बर २०२२, अन्तिम पहुँच १४ नोभेम्बर २०२२
  10. "CHIAL, about us", CHIAL, अन्तिम पहुँच १६ नोभेम्बर २०२३
  11. aci.aero/customer-experience-asq/asq-awards-and-recognition/asq-awards/current-winner-2020/best-hygiene-measures/
  12. "The Tribune, Chandigarh, India - Chandigarh Stories", Tribuneindia.com, अन्तिम पहुँच १२ मार्च २०१७
  13. "The Tribune, Chandigarh, India - Chandigarh Stories", www.tribuneindia.com, अन्तिम पहुँच २९ डिसेम्बर २०१५
  14. "PM Narendra Modi inaugurates new terminal at Chandigarh airport - The Economic Times", indiatimes.com
  15. "Archived copy", मूलबाट ४ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१६ अभिलेखिकरण ४ जनवरी २०१७ वेब्याक मेसिन
  16. "The Tribune, Chandigarh, India - Main News", www.tribuneindia.com, मूलबाट ४ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०१५ अभिलेखिकरण ४ मार्च २०२१ वेब्याक मेसिन
  17. Service, Tribune News, "PM inaugurates new terminal at Chandigarh airport", Trinuneindia News Service, मूलबाट १४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१६ अभिलेखिकरण १४ अगस्ट २०१८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]